Total Pageviews

Tuesday, April 2, 2013

उमेर अनुसार मेकअप

समय कुमालेको चक्रझैं लगातार घुमिरहन्छ । परिवर्तन समयको माग पनि हो । त्यसैले आयु पनि समयअनुसार नै बढिरहन्छ । त्यसलाई रोक्न सम्भव छैन, तर बढ्दो उमेरको असर केही हदसम्म कम गर्न सकिन्छ । हामी एन्टी एजिङको धरापमा छौं भने हामील्ो आफ्नो स्वास्थ्य, सौन्दर्य र मनलाई हृष्टपुष्ट र सदाबहार राख्नुपर्छ । स्वास्थ्य, सौन्दर्य र मनलाई सधैं हँसिलो, खुसिलो र सकारात्मक राख्न सकियो भने हामी सधैं जवान र सुन्दर देखिन्छौं । व्यक्तिको सुन्दरता झल्काउन उसको बाहिरी आवरण मात्र सुन्दर भएर हुँदैन वैचारिक रूपले पनि सुन्दर हुनु आवश्यक छ । 

युवा र सुन्दर देखिने इच्छा सबैमा हुन्छ । त्यसमा खानपान र पहिरनले जति साथ दिइरहेको हुन्छ त्यति नै मेकअप र स्टाइलले पनि व्यक्तिमा परिवर्तन ल्याउने प्रयास गर्छ । त्यसका लागि मेकअप गर्ने व्यक्ति सक्षम हुनुपर्छ । १६ र ४० वर्षका मानिसले गर्ने मेकअप टेक्निक र स्टाइल फरक-फरक हुन्छ । 

चालीस वर्षपछि मेकअप 

४० वर्षपछि मेकअप गर्दा सबैभन्दा पहिले सफा पानीले अनुहार सफा गरी टोनअप गरेपछि रिच मोस्चराइजर लगाउने । 

    मोस्चराइजरले स्किनलाई नरमपन प्रदान गर्छ जुन ४० वर्षपछि अत्यन्तै आवश्यक हुन्छ । 

    त्यसपछि स्किनमा बेस क्रिम प्रयोग गर्ने । त्यसमाथि राम्रो क्वालिटीको आफ्नो स्किनको कलरअनुसार फाउन्डेसन प्रयोग गर्ने र त्यसमाथि लुजपाउडर लगाउने । 

    यो उमेरमा फाउन्डेसन प्रयोग गर्दा बढी मोटो लेयरमा लगाउनु हुँदैन र पाउडर पनि बढी प्रयोग गर्नु हुँदैन । 

    त्यसपछि मेकअप पफ पानीमा भिजाई स्किनमा ड्याप गर्दा बेस नेचुरल देखिन्छ । 

    यसरी बेस तयार पारिसकेपछि आइब्रोले कलर मेकअप गर्ने । 

आइब्रो ः यो उमेरमा आइब्रोको सेप धेरै पातलो र ट्रयाङ्गल हुुनु हुँदैन । यसले अझ प्रौढ लुक दिन्छ । आइब्रोको सेप स्क्वायर र नर्मल सेपमा हुनुपर्छ । 

आइस्याडो ः भी सेपमा आइस्याडो प्रयोग गर्नु हुँदैन । भरसक ब्लन्ड स्टाइलमै गर्ने र कन्ट्रास कलर प्रयोग नगर्ने । सकेसम्म दुईवटा कलर पनि प्रयोग नगर्ने । 

आइलाइनर ः भरसक मोटो आइलाइनर लगाउनु हुँदैन । आइलेस माथिबाट हल्कामात्र देखिने गरी पातलो लाइनर लगाउने र कोश नतानी लाइनर लगाउने । माथिको आइलेसमा हल्का मस्कारा पनि प्रयोग गर्ने । 

लिपिस्टिक ः लिपिस्टिक प्रयोग गर्दा डार्क कलरको साटो सफ्ट र ब्राइट कलर प्रयोग गर्ने । मोस्चराइजरयुक्त लिपिस्टिक छनोट गर्ने ।  लिपिस्टिकमा साइनिङ छैन भने माथिबाट नेचुरल वाटर कलरको लिपग्लस प्रयोग गर्न सकिन्छ । लिपिस्टिक लगाएपछि टिस्यु पेपरले एक्स्ट्रा लिपिस्टिक सोस्ने र त्यसपछि सपmट फोक्स फिमिसिङका लागि नेचुरल कलरको लिपग्लस प्रयोग गर्ने । 

ब्लसर ः मेच्योर उमेरमा कम्प्लेक्सन निखार्न ब्लसर पनि जरुरी छ । यसले स्किन प|mेस र कान्तियुक्त देखाउँछ । बढ्दो उमेरका साथै अनुहारको चमक पनि कम हुन्छ । जसले गर्दा ब्लसर जरुरी छ । ब्लसर प्रयोग गर्दा हल्का र  नेचुलर कलर प्रयोग गर्नुपर्छ । 

केश सज्जा ः उमेरलाई कम देखाउन केशको कलरले पनि साथ दिन्छ । त्यसैले बढ्दो उमेरमा केश कलर गर्दा आफ्नो केशको कलरको नेचुरल कलरभन्दा दुई सेड लाइट प्रयोग गर्ने । जसले गर्दा अनुहारको चमक र आँखाको सुन्दरता प्रभावित हुन्छ, केशको कलरले पनि वास्तविक उमेर छोपिन्छ । यसका साथ बढ्दो उमेर कम गर्न प्रशस्त मात्रामा पानी पिउने, नियमित व्यायाम गर्ने, खानपानमा विचार पुर्‍याउने,  १५-२० दिनमा एकपटक आफ्नो स्किन टाइपअनुसार दक्ष ब्युटिसियनद्वारा नियमित फेसियल गराउने । 

No comments:

Post a Comment