Total Pageviews

Monday, April 8, 2013

उत्तर कोरियालाई बानको आग्रह

द हेग (एपी), चैत्र २७ - राष्ट्रसंघका महासचिव बान कि मुनले उत्तर कोरियालाई एक नयाँ क्षेप्यास्त्र परीक्षण नगर्न आग्रह गरेका छन् । नेदरल्यान्ड भ्रमणमा रहेका बानले उक्त आग्रह गरेका हुन् ।
ban ki moon दुई कोरियाबीच भइरहेको तनावबीच यो क्षेप्यास्त्र परीक्षण एक उत्तेजनात्मक परीक्षण हुने बानले बताए । उत्तर कोरियाको प्योङयाङमा चौथो क्षेप्यास्त्र परीक्षणका लागि तयारी भइरहेको सोलका एक अधिकारीले जनाएका छन् ।
बानले सोलबाट थप जानकारी प्राप्त नभएको तर उत्तर कोरियाले यो परीक्षण गर्न नहुने आह्वान समेत गरेका छन् । यो परीक्षणले राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव विरुद्ध हुने पनि उनले बताए ।
प्रकाशित मिति: २०६९ चैत्र २७ ०९:३६

No comments:

Post a Comment