म्याग्दी , चैत्र २२ - भगवती ८ की ८ वर्षीया एक बालिकालाई स्थानीय १५ वर्षीय किशोरले बलात्कार गरेका छन् । आफन्तको संरक्षकत्वमा पीडित बालिकाले बुधबार जिल्ला प्रहरीमा दिएको जाहेरीअनुसार ०६९ चैत ९ गते शुक्रबार बिहान ९.३० बजे विद्यालय जाने क्रममा पीडकको घरमा बलात्कृत भएकी हुन् । आमा मामाघर गएकी र घरमा छामा (आमाकी बहिनी) सँग बस्दै आएकी बालिकाले आमाघरमा फर्केपछि ०६९ चैत १९ गते घटना सार्वजनिक गरेकी हुन् । 'म स्कुल जान हिँडेकी थिएँ । उसको घरछेउ पुगेपछि मिठाई खान आऊ भन्यो र म गएँ । मिठाई दिएपछि घरभित्र लग्यो,' आफन्तसँग प्रहरी जाहेरीमा बालिकाले उल्लेख गरेकी छन् ।
प्रकाशित मिति: २०६९ चैत्र २२ ०९:३२
No comments:
Post a Comment