Total Pageviews

Tuesday, April 2, 2013

छोरासँग मिलेर श्रीमतिको हत्या

रमेश गिरी/उज्यालो । भक्तपुर, चैत २० - भक्तपुर दुवाकोट गाविस वडा नं. २ मा आमा बाबुछोरा मिलेर आमाको हत्या गरेका छन् ।


दुईतले कच्चि घरमा बस्दै आएकी बस्ने वर्ष ३२ की शारदा कार्कीको आईतबार साँझ करिब ७ बजे उनी सुत्ने कोठामा बाबुछोरा मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
हत्या आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले शारदाको पति वर्ष ३९ का विश्वराम कार्की र १५ वर्षका छोरा सिद्धार्थ कार्कीलाई पक्राऊ गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा हत्यामा बाबु छोरा कै संलग्न रहेको पाइए पछि दुबैलाई हिरासतमा राखेको प्रहरीले जनाएको छ । १५ वर्षका सिद्धार्थलाई भने प्रहरीले सानोठिमी स्थित सुधारगृहमा पठाएको जानकारी दिएको छ ।
शुसिलाको काठमाण्डौ आलापोट ४ बस्ने माईती पक्षले पनि पति र छोरा मिलेर सलले घाटी थिचेर उनको हत्या गरेको आरोप लगाएका छन् । अनुसन्धानका क्रममा पतिले सलले घाँटी थिचेको र छोराले मुख थुनेर हत्या गरेको खुलासा भएको मृतकका दाजु लवराज विष्टले बताउनुभयो ।
हाँले आईतबार बेलुकी घरमा खाना खाएर कोठामा सुत्न गएपछि हत्या भएको जानकारी आएको बताउनुभयो ।
 उहाँले भन्नुभयो ‘बहिनी बिहे गरेकै वर्षदेखि ज्वाईले कुटपिट गर्ने र दुःख दिने गरेपछि बहिनीलाई अहिलेसम्म नै माईतीले नै खाद्यान्न र घरखर्च धानेका थियौं, ४ वर्षको उमेरमा भान्जालाई मामाघरमा ल्याएर ११ वर्षसम्म पालेर घर पठाएको ४ वर्ष मै बाबुसंग मिलेर आमाको हत्या गर्न सघायो ।’
परस्त्रीसंग अबैध सम्बन्ध राख्दै आएका विश्वरामले परस्त्री कै कारण आफ्नो बहिनीको हत्या भएको बिष्टले आरोप लगाउनुभयो । हत्या भएको दुईघण्टा पछि उपचार गर्ने भन्दै काठमाडौ मेडिकल कलेज लगेपनि अस्पताल पुगे लगत्तै चिकित्सकले अस्पताल आउनु अघि नै मृत्यु भएको जानकारी गराएको विष्टले बताउनुभयो ।
सोमबार माईती पक्षले पोष्टमार्टम गर्ने चिकित्सकलाई भेटेर जानकारी लिँदा हत्या भएका जानकारी आफू र प्रहरीलाई दिएपछि प्रहरी कै सल्लाहमा आफूले ज्वाई विश्वरामकाविरुद्ध किटानी जाहेरी दिएको विष्टले बताउनुभयो ।
प्रहरीले विश्वरामलाई र छोरा सिद्धार्थलाई पक्राऊ गरि अनुसन्धानका क्रममा हत्या गरेको खुलेको र त्यसमा छोराको समेत संलग्नता रहेको पाईएपछि प्रहरी कै अनुरोधमा छोराकाबिरुद्ध पनि किटानी जाहेरी दिएको विष्टले जानकारी दिनुभयो ।
मृतकका परिवारले भने कार्की शौचालय जाँदा सलमा चिप्लिएर घरको भ¥याङबाट लडेर घाईते भएको र अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको दाबी गरेका प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको प्रहरीले जानकारी दिएको छ । घट्नाको अनुसन्धान भईरहेको र पोष्ट मार्टम रिपोर्ट आएपछि थप तथ्य सार्वजनिक हुने प्रहरीको भनाई छ ।

No comments:

Post a Comment