हेटौडा, आश्विन २३ -
गर्भवती पत्नीलाई भारतको कोठीमा लगेर विक्री गरेको ठहर गर्दै पतिसहित तीन
जनालाई जिल्ला अदालतले जनही २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना फैसला
गरेको छ । प्रतिवादी ३ जनाको आर्थिक अवस्था कमजोर भएकाले जरिवानाको ५०
प्रतिशत अर्थात १/१ लाख रुपैयाँ पुर्नस्थापना कोषवाट राज्यले जाहेरवालालाई
उपलब्ध गराउनु पर्ने आदेश पनि गरेको छ ।
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको मंगलवारको इजलाशले मनहरी ३ का ३८
वर्षीय पति सिताराम थिङ, पदमपोखरी १ का ५४ वर्षीय श्यामवहादुर बम्जन र ५३
वर्षीय शशीकुमार तितुङलाई २३ वर्ष अघि सितारामकी पत्नीलाई विक्री गरेको ठहर
गर्दै अदालतले उक्त फैसला गरेको हो ।
मनहरी ३ की १६ वर्षीया किशोरीसंग विहे गरेर थिङले ६ महिनापछि गलैचा
कारखानामा काम गर्ने भनेर काठमाडौं लगेको काम पाइएन भन्दै दुवै जना भारतमा
जागिर खाने भनेर उनलाई २०४६ भदौमा बम्बई झुक्याएर पुर्याइए बेचेको ठहर
गरिएको छ । उनलाई बम्बई पुर्याउदा श्यामवहादुर र शशीकुमार पनि सँगै गएका
थिए ।
बम्वई पुगेपछि पतिसहित ३ जनाले कोठी संचालक २ महिलालाई ५० हजार रुपैयामा
गर्भवती महिला विक्री गरेर फरार भएका थिए । कोठीमा विक्री गर्दा उनी ५
महिनाकी गर्भवती थिइन । कोठीमा उनले छोरा जन्माईन् । छोरा अहिले २३ वर्षका
भइसके । छोरा नुवाकोटमा वस्छन । ५ वर्षको भएपछि उसलाई पालनपोषण गर्न अरुले
नै लगेका थिए ।
१५ वर्षसम्म कोठीमा वसेर नारकीय जीवन विताएकी महिलाको रगतमा एचआइभीको
जीवाणु फेला परेपछि कोठीवाट निकालिएकी थिइन् । कोठीवाट निकालिएपछि बम्वईमा
उनले ७ वर्ष जति एउटा घरमा काम गरेर वसिन् । २०६८ चैत २१ गते उनी एक
महिलाको सहयोगमा गोरखपुर हुँदै मनहरी आइन् । माइती नेपालको सहयोगमा उनले
चैत २२ गते गर्भवति भएको अवस्थामा आफुलाई विक्री गर्ने पतिको विरुद्धमा
प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।
उनको उजुरीको आधारमा प्रहरीले सितारामलाई चितवन रत्न नगरपालिका १३ को
जयमंगलवाट चैत २३ गते पक्राउ गरेको थियो । सितारामका वयानको आधारमा
श्यामवहादुर र शशीकुमार पक्राउ परेका हुन् । पतिले उनलाई विक्री गर्दा उनी
१६ वर्षकी थिइन । गाउँ फर्कदा उनी ३८ वर्षकी थिइन । अहिले उनी मनहरीस्थित
माइती घरमा वस्छिन ।
No comments:
Post a Comment