Total Pageviews

Tuesday, April 2, 2013

युएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं, चैत २० (नागरिक)- नेपाल पहिलो पटक एसीसी ट्वान्टी-२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार टिम मानिएको युएईलाई नेपालले ६ विकेटले पराजित गर्‍यो।अन्तिम १६ बलमा कप्तान पारस खड्का र विनोद भण्डारीको जोडीले राम्रो प्रदर्शन गरे। 

त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। १३४ रनको लक्ष्य पछ्याएको नेपालले ५ बल अगावै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सुवास खकुरेल २२, ज्ञानेन्द्र मल्ल २० रन बनाए भने कप्तान पारस खड्का १२ र विनोद भण्डारी १६ रनमा अविजित रहे।
नेपालले भोलि अफगानिस्तानसँग फाइनल खेल्नेछ।
खेलको लाइभ अपडेट नागरिकन्युजले गरेको थियो।

No comments:

Post a Comment