सन्तोष सिंह, सर्लाही, चैत ३०- सर्लाहीको लालबन्दीबाट एक व्यवसायीले एक
करोड भन्दा बढी रकम ठगेर फरार भएका छन्। लालबन्दीमा २५ वर्षदेखि व्यवसाय
गर्दै आएका काभ्रे पनौती-१ का व्यपारी मोहनप्रसाद कुँइकेलले व्यपारीको रकम
लिएर फरार भएका हुन्। फरार कुँइकेललाई खोजी गर्न लालबन्दी प्रहरी चौकीमा
स्थानीयले उजुरी गरेका छन्।
ढुकुटी खेलाउने काम समेत गर्ने कुँइकेलले ऋण र सापटी लिएर फरार भएको स्थानीय हार्डवयर व्यवसायी विक्रम बोगटीले बताए। फेन्सी पसल गर्ने कुँइकेललाई आफूले विश्वासको आधारमा छोरीको विवाहका लागि सापट दिएको ७ लाख डुबेको बोगटीले बताए।
उनका अनुसार स्थानीय श्याम राज पौडेलको २० लाख, संजिव साहको ८ लाख, पशुपति घिमिरेको ५ लाख, रामहरि कार्कीको ७ लाख ५० हजार, वच्चु साहको ३ लाख ५० हजार कुँइकेलले लिएर बेपता भएका हुन।
कृषि विकास वैंकमा ऋण स्वीकृत भए फर्काउने भन्दै विभिन्न बहानामा रकम लिएका कुँइकेल श्रीमती र छोरा छोरी सहित एकाएक गायब भएका हुन्। स्थानीय व्यपारीले लालबन्दी प्रहरी चौकीमा पैसा लिएर फरार भएको उजुरी र गुनासो गर्न आएको प्रहरी नायव निरीक्षक दिपक केसीले बताए। विभिन्न ठाउँवाट १ करोड भन्दा बढी असुलेपछि उनी फरार भएको प्रहरीले बताएको छ। ठगिनेहरु अधिकांस लालवन्दीकै व्यवसायी छन्।

No comments:
Post a Comment