काठमाडौ, चैत २१ – सगरमाथा माथि पहिलो पटक हवाई उडान भएको बुधबार ८० वर्ष पूरा भएको छ ।
सन् १९३३ अप्रिल तीन तारिखमा इङ्गल्याण्डको रोयल अक्जिलियरी एयर फोर्सका फ्लाईट लेफ्टिनेन्ट डेभिड फ्लावर म्याक्लिनटायर, डग्लस डग्लस–ह्यामिल्टन, एलभिएस ब्ल्याकर र एसआर बोनेटले स्कटल्याण्डमा निर्मित जहाजमा सगरमाथा माथि उडान गरेका थिए ।
उनीहरुले खुला ककपीट सहितको विमानमा भारत बिहारको पूर्णियाबाट उडान भरेर तीन घण्टामा पाँच सय किलोमिटरको दूरी पूरा गर्नुका साथै ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको ५० मिटर माथिबाट उडान भरेका थिए ।
सन् १९२४ मा सगरमाथाको आरोहण गरेका जर्ज म्यालोरी र एन्ड्रयू इरभिन सगरमाथा चढेको प्रमाण खोज्न सगरमाथामाथि उडान गरिएको थियो । सन् १९२४ को जुन ८ र ९ मा सगरमाथा आरोहणमा गएका म्यालोरी इरभिनको आरोहणकै क्रममा ज्यान गएको थियो ।
सगरमाथामाथिको हवाई उडानको स्मृतिमा ह्यामिल्टनका नाती चाल्र्स सहितको टोली वार्षिकोत्सव मनाउन नेपाल आइपुगेको छ । चाल्र्सले बुधबार सन् १९३३ मा गरिएको हवाई उडानको रुटको आसपासबाट उडान गर्नेछन् ।
No comments:
Post a Comment