Total Pageviews

Wednesday, April 10, 2013

न्यूर्योक सडक जाम केटलाई देखेपछि

हलिउड मोडल केट मोसले न्यूर्योक सडक जाम पार्ने गरेकी बताइएको छ ।
न्यूर्योक क्षेत्र भएर गुड्ने गरेको गाडीको गति केटलाई देखेपछि कम हुने गरेको स्रोतले जनाएको छ । केटको टपलेस पोस्टरले सडक जाम हुने गरेको हो ।
उक्त पोष्टरमा केट कालो जुत्ता र अन्तरवस्त्रको साथमा टपलेस देखिएकी छिन् । सो पोष्टरलाई देखेर गाडीको चालकको ध्यान त्यतातिर जाँदा यातायातमा समस्या आउने गरेको समाचार एजेन्सी द सनले बताएको छ ।
एक जुत्ताको ब्राण्ड ‘स्टुअर्ट विट्जमान’को लागि केटले गरेकी फोटोसुट ब्ल्याक एण्ड ह्वाईट छ । उक्त पोष्टर न्यूर्योकको एक भवनमाथि राखिएको छ ।

No comments:

Post a Comment