म सलमान र रणवीर दुबैसँग रोमान्स गर्न चाहन्छु। म दुबैसँग अभिनय गर्न चाहन्छु। मलाई बडिगार्ड मन पर्यो। सलमानलाई हेर्दा रोमान्चित हुन्छु,' उनले भनिन्।
सुटआउट एट वाडालाको प्रवर्द्धन गर्न आयोजित कार्यक्रममा सहभागी भएकी सन्नीले पत्रकारसँग आफ्नो रहर साटेकी हुन्।
सञ्जय गुप्ताले निर्देशन गरेको क्राइम ड्रामामा सन्नीले लैला.. गीतमा काम गरेकी छिन्। यो फिल्म सन् १९८२ मा मुम्बईमा भएको प्रहरीको इन्काउन्टरमा आधारित छ।
'मैले यो गीतमा काम गर्न सकुला भन्ने सोचेकै थिइन। सुटिङको पहिलो दिन म धेरै नै आत्तिएकी थिएँ तर जोन आब्रहम, तुसार कपुर र अरुले मलाई सहयोग गरे,' उनले सुनाइन।
No comments:
Post a Comment