Total Pageviews

Thursday, April 4, 2013

हतियार सहित सात जना पक्राउ


इनरुवा, चैत्र २२ - सुनसरी प्रहरीले बुधबार राति कोसी राजमार्ग अन्तरर्गत हासपोसा क्षेत्रबाट हतियार सहित सातजनालाई नियन्त्रणमा लिएको छ ।
 प्रहरीले चलाएको अपरेसन अन्तरर्गत चेकजाँच गर्ने क्रममा ट्रकमा राखी जाँदै गरेको अवस्थामा हासपोसा क्षेत्रबाट उनीहरुलाई हतियार सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका साथबाट तीनथान स्वचालित पेस्तोल , ४३ राउण्ड गोली सहित अन्य घरेलु हतियारहरु बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको बयानका आधारमा थप स्थानहरुमा छापामारी गर्ने कार्य भइरहेकोले तत्काल बिस्तृत बताउन नमिल्ने तथा बिहीबार दिउँसो साढे तीनबजे पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment