काठमाडौं, चैत ३० (नागरिक)- काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत
किर्ते मुद्दामा दोषी ठहर भएका अन्जन पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
जोरपाटी-८ आरुबारी स्थायी ठेगाना भएका पौडेललाई प्रहरीको केन्द्रिय
अनुसन्धान ब्युरोले गोकर्णबाट पक्राउ गरेको हो।
पौडेलले विद्यार्थी भिषामा विदेश जाने विद्यार्थीहरुबाट रकम लिइ एसएलसीको
मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट र क्यारेक्टर
सर्टिफिकेटहरु लगायतका नक्कली कागजाद बनाउँदै आएको अदालतले प्रमाणित गरेको
थियो।
जिल्ला अदालतले पौडेललाई २०६४ वैशाख १७ गते फैसला सुनाउँदै दोषी ठहर गर्दै एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना गरेको थियो। त्यसपछि उनी फरार भएका थिए। सोही मुद्दाका अर्का प्रतिबादी राजकुमार रायमाझीलाई साइबीले नै २०६९ चैत २७ गते पक्राउ गरी अदालत पेश गरेको थियो।

No comments:
Post a Comment