Total Pageviews

Monday, April 8, 2013

सरकारले आज ४ खर्बमाथिको बजेट ल्याउँदै

budgetकाठमाडौ, चैत्र २७ - सरकारले आव २०६९/०७० कोलागि रु.४ खर्बभन्दा माथिको बजेट मंगलबार ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि राष्ट्रपतिबाट अध्यादेश मार्फत बजेट ल्याइने छ ।  अपारन्ह ५ बजे अर्थमन्त्री शंकर कोइरालाले योजना आयोगको हलमा बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।
राससका अनुसार बजेटमा कुनै नया“ कार्यक्रम र नीति नसमेटिकन बजेट आउन लागेको छ । अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाकाले सरकारले मङ्गलबार पूर्ण आकारको बजेट ल्याउन लागेको बताएका छन् ।  बजेटमा विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश समावेश हुने बताइएको छ ।
प्रवक्ता देवकोटाका अनुसार सरकारले आगामी संविधानसभाको निर्वाचन र नियमित खर्च चलाउनका लागि रु ४ खर्बभन्दा माथिको बजेट ल्याउने छ । यसअघि राजनीतिक सहमति जुट्न नसक्दा दुई पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत चालु आवको खर्च चलाएको थियो ।  यस्तै  गत आवको कुल व्यय रकमको एक तृतीयांशमा नबढ्ने गरी गत असार ३१ मा अध्यादेशमार्फत बजेट जारी गरिएको थियो ।
पूर्ववर्ती सरकारले एक पटक एक तृतीयांश र अर्को पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत काम चलाएको थियो ।  यस पटक ल्याउन लागिएको बजेटमा अरू कुनै नयाँ योजना र कार्यक्रम नरह ेपनि निर्वाचनलाई भने केन्द्रित गरिने छ ।

No comments:

Post a Comment