काठमाडौ, चैत्र २७ -
नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/६९ को कारोबारबाट ११ अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । टेलिकमको सोमबार भएको पाँचौं वाषिर्क साधारणसभाका क्रममा सञ्चाल समिति अध्यक्ष ध्रुव शर्माले कम्पनीले मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिसेयर ४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरे । कम्पनीको कारोबार पनि अघिल्लो वर्षको तुलनामा १५ दशमलव २१ प्रतिशत वृद्धि भई ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए ।
शर्माले आगामी दिनमा सहरोन्मुख तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारीसमेत दिए । 'अब ग्रामीण तथा सहरोन्मुख सम्भावित क्षेत्रहरूमा आवश्यक पूर्वाधार बनाइने छ,' उनले भने, 'सेवाको गुणस्तर वृद्धिका लागि पनि काम थालिसकिएको छ ।' त्यस्तै तारसहितको टेलिफोन सेवामा ग्राहकको सञ्चारसम्बन्धी सबै सम्बोधन पूरा गर्न नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन), आईपी प्रविधिमा आधारित सफ्ट स्विच, मिडिया गेटवे, मल्टी सर्भिस एक्सेस नोडबाट डाटा र वाइम्याक्स प्रविधिजस्तै अन्य आधुनिक सेवालाई प्राथमिकतामा राखिने बताए । कम्पनीले चालू आर्थिक वर्षमा जीएसएम मोबाइल, सीडीएमए सेवा, आधारभूत टेलिफोन सेवा, ब्रोडब्यान्ड सेवाका साथै भ्यालुएडेड सेवामा विस्तार गरी ग्राहक आधार ९२ लाख ६६ हजार छ ।
No comments:
Post a Comment