धरान, चैत्र २७ -
पुकार गहतराजको उत्कृष्ट दुई गोल मद्दतले धरानमा जारी अन्तराष्ट्रिय
आमन्त्रण बुढासुव्वा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा हङकङ
नेपाली महासंघ टिम प्रवेश गरेको छ । हङकङले आफ्नो बलियो प्रतिस्पर्धी नेपाल
पुलिस क्लबलाई मंगलबारको खेलमा २-० गोल अन्तरले हराउँदै सेमीफाइनलको
यात्रा तय गरेको हो । हङकङ टिमले अब चैत २९ गते थ्रीस्टारसँग सेमीफाइनमा
भिड्ने छ ।हङकङ नेपाली महासंघका लागि म्यान अफ द म्याच पुकार गहतराजले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । डीबक्सबाहिर डोडोज लियोन्सेले केल्भिन एमबीएलाई क्रस पास दिएपछि केल्भिनले गहतराजलाई बल पास गरेका थिए । त्यहि बलमा गहतराजले सुन्दर गोल गर्दै पुलिस टिमलाई हतास बनाए ।
गहतराजले खेलको ७३ औं मिनेटमा जगजित श्रेष्ठको पासमा पुलिसलाई आश्चार्यजनरुपमा छक्काउँदै दोश्रो गोल गरेका थिए । शारीरिक रुपमा बलिया र अनुभवी खेलाडीहरुको टिम मानिएको पुलिस टिमविरुद्ध हङकङ टिमले नसोचेको परिणाम देखाएको थियो ।
पुलिसका लागि पर्वत पाण्डेले पेनाल्टी गोल गरेका थिए । हङकङ टिमबाट खेलेका क्यामरुनी खेलाडी पिटर सेगनले गणेश खड्कालाई डीबक्स एरियामा लडाएपछि रेफ्री लव केसीले पुलिसको पक्षमा पेनल्टी अवसर दिएपछि पाण्डेले गोल गरेका थिए ।
No comments:
Post a Comment