उपेन्द्र लामिछाने, भक्तपुर, चैत २५ - क्वाछेकी तुलसीदेवी लाखा यतिबेला बिस्केट जात्राको तयारीमा व्यस्त छिन् । बुधबारदेखि सुरु हुने जात्राको तयारीस्वरुप घरको सरसफाइ सिध्याएकी उनी अब मिठा परिकार बनाउने सुरमा छन्।
'चिउरा कुटाइसकेँ, गेडागुडी पनि जम्मा गरेँ,' उनले शनिबार नागरिकसँग भनिन्, 'भोजका लागि मासु जोरजाम गर्दैछु।' भक्तपुरका नेवार समुदायका लागि बिस्केट जात्रा उत्सव हुने उनले सुनाइन्। 'यो भोज-भतेर र आफन्तसँग भेटघाट हुने रमाइलो अवसर हो,' उनले भनिन्, 'कला-संस्कृतिको हिसाबले यो निक्कै रमाइलो छ।'
उनीसँगै रहेकी इन्द्रमाया तोन्जुलेले पनि पर्वको स्वागतका लागि आफू तयार रहेको बताइन्। 'सबै कुरा तयार पारिसकेका छौँ,' उनले भनिन्, 'यसपालि जात्रा रमाइलोसाथ मनाउने सोच छ।' उनले जात्राको मुख्य परिकार 'समयबजी' का लागि चाहिने आलु, भटमास, छोयला, अचार, छ्याङ आदि जोरजाम गरिसकेकी छन्।
जात्रा सुरु हुन लाग्दा बालबालिकाहरू पनि हर्षित छन् । 'हामीलाई जात्रा निक्कै रमाइलो लाग्छ,' कक्षा ९ मा अध्यनरत रेनु ग्वाछाले भनिन्, 'जात्रामा झैंझगडा नभए निक्कै रमाइलो हुन्छ।' विगतका कतिपय जात्रामा झैझगडा हुने गरेकाले खल्लो हुने गरेको उनले सुनाइन्।
नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरले सुरक्षेा व्यवस्थामा कडाइ गर्ने भएको छ।
हरेक वर्ष ढुंगा हानाहान हुने र एक दर्जनभन्दा बढी घाइते हुने यो जात्रालाई यसवर्ष शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षेा व्यवस्था कडाइ गर्न लागेको प्रहरीले जनाएको छ। ।
चैत २८ देखि सुरु हुने ऐतिहासिक महत्वको बिस्केट जात्रालाई सुसंस्कृत रूपमा सञ्चालन गराउन सुरक्षेा व्यवस्था कडा बनाइने महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षेक दिलीपकुमार चौधरीले बताए। जात्रा हुने मुख्य क्षेत्र र ढुंगा हानाहान हुने क्षेत्रमा प्रहरी र प्रशासनले यस वर्ष सिसी क्यामरा जडान गर्ने भएको छ।
भक्तपुरमा प्रसिद्ध जात्रामध्ये बिस्केट पनि एक हो। यो जात्रा आदिम संस्कृतिअन्तर्गत पर्छ। बिस्केट जात्रा हरेक नया" वर्षको चार दिनअघि सुरु हुन्छ। बिस्केट जात्राका निम्ति तौमढीमा तान्त्रिक विधिअनुसार प्यागोडा शैलीमा दुई रथ तयार गरिन्छन्। 'रथको तयारी पनि अन्तिम चरणमा पुगेको छ,' भद्रकालीको रथ जोड्दै गरेका प्रेमलाल शिल्पकारले सुनाए।

No comments:
Post a Comment