Total Pageviews

Friday, April 12, 2013

आगो निभाउन गुल्मी सदरमुकाम बन्द

धुर्कोट (गुल्मी), चैत्र ३० - रेसुङ्गा क्षेत्रमा लागेको आगो नियन्त्रणमा स्थानीयवासीले चासो नदेखाएपछि गुल्मी उद्योग वाणिज्य सङ्घले तम्घास बजार बन्द गराएको छ ।
गुल्मीको गौरव मानिएको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रेसुङ्गा क्षेत्रमा भएको आगलागी नियन्त्रणभन्दा बाहिर गएपछि आगालागी नियन्त्रणका लागि बजार बन्द गरिएको हो ।
बुधबारदेखि रेसुङ्गामा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र केही सरोकारवालाले नियन्त्रणमा लिने प्रयासमा यहाँका बासिन्दाले हातेमालो नगरी रमिते बनेर बसेपछि बजार नै बन्द गरेर आगो निभाउन जान सबैलाई आग्रह गरिएको गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव कृष्ण पोख्रेलले जानकारी दिए ।
जैविक विविधताको धनी मानिएको रेसुङ्गा वनमा आगलागीले वन क्षेत्रभित्र रहेका पशुपक्षी, महत्वपूर्ण जडीबुटी तथा रूखबिरुवा जलेर नष्ट भएका छन् ।
झन्डै पाँच हजार हेक्टर क्षेत्रफलमा चारैतिर फैलिएको रेसुङ्गा क्षेत्रमा जनचेतना अभाव र हेलचेक्र्याइँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ ।

No comments:

Post a Comment