Total Pageviews

Tuesday, April 9, 2013

कास्की जिल्ला प्रहरी कार्यालयमा विस्फोट

सन्तोष पोखरेल, पोखरा, चैत २८ - जिल्ला प्रहरी कार्यालय कास्कीमा गएराति बम बिस्फोट भएको छ। बिस्फोटबाट मानवीय क्षति नभएपनि प्रहरी कार्यालय र आडैमा रहेको पोखरा उद्योग वाणिज्य संघको भवनका झ्यालका सिसा फुटेका छन्। 

राति करिब ११ बजे ठूलो आवाजका बम साथ विस्फोट भएको थियो। प्रहरी प्रमुख एसपी केदार रिजालले द्वन्द्वकालमा विभिन्न ठाउँबाट संकलन गरी भण्डारण गरिएका विस्फोटक पदार्थ पड्किएको बताए। 'पुराना र घरेलु विस्फोटक पदार्थ भण्डारण गरिएको ठाउँमा पडकिएको हो,' उनले भने, 'पुराना सामग्री भएकोले एकमाथि अर्को गरेर भण्डारण गरिएको थियो, मुसाले हल्लाएर एकअर्कामा दबाब परेर विस्फोट भएको हुनसक्छ।'
विस्फोट भएको भण्डारण कक्ष पुरै नष्ट भएको छ। उक्त स्टोरमा डिटोनेटर र सेफटी फ्यूज लगायतका विस्फोटक पदार्थ राखिएको उनले बताए। विस्फोट रातमा भएकोले मानवीय क्षति हुन नपाएको रिजालले बताए। कालिभञ्जन गणबाट आएको सेनाको टोलीले विस्फोटस्थलमा अनुगमन गरिरहेको छ। थप विस्फोट हुन नदिनका लागि सेनाको टोली बोलाएर अनुगमन गरिरहेको प्रहरी प्रमुख रिजालले बताए।

No comments:

Post a Comment