उदयपुर, चैत्र २९ - त्रियुगा नगरपालीका - १ बोक्सेका एक युवकको प्रहरी हिरासतमै आज बिहान मृत्यु भएको छ ।
अत्याधिक मादक पर्दाथ सेवन गरि जिल्ला प्रशासन कार्यालय आगडि राती १० बजहोहल्ला गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको ३३ बर्षीय प्रमोद वस्नेतको मृत्यु भएको हो ।
हिरासतमा राखिएका बस्नेत छटपटाएर वेहोस भएपछि उपचार गर्न जिल्ला अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखरेलले वताए ।
बस्नेत अत्याधिक मादक पर्दाथ सेवन गरि सर्वाजनीक स्थलमा होहल्ला गर्दै हिड्ने गरेका थिए ।'गए रातीपनि प्रमुख जिल्ला अधिकारीले घर भत्काउने आदेश दिएको भन्दै प्रशासन कार्यालय अगाडि होहल्ला गरिरहेका थिए' प्रहरी उपरिक्षक पोखरेलले भने 'अत्याधिक मादक पर्दाथ सेवन गरि बेहोस अवस्थामा रहेकाले बस्नेतको सुरक्षाका लागि प्रहरि नियन्त्रणमा लिइएको हो
No comments:
Post a Comment