Total Pageviews

Tuesday, April 9, 2013

बेलायत निःशुल्क जान देउ : गेसो

  . बेलायतमा पनि ज्ञापन पत्र बुझाए

काठमाडौ, चैत्र २७ - गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायती अदालतको फैसला तत्काल कार्यन्वयन गर्न माग गदै नेपाल सरकारलाई माग पत्र बुझाएको छ । बेलायती अदालतले गत जनवरी २१ मा गरेको फैसलालाई तत्काल कार्यान्वयन गरेर सबै गोरखाका सन्तानहलाई बेलायत निशुल्क जान दिनु पर्ने लगायतका मागहरु राखेर ज्ञापन पत्र बुझाएको हो ।
नेपाल सरकारको मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी र बेलायती सरकारलाई सोमबार एकैपटक ज्ञापन पत्र बुझाएको गेसोले विज्ञप्तिमा जनाएको छ ।
गेसोले सबै गोरखा सैनिकका सन्तानहरुले बेलायतको आवासीय भीषा पाउनु पर्ने, अध्यागमन सम्बन्धी मुद्दा पर्दा गोरखा र गोरखाका सन्तानहरुलाई कानुनी सहयता दिदै आएको कानुनी सहयता लाई निन्तरता दिनु पर्ने र गोरखाको सन्तानहरुलाई भीषा शुल्कबापत् लिइदै आएको शुल्क २ लाख ६८ हजार ४ सय रुपैयाँ रकम खारेज गर्नु पर्ने माग राखेको छ । ज्ञापन पत्र बुझाउन अघि गेसो केन्द्रीय कार्यालय पुलचोकबाट जुलुस निकालिएको थियो । करिब ४ हजारभन्दा बढी युवाहरु सहभागी जुलुस पुलचोकबाट कुपण्डोल, माईतीघर, हुदै बबरमहलमा गएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गदै गेसो सभापति पदमबहादुर गुरुङले बेलायती अदालतले गरेको फैसलालाई तत्काल कार्यन्वयन नगरे कडा आन्दोलन गरिने बताए । 'आफ्नै अदालतले आफ्नै राष्ट्रसेवकका हकमा गरेको फैसला तत्काल कार्यान्वयन गर्नुपर्छ' उनले भने, 'कार्यान्वयन नगरे हामी वि्रटिसको अन्याय विश्वलाई सुनाएर आन्दोलन गछौं ।

No comments:

Post a Comment