Total Pageviews

Saturday, April 6, 2013

बन्दकर्ताले मोटरसाइकलको साँचो झिक्दा मोटरसाइकल नै गायव !


 काभ्रेको बनेपा र धुलिखेलमा बन्दकर्ताहरु बिहानैदेखि सवारीसाधन तथा पसलहरु बन्द गराउन तल्लीन छन्। उनीहरुले बीरगञ्जबाट बनेपा चल्ने ना४ ख २५२५ नम्बरको बसलाई बनेपामा तोडफोड गरेका छन्।
 उक्त बस यात्रु र सामान लिएर आज बिहानै बनेपा आइपुगेको थियो। यस्तै, बन्दमा चलाएको भन्दै बन्दकर्ताहरुले साँचो खोसेका बा३ प ६२२ नम्बरको मोटरसाइकल बन्दकर्ताहरुकै माझबाट हराएको छ। बनेपा र धुलिखेलमा नेकपा-माओवादीका कार्यकर्ताहरुले बन्दको नेतृत्व गरिरहेका छन्।
बन्दले अरनिको राजमार्ग र बनेपा-सिन्धुली-बर्दिबास सडकमा सवारीसाधनहरु नचल्दा यात्रुहरु मर्कामा परेका छन्। गाउँबाट तरकारी बोकेर आउने गाडीहरु आउन नसकेकाले बनेपास्थित तरकारी बजार सुनसान छ। यहाँबाट नै उपत्यकामा दैनिक तरकारी आपूर्ति हुँदै गरेको छ।
बन्दको मारमा आज स्नातकतहको जाँच दिने विद्यार्थीहरु परेका छन्। उनीहरु बिहानैदेखि पैदल बनेपा आइरहेका छन्। अधिकांश परीक्षा केन्द्रहरु बनेपा केन्द्रित भएकाले परिक्षार्थीहरुले सास्ती खेप्नु परेको हो।
यसैगरी बर्दियास्थित नागरिकन्युज सम्वाददाता निर्मल घिमिरेका अनुसार बन्दले यहाँको जनजीवन अस्तव्यस्त भएको छ। बैद्य माओवादी कार्यकर्ताले नेपालगञ्ज गुलरिया सडकखण्डमा पर्ने मैनापोखरमा आज बिहान २ वटा मोटरसाकल तोडफोड गरेका छन् भने गुलरिया, ताराताल, भुरिगाउँ लगायतका ठाउँमा एक दर्जन भन्दा बढीमोटरसाकलको साँचो खोसेका छन्। उनीहरु मुख्यमुख्य चोकचोकमा बसेर चाबी खोस्ने र तोडफोड गररिहेका छन् ।बन्दकर्ताले गुलरियाबाट चल्ने छोटो तथा लामो दुरीका सवारीसाधनलाई चल्न दिएका छैनन्। बन्दका कारण गुलरिया नगरपालिका बजार पूर्ण रुपमा बन्द छ। बन्दकर्ताले शिक्षण संस्था पनि बन्द गराउँदै हिँडेका छन्। बन्दका कारण भारत जान हिँडेका यात्रु पनि बाटोमा अलपत्र छन्।- नागरिक

No comments:

Post a Comment