काठमाडौं, चैत २७ (नागरिक)- ठगीको
अभियोगमा दिपक गुरुङ उर्फ दिपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। चेक
बाउन्सको अभियोगमा महानगरिय प्रहरी परिसर काठमाडौंले उनलाई मंगलवार ठमेलवाट
पक्राउ गरेको हो।
परिसरका प्रमुख रणबहादुर चन्दका अनुसार जग्गा कारोवारकोक्रममा उनले राजनाथ उपाध्यायलाई दिएको २१ लाखको चेक बैंकले नगद मौज्दात नभएको भन्दै फर्काएपछी उनले प्रहरीमा उजुरी दिएका थिए। उजुरी आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेर हनुमानढोका कार्यालय ल्याएको थियो। मनाङे ठमेल आधार क्षेत्र बनाएर आपराधिक गतिविधीमा सक्रिय रहेको प्रहरी रेकर्डमा उल्लेख छ।
उनी विरुद्ध आपराधिक गतिविधिवाट अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति सुद्धिकरणले कारवाही प्रकृया अगाडि बढाउने तयारी गरिरहेको छ। केन्द्रीय अनुसन्धान व्युरोले उनको सम्पत्ति र त्यसको स्रोतको अनुसन्धान गर्दा १० करोड बढी सम्पत्तिको स्रोत नखुलेको प्रतिवेदन विभागमा बुझाएको थियो।
'ठगीको उजुरीका आधारमा पक्राउ गरेर कार्यालय ल्याएको छु' परिसर प्रमुख चन्दले नागरिकसँग भने' पीडितलाई छलफलका लागी बोलाएको छु, प्रमाणित भयो भने कारवाही प्रकृया अगाडि बढाउँछु।'
डेढ वर्ष अगाडि प्रहरीले गणेश लामालाई समेत ठगी अभियोगमा पक्राउ गरेपनी पछि पिडितसँग सहमती गराएर सार्वजनिक अपराधमा सामान्य धरौटीमा जिल्ला प्रशासन कार्यालयले रिहा गरेको थियो।

No comments:
Post a Comment