सुरेन्द्र पौडेल, काठमाडौं, चैत २८ - साउदी अरबले दुई सातामा
हजारभन्दा बढी नेपाली कामदार नेपाल फर्काएको छ। थप ६ सय कामदारलाई यसै साता
नेपाल फर्काउने तयारीमा साउदी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको
छ। लामो समयदेखि लुकिछिपी बसेका नेपाली कामदारलाई साउदीले 'डिपोर्ट' गरेको
हो।
'दमाम क्षेत्रमा अवैध रूपमा काम गर्दै आएका ६ सय नेपाली कामदारलाई पक्राउ गरी साउदीले अहिले हिरासतमा राखेको छ,' नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा भने, 'उनीहरूलाई यो साता नै नेपाल फिर्ता पठाउने तयारी भइरहेको छ।'
उनका अनुसार दुई सातामा साउदीले हजारभन्दा बढी अवैध नेपाली कामदारलाई स्वदेश फिर्ता पठाइसकेको छ। साउदीले धमाधम नेपाली कामदार पक्राउ गरी डिपोर्ट गर्न थालेपछि दूतावासलाई ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) जारी गर्न धौधौ छ।
'पछिल्ला केही दिनमा हजारभन्दा बढी ट्राभल डकुमेन्ट जारी गरिसक्यौं। फेरि ६ सय पक्राउ परेको जानकारी साउदीले दिएको छ,' उनले भने। पक्राउ परी डिपोर्ट हुने कामदारमा बिनाराहदानी बस्दै आएका, नक्कली करारपत्रमा गएका, भिसाअवधि सकिएका छन्।
अवैध कामदार पक्राउ गर्न विशेष अभियान चलाएको साउदीले केही सातादेखि विभिन्न कम्पनीमा छापा मारेको थियो। साउदी बेरोजगार बढेपछि अवैध कामदारलाई डिपोर्ट गर्न अभियान चलाइएको हो।
आप्रवासी कामदार संख्या करिब ६८ लाख रहेको साउदीमा नेपाली ६ लाखभन्दा बढी रहेको अनुमान छ। यसमध्ये करिब ७० हजार अवैध छन्।
राजदूत पाण्डेका अनुसार स्थानीय प्रहरीले दमाम क्षेत्रमा छापा मार्ने कामलाई तीव्रता दिएको छ। साउदीमा नेपाली कामदार बढी रहेको क्षेत्रमध्ये दमाम एक हो। छापा मार्दा अवैध नेपाली कामदार भेटिए पक्राउ गरी साउदी प्रहरीले त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी दिन्छ। यस्ता कामदारसँग राहदानी नहुने हुँदा उनीहरूका नाममा ट्राभल डकुमेन्ट जारी गरी दूतावासले नै सम्बन्धित ठाउँमा पुर्याीउनुपर्छ।
दमाममा ठूलो संख्यामा अवैध नेपाली पक्राउ पर्न थालेपछि दूतावासले छुट्टै एक कर्मचारी (लोकल स्टाफ) खटाएको छ। ती कर्मचारीलाई डिपोर्ट हुने कामदारलाई ट्राभल डकुमेन्ट बुझाउँदैमा भ्याइनभ्याइ हुने गरेको पाण्डेले बताए।
'साउदी प्रहरीले ६ सय अवैध नेपाली कामदारलाई यही साता डिपोर्ट गर्ने भनेपछि सोमबार एक सय ५० वटा ट्राभल डकुमेन्ट जारी गर्यौं । आज सय वटा भइसक्यो,' राजदूत पाण्डेले मंगलबार नागरिकसँग भने, 'अरु बेला एक महिनामा जारी हुने ट्राभल डकुमेन्ट संख्या अहिले एक सातामै जारी गर्नुपरेको छ।'
दूतावासका अनुसार २०६९ फागुनसम्म २३ महिनामा अवैध कामदार नेपाल फर्काउन ११ हजार ट्राभल डकुमेन्ट जारी भएका छन्। यो वर्ष वैशाखमा ६ सय ५९, जेठमा पाँच सय ४५, असारमा पाँच सय ६९, साउनमा तीन सय ७६, भदौमा चार सय ८८, असोजमा ६ सय ९६, कात्तिकमा पाँच सय ९१, पुसमा तीन सय ९८, माघमा ६ सय ९७ र फागुनमा सात सय १० जनाको नाममा दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो।
वैधानिक रूपमा गएका आप्रवासी कामदारलाई अवैध बनाउन साउदीमा विभिन्न समूह सक्रिय रहेको दूतावासले जनाएको छ। पहिला यस्ता समूहले कामदारलाई काम गरिरहेको कम्पनीले भन्दा अर्को कम्पनीले निकै बढी रकम दिने प्रलोभन देखाउँछन्। त्यसलाई पत्याउने कामदार काम गर्न गएको कम्पनी छाडी अर्कोमा जान्छन्। यसरी जाँदा कामदार आफ्नो राहदानीदेखि अन्य कागजात पहिलेकै कम्पनीमा छोड्न बाध्य हुन्छ वा कम्पनीले दिन मान्दैन।
दूतावासका अनुसार अर्को कम्पनीमा जाँदा सुरुका दुईतीन महिना उनीहरूले बढी तलब पाउँछन्। पछि पहिलेको कम्पनीले दिँदै आएकोभन्दा पनि कम तलब दिन थाल्छ। यस्तो बेला कामदार पुरानो कम्पनीमा फर्कन पनि सक्दैनन् अनि अवैध रूपमा त्यही कम्पनीमा काम गर्न बाध्य हुन्छन्।

No comments:
Post a Comment