Total Pageviews

Tuesday, April 2, 2013

सार्कमा ट्रेड युनियन प्रतिनिधित्वको माग


काठमाडौ, चैत २० – दक्षिण एसियाली सहयोग संगठन सार्कमा ट्रेड युनियनहरुको पनि सहभागिता हुनुपर्ने निश्कर्षका साथ दक्षिण एसियाली ट्रेड युनियन काउन्सीलको महाधिबेशन सकिएको छ ।
काठमाडौमा सकिएको महाधिवेशनले उद्योगी व्यवसायीको सार्कमा सहभागीता भएपनि श्रमिकको नेतृत्व गर्ने ट्रेड युनियनको प्रतिनिधित्व नभएकाले प्रतिनिधित्व हुनुपर्ने माग गरेको हो ।
महाधिबेशनले यो सहित आप्रवासी श्रमिकको ट्रेड युनियन अधिकार, सामाजिक सुरक्षा, लैङ्गिक विभेद र न्यूनतम ज्यालाका विषयमा समान धारणा बनाएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव उमेश उपाध्यायाले जानकारी दिनुभयो ।
महाधिबेशनले भारतीय ट्रेड युनियनका सञ्जीव रेटीको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । काउन्सीलको उपाध्यक्षमा नेपालबाट जिफन्टका अध्यक्ष विष्णु रिमाल सहित पाकिस्तान, बंगलादेश र श्रीलंकन ट्रेड युनियन चुनिएका छन् ।
काउन्सीलको महासचिवमा नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका अध्यक्ष लक्ष्मण बस्नेत र सचिवमा अखिल नेपाल ट्रेड युनियन महासंघका उषा देवकोटा चयन हुनुभएको छ ।

No comments:

Post a Comment