Total Pageviews

Saturday, April 6, 2013

अझै बल्झीदै छ घाउ - सामाजिक कथा (प्रेम चापागाईं)

पुस महिनाको जाडोमा एकाबिहानै किन मानिसहरूको चहल पहल छ भनी बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरकी मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरा तिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको घरमा साना साना तिन बच्चा र धनबहादुरको घरमा पनि दुइ जना छन् । सीता देवीका श्रीमान कतारमा तातो हावा सगै आफ्नो जिबनलाई चौथो पटक होमीरहेका छन् धन कमाउने आसै आसमा । सपुर्ण गाउँ सन् सानी पूर्ण भयो त्यो हल्ला बिदेस मा पनि तुरुन्तै पुगिहाल्यो।
केहि दिनसम्म त सीतादेवी र धनबहादुर पोखरा, काठमाडौँ सहर तिर घुमेछन् । त्यस पछि फिर्ता भए गाउँमा नै धनबहादुरले सीतादेवी र जेठी श्रीमती रमा कुमारीलाई मिलाएर राख्न सफल भयो । मुकेसको घरमा दुखका दिनहरू थपीदै छन् मामा घर पुग्दा आफ्नी पोइल गएकी आमा सित भेट हुन्छ छोरो तिलक र छोरी सनिताको ।मामलीले पनि के गर्ने र भान्जा भान्जीको पनि माया आफ्नी दिदी सीताको पनि माया दुवैलाई हेर्यो हेरिसक्नु छैन ,समय बित्तै गयो हुदा हुदै तिलक पनि एस एल सी पास भयो अब कलेज जाने बेलाभयो ,खोइ बाबुको पनि घर फर्कने केहि अत्तो पत्तो छैन ।
तिलकको दिमाखमा बिस्तारै बिस्तारै नराम्रा कुरहरू आउन थाल्छन। मानिस, मानिसकै दुख, आपत् बिपत हेर्न कति लालाइत हुन्छ । तिलकलाई आफ्नी आमा पर्ती नराम्रा कुरा लगाएर रिस उठाउने काम हुन्छ आफ्नै साथी संगती बाट । एक दिन तिलकले रिसको आवेगमा निको हुदै गरेको घाउ फेरी बल्झाउने कम गर्यो । छुरा प्रहर गरी सौतनी बाबुको हत्या ,हत्या पछि बेपत्ता । अब घरमा सनिता मात्र बाकी छिन पिडा पनि कति हुन्छ जिन्दगिमा, उनी त्यहाँ बस्न नसकेर मामाघरमा नै बस्न थालिन ।त्यो कलिलो मुटुमा ठुलो चोट पर्यो ।बाबु त थियो त्यो पनि घर औदैन, मरे बाराबर भयो ,आमा- बाबु नमरी कनै टुहुरो जिबन जिउदै छिन सनिता ।हत्या पछि भागेको तिलक कहाँ पुग्यो केही अत्तो पत्तो छैन पुलिसका मान्छेहरूले खोजि कार्यलाई तिब्र बनाए तर पनि केहि पत्तो लागेन आखिरमा गाउँनै सोकाकुल भयो दुइ जना बिधवा भय एकै घरमा । सीतादेवीको सानो बच्चो काखैमा टुहुरो भयो ।चोइटा खान गयकी बुडी झोलमा डुबेर मरी भयो ।जिन्दगि नै तहस नहस भयो, के गर्ने के नगर्ने सीतादेवी बिचलितमा छिन् ।समय बित्तै गयो आलो घाउमा केहि खाटो बस्न खोज्छ फेरी बल्झिन्छ। आमा छोरीको भेट हुनु हुदैन रुवा बासी हुन्छ ,कहाँ जाने र दुवै जनाको जाने ठाउँनै तेही त हो मामा घर मुकेश माझी पनि बिदेस बाट फर्कियका छन् भर्खरै, उनि पनि बिवाह गर्नेरे अब, मुकेश घर आए पछि तिलक पनि साउदी माछ रे भन्ने अस्पस्ट समाचारहरू आउदै छन् ।मुकेशले छोरीलाई त्यो मामा घर मा जानु हुदैन , पोइल गएकी आमासग भेट गर्न हुदैन भन्ने तर्कहरू गर्दै छन् र छोरीलाई त्यो आमा सग नभेट्ने बनाउन कोसिस गर्छन ।उता तिलकको पनि यतिका समय पछि पत्र आयो उसको पत्रमा पनि त्याही कुरा उलेख गरिएको छ, आमा सग नभेट्नु रे । । तर किन ?तर किन थाहा छैन /

No comments:

Post a Comment