-पावना श्रेष्ठ, कन्ट्री म्यानेजर-नेपाल, इत्तिहाद एयरवेज
नेपालको राष्ट्रिय ध्वजावाहक निरन्तर ओरालो लागेसँगै विदेशी एयरलाइन्सले
महत्वपूर्ण बजार हिस्सा लिएका छन । अहिले करिव ३० वटा बिदेशी एयरलाइन्सले
नेपालमा उडान गरिरहेका छन । नेपालमा उडान गर्ने यी सवै विदेशी एयरलाइन्सले
नेपाली यात्रु बोके पनि कन्ट्री म्यानेजरको जिम्मेवारी भने निकै कम
नेपालीले पाएका छन् । ती कम नेपालीमध्ये पावना श्रेष्ठ पनि एक हुन्, जो
संयुक्त अरब इमरेट्स (युएई) को विमान कम्पनी इत्तिहाद एयरवेजको कन्ट्री
म्यानेजरका रुपमा काम गरिरहेकी छन् । नेपाल-अबुधावी रुटमा दैनिक उडान
गरिरहेको इतिहादको बिजनेस, आगामी योजना र उडडन क्षेत्रमा देखिएका
समस्याबारे अनलाइनखबरले पावनासँग गरेको कुराकानीको संक्षेपः
इत्तिहाद एयरवेजले नेपालमा उडान थालेको ५ बर्ष भइसक्यो । अहिलेसम्मको ग्रोथलाई कसरी मूल्याङकन गर्नुभएको छ ?
निकै उत्साहजनक छ । सुरुमा हाम्रो सातामा चारवटा उडान थियो, अहिले बढाएर दैनिक पुर्याएका छौं । सन् २०१२ मै हामीले दैनिक दुईवटा उडान थाल्ने योजना बनाएका थियौं । तर नेपाल र युएईवीचको हवाई सम्झौता संशोधन नगरी हामीले उडान संख्या थप्ने सक्ने अबस्था भएन । सम्झौतामा उल्लेखित उडान संख्या अहिले प्याक भइसक्यो । जति चाँडो हवाइ सम्झौतामा संसोधन गरी संख्या थपिन्छ त्यति चाँडो दैनिक दुईवटा उडान गर्न हामी तयार छौं । ब्राण्डका हिसावले पनि इत्तिहाद बिश्व बजारमा स्थापित भइसकेको ब्राण्ड हो, युरोपसँग निकै राम्रो कनेक्टिभिटी छ । त्यसले गर्दा हाम्रो ब्राण्ड यो क्षेत्रमा पहिलो पहिलो रोजाइमा परिसकेको अनुभव गरेका छौं ।
इत्तिहादको कुल मुनाफाको अबस्था त तपाईहरुले सार्वजनिक गरिरहनुभएको छ । काठमाण्डौ-अबुधावी रुटको बित्तिय प्रगति कस्तो छ ?
हरेक वर्ष हामीले प्रगति गरिरहेका छौं । भोल्युमका हिसवाले पनि हाम्रो अवस्था निरन्तर राम्रो हुँदै गइरहेको छ । सन् २०१२ मा पनि हामी दुई अंकको वृद्धिदर कामय गर्न सफल भएका छौं ।
खाडी क्षेत्रबाट नेपाल आउने अधिकांश एयरलाइन्सको मुख्य ग्राहक भनेका त्यहाँ श्रम गर्न जाने नेपालीहरु हुन् । इत्तिहादको सन्र्दभमा पनि त्यही कुरा लागू हुन्छ कि टार्जेट प्यासेन्जर फरक छन् ?
हाम्रा यात्रुहरु त्यहाँ श्रम गर्न जाने र फर्किने नेपाली श्रमिकहरु पनि हुनुहुन्छ । तर हाम्रो मुख्य फोकसचाहिँ कर्पोरेट क्षेत्रमा हुन्छ । हाम्रो सर्भिस र प्रोडक्ट पनि पि्रमियम क्लासको भएकाले अबुधावी हुँदै युरोप अमेरिका जाने र त्यहाँबाट फर्किने कर्पोरेट क्लासको यात्रुहरु बढि हुनुहुन्छ ।
युएईबाट त बजेट एयरलाइन्सहरु पनि नेपालमा उडान गरिरहेका छन् । उनीहरुले सस्तो दरमा उडाउँदा तपाइहरुजस्ता एयरलाइन्सलाई फेयर मेन्टेन गर्न दबाब परिरहेको होला हैन ?
बजेट एयरलाइन्सहरुसँग हाम्रो कुनै प्रतिस्पर्धा हुँदैन । चाहे पि्रमियम क्लास होस् वा इकोनोमिक क्लास, हामी बजेट एयरलाइन्सलाई ध्यानमा राखेर फेयर तोक्दैनौं । हाम्रो पनि आफ्नै बेन्चमार्क एयरलाइन्सहरु हुन्छन् जोसँग हाम्रो सेवा र शुल्कको प्रतिस्पर्धा हुन्छ । हाम्रा लक्षित यात्रुहरु जुन वर्गका हुनुहुन्छ र जुन सेवाका कारण हाम्रो सेवा लिनुहुन्छ त्यसको बजेट एयरलाइन्ससँग कुनै प्रतिस्पर्धा हुँदैन । दुबैको बजार लक्ष्य फरक फरक हो ।
नेपालमा उडान भर्ने इत्तिहादजस्तै बिदेशी बिमान सेवाहरुले कस्ता समस्या वा चुनौती भोग्नुपरेको छ ?
मुख्य कुरा नेपालमा ग्राउण्ड ह्याण्डलिङ चार्ज दक्षिणपूर्वी एशियाली मुलुकहरुमा सवैभन्दा महंगो छ । जुन चार्ज लिइएको छ त्योअनुसारको सर्भिस डेलिभरी छैन । बिमानस्थलमा पूर्वाधारको निकै अभाव देखिन्छ । पिक टाइममा त्रिभुवन एयरपोर्टको अबस्था हेर्नुभयो तपाई आफै थाहा पाउनुहुन्छ हाम्रो एयरपोर्टको हालत के छ भन्ने । रात्री समयमा ग्राउण्ड ह्याण्डलिङ चार्जमा छुट दिने भन्ने समाचार सुन्न थालिएको धेरै भयो तर अहिलेसम्म ब्यबहारमा लागू हुन सकेको छैन । २४ सै घण्टा एयरपोर्ट संचालन गर्ने कुरा पनि भएको थियो, त्यो पनि लागू हुन सकेको छैन ।
नेपालको पर्यटन उद्योगलाई तपाईहरुको बलियो नेटवर्कमार्फत् प्रचार प्रसार गर्ने बिषयमा कुनै योजना छ कि ?
नेपाल उत्कृष्ट पर्यटकीय गन्तब्य भएकाले युरोप तथा अमेरिकाका पर्यटकहरु यहाँ आउन चाहान्छन । तर ती देशको एयरलाइन्सहरुको सिधा उडान नहुँदा पर्यटकहरुलाई यात्रा सहज हुँदैन । त्यसैले हामीले कोड सेयरिङ प्राबधानका लागि पहल गरिरहेका छौं । जस्तो इतिहादले एयर फ्रान्ससँग कोड सेयर गर्छ । यदि त्यसलाई नेपाल सरकारले मान्यता दियो भने सिधै एयर फ्रान्सको सिष्टमबाट इतिहाद एयरमार्फत नेपाल आउने टिकट बुक गर्न पाउँछन । यसो हुँदा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन्छ । यसका लागि हामीले नेपालको पर्यटन मन्त्रालयमा निवेदन दिएका छौं । कोड सेयरिङ हुँदा कति कनेक्टिभीटी बढ्छ र नेपालले कति फाइदा लिन सक्छ भने हामीले पि्रजेन्टेसन पनि दिइसकेका छौं । छिटै सरकारले मान्यता दिने बिश्वासमा छौं ।
इत्तिहादले नेपालमा संस्थागत समाजिक उत्तरदायित्व-सीएसआर) अन्र्तगत के कस्ता कामहरु गरिरहेको छ ?
हामीले स्थानीयरुपमा अनाथ गृहहरुलाई सहयोग गरिरहेका छौं । हालैमात्र हामीले काठमाण्डौको शान्ति सेवा गृहलाई सहयोग गर्यौं । हेड अफिसबाटै पनि मेडिकल इक्विपेन्टहरु ल्याउन विभिन्न रोटरी क्लवहरुसँग मिलेर सहयोग भइरहेको छ । हामीले संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा लगानी बढाइरहेका छौं ।
इत्तिहादका यो वर्षका नयाँ योजनाहरु के-के छन् ?
हामीले सन् २०१२ मै दैनिक दुई उडान गर्न खोजेको हो । त्यसमा ढिलाई भयो । अहिले हाम्रो प्राथमिकता कोड सेयरिङमै छ । कोड सेयरको काम सकिएसँगै हामीले दैनिक दुई उडानको योजनालाई कार्यान्वयन गर्ने योजना बनाएका छौं । किनकि कोड सेयर हुनासाथ हामीलाई अहिलेको फ्लाइटले पुग्दैन र दैनिक दुई उडानका लागि अकुपेसी पर्याप्त हुन्छ ।
त्यसका लागि नेपाल र युएईवीच हवाई सम्झौता पुनरावलोकन पनि हुनुपर्ने भएकाले त्यसका लागि समय लाग्न सक्छ । थाइल्याण्डले कोड सेयर गरेरै पर्यटक धेरै ल्याउन सकेको हो । त्यसबाट नेपालले पनि सिक्नुपर्छ । त्यसो हुन सकेमा नेपालमा पर्यटकको संख्या बढ्छ ।
तपाईहरुले जुन तहको सर्भिस दिइरहनुभएको र जुन बलियो बिश्वब्यापी नेटवर्क बनाउनुभएको छ, त्यसको तुलनामा तपाईहरुको नेपालमा ब्राण्डिङमा ध्यान दिएजस्तो देखिन्न नि ?
हाम्रा लक्षित यात्रुहरुको पहिचान गरी ब्राण्डिङको काम पनि गरिरहकै छौं । भर्खरैमात्र इत्तिहादले पाँच वर्षयताको सबैभन्दा ठूलो ब्राण्डिङ अभियान सुरु गरेको छ । विश्वव्यापी टेलिभिजन र डिजिटल मिडियामार्फत इत्तिहादको ब्राण्डिङ भइरहेको छ ।
अन्त्यमा एउटा व्यक्तिगत प्रश्न । तपाई विदेशी एयरलाइन्सको कन्ट्री म्यानेजर हुने पहिलो नेपाली हुनुहुन्छ, त्यसमाथि महिला पनि हुनुहुन्छ । यो अवसर कसरी आयो ?
उड्डयन क्षेत्रमा मैले करिव एक दशक बिताइसकेँ । गल्फ एयरबाट मैले आफ्नो करियर सुरु गरेकी थिएँ । त्यसपछि मैले जीडीएसमा काम गरेँ । त्यहीँबाट मैले बजारबारे बुझ्ने मौका पाएँ । इत्तिहादमा कन्ट्री म्यानेजर खोजिरहेको थाहा पाएपछि मैले आवेदन दिएँ । एउटा विदेशी एयरलाइन्सको कन्टि्रम्यानेजर किन नेपाली नहुने भन्ने कुराले मलाई घच्घच्यायो । जोसुकै टपमा भए पनि नेपाली नै हो नेपालमा काम गर्ने । यहाँको काम गर्ने तरिका र सूचना त हामीलाई नै हुन्छ । यही कुरा बुझेर पनि होला इत्तिहादले नेपाली नागरिकलाई नै प्राथमिकता दियो र म कन्ट्री म्यानेजरमा छानिएँ । १८ महिनादेखि म यही जिम्मेवारी छु । दृढ इच्छाशक्ति र लगन भयो भने यस्ता अवसरहरु स्वभाविकरुपमा आउने रहेछन् ।
नेपालको राष्ट्रिय ध्वजावाहक निरन्तर ओरालो लागेसँगै विदेशी एयरलाइन्सले
महत्वपूर्ण बजार हिस्सा लिएका छन । अहिले करिव ३० वटा बिदेशी एयरलाइन्सले
नेपालमा उडान गरिरहेका छन । नेपालमा उडान गर्ने यी सवै विदेशी एयरलाइन्सले
नेपाली यात्रु बोके पनि कन्ट्री म्यानेजरको जिम्मेवारी भने निकै कम
नेपालीले पाएका छन् । ती कम नेपालीमध्ये पावना श्रेष्ठ पनि एक हुन्, जो
संयुक्त अरब इमरेट्स (युएई) को विमान कम्पनी इत्तिहाद एयरवेजको कन्ट्री
म्यानेजरका रुपमा काम गरिरहेकी छन् । नेपाल-अबुधावी रुटमा दैनिक उडान
गरिरहेको इतिहादको बिजनेस, आगामी योजना र उडडन क्षेत्रमा देखिएका
समस्याबारे अनलाइनखबरले पावनासँग गरेको कुराकानीको संक्षेपःइत्तिहाद एयरवेजले नेपालमा उडान थालेको ५ बर्ष भइसक्यो । अहिलेसम्मको ग्रोथलाई कसरी मूल्याङकन गर्नुभएको छ ?
निकै उत्साहजनक छ । सुरुमा हाम्रो सातामा चारवटा उडान थियो, अहिले बढाएर दैनिक पुर्याएका छौं । सन् २०१२ मै हामीले दैनिक दुईवटा उडान थाल्ने योजना बनाएका थियौं । तर नेपाल र युएईवीचको हवाई सम्झौता संशोधन नगरी हामीले उडान संख्या थप्ने सक्ने अबस्था भएन । सम्झौतामा उल्लेखित उडान संख्या अहिले प्याक भइसक्यो । जति चाँडो हवाइ सम्झौतामा संसोधन गरी संख्या थपिन्छ त्यति चाँडो दैनिक दुईवटा उडान गर्न हामी तयार छौं । ब्राण्डका हिसावले पनि इत्तिहाद बिश्व बजारमा स्थापित भइसकेको ब्राण्ड हो, युरोपसँग निकै राम्रो कनेक्टिभिटी छ । त्यसले गर्दा हाम्रो ब्राण्ड यो क्षेत्रमा पहिलो पहिलो रोजाइमा परिसकेको अनुभव गरेका छौं ।
इत्तिहादको कुल मुनाफाको अबस्था त तपाईहरुले सार्वजनिक गरिरहनुभएको छ । काठमाण्डौ-अबुधावी रुटको बित्तिय प्रगति कस्तो छ ?
हरेक वर्ष हामीले प्रगति गरिरहेका छौं । भोल्युमका हिसवाले पनि हाम्रो अवस्था निरन्तर राम्रो हुँदै गइरहेको छ । सन् २०१२ मा पनि हामी दुई अंकको वृद्धिदर कामय गर्न सफल भएका छौं ।
खाडी क्षेत्रबाट नेपाल आउने अधिकांश एयरलाइन्सको मुख्य ग्राहक भनेका त्यहाँ श्रम गर्न जाने नेपालीहरु हुन् । इत्तिहादको सन्र्दभमा पनि त्यही कुरा लागू हुन्छ कि टार्जेट प्यासेन्जर फरक छन् ?
हाम्रा यात्रुहरु त्यहाँ श्रम गर्न जाने र फर्किने नेपाली श्रमिकहरु पनि हुनुहुन्छ । तर हाम्रो मुख्य फोकसचाहिँ कर्पोरेट क्षेत्रमा हुन्छ । हाम्रो सर्भिस र प्रोडक्ट पनि पि्रमियम क्लासको भएकाले अबुधावी हुँदै युरोप अमेरिका जाने र त्यहाँबाट फर्किने कर्पोरेट क्लासको यात्रुहरु बढि हुनुहुन्छ ।
युएईबाट त बजेट एयरलाइन्सहरु पनि नेपालमा उडान गरिरहेका छन् । उनीहरुले सस्तो दरमा उडाउँदा तपाइहरुजस्ता एयरलाइन्सलाई फेयर मेन्टेन गर्न दबाब परिरहेको होला हैन ?
बजेट एयरलाइन्सहरुसँग हाम्रो कुनै प्रतिस्पर्धा हुँदैन । चाहे पि्रमियम क्लास होस् वा इकोनोमिक क्लास, हामी बजेट एयरलाइन्सलाई ध्यानमा राखेर फेयर तोक्दैनौं । हाम्रो पनि आफ्नै बेन्चमार्क एयरलाइन्सहरु हुन्छन् जोसँग हाम्रो सेवा र शुल्कको प्रतिस्पर्धा हुन्छ । हाम्रा लक्षित यात्रुहरु जुन वर्गका हुनुहुन्छ र जुन सेवाका कारण हाम्रो सेवा लिनुहुन्छ त्यसको बजेट एयरलाइन्ससँग कुनै प्रतिस्पर्धा हुँदैन । दुबैको बजार लक्ष्य फरक फरक हो ।
नेपालमा उडान भर्ने इत्तिहादजस्तै बिदेशी बिमान सेवाहरुले कस्ता समस्या वा चुनौती भोग्नुपरेको छ ?
मुख्य कुरा नेपालमा ग्राउण्ड ह्याण्डलिङ चार्ज दक्षिणपूर्वी एशियाली मुलुकहरुमा सवैभन्दा महंगो छ । जुन चार्ज लिइएको छ त्योअनुसारको सर्भिस डेलिभरी छैन । बिमानस्थलमा पूर्वाधारको निकै अभाव देखिन्छ । पिक टाइममा त्रिभुवन एयरपोर्टको अबस्था हेर्नुभयो तपाई आफै थाहा पाउनुहुन्छ हाम्रो एयरपोर्टको हालत के छ भन्ने । रात्री समयमा ग्राउण्ड ह्याण्डलिङ चार्जमा छुट दिने भन्ने समाचार सुन्न थालिएको धेरै भयो तर अहिलेसम्म ब्यबहारमा लागू हुन सकेको छैन । २४ सै घण्टा एयरपोर्ट संचालन गर्ने कुरा पनि भएको थियो, त्यो पनि लागू हुन सकेको छैन ।
नेपालको पर्यटन उद्योगलाई तपाईहरुको बलियो नेटवर्कमार्फत् प्रचार प्रसार गर्ने बिषयमा कुनै योजना छ कि ?
नेपाल उत्कृष्ट पर्यटकीय गन्तब्य भएकाले युरोप तथा अमेरिकाका पर्यटकहरु यहाँ आउन चाहान्छन । तर ती देशको एयरलाइन्सहरुको सिधा उडान नहुँदा पर्यटकहरुलाई यात्रा सहज हुँदैन । त्यसैले हामीले कोड सेयरिङ प्राबधानका लागि पहल गरिरहेका छौं । जस्तो इतिहादले एयर फ्रान्ससँग कोड सेयर गर्छ । यदि त्यसलाई नेपाल सरकारले मान्यता दियो भने सिधै एयर फ्रान्सको सिष्टमबाट इतिहाद एयरमार्फत नेपाल आउने टिकट बुक गर्न पाउँछन । यसो हुँदा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन्छ । यसका लागि हामीले नेपालको पर्यटन मन्त्रालयमा निवेदन दिएका छौं । कोड सेयरिङ हुँदा कति कनेक्टिभीटी बढ्छ र नेपालले कति फाइदा लिन सक्छ भने हामीले पि्रजेन्टेसन पनि दिइसकेका छौं । छिटै सरकारले मान्यता दिने बिश्वासमा छौं ।
इत्तिहादले नेपालमा संस्थागत समाजिक उत्तरदायित्व-सीएसआर) अन्र्तगत के कस्ता कामहरु गरिरहेको छ ?
हामीले स्थानीयरुपमा अनाथ गृहहरुलाई सहयोग गरिरहेका छौं । हालैमात्र हामीले काठमाण्डौको शान्ति सेवा गृहलाई सहयोग गर्यौं । हेड अफिसबाटै पनि मेडिकल इक्विपेन्टहरु ल्याउन विभिन्न रोटरी क्लवहरुसँग मिलेर सहयोग भइरहेको छ । हामीले संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा लगानी बढाइरहेका छौं ।
इत्तिहादका यो वर्षका नयाँ योजनाहरु के-के छन् ?
हामीले सन् २०१२ मै दैनिक दुई उडान गर्न खोजेको हो । त्यसमा ढिलाई भयो । अहिले हाम्रो प्राथमिकता कोड सेयरिङमै छ । कोड सेयरको काम सकिएसँगै हामीले दैनिक दुई उडानको योजनालाई कार्यान्वयन गर्ने योजना बनाएका छौं । किनकि कोड सेयर हुनासाथ हामीलाई अहिलेको फ्लाइटले पुग्दैन र दैनिक दुई उडानका लागि अकुपेसी पर्याप्त हुन्छ ।
त्यसका लागि नेपाल र युएईवीच हवाई सम्झौता पुनरावलोकन पनि हुनुपर्ने भएकाले त्यसका लागि समय लाग्न सक्छ । थाइल्याण्डले कोड सेयर गरेरै पर्यटक धेरै ल्याउन सकेको हो । त्यसबाट नेपालले पनि सिक्नुपर्छ । त्यसो हुन सकेमा नेपालमा पर्यटकको संख्या बढ्छ ।
तपाईहरुले जुन तहको सर्भिस दिइरहनुभएको र जुन बलियो बिश्वब्यापी नेटवर्क बनाउनुभएको छ, त्यसको तुलनामा तपाईहरुको नेपालमा ब्राण्डिङमा ध्यान दिएजस्तो देखिन्न नि ?
हाम्रा लक्षित यात्रुहरुको पहिचान गरी ब्राण्डिङको काम पनि गरिरहकै छौं । भर्खरैमात्र इत्तिहादले पाँच वर्षयताको सबैभन्दा ठूलो ब्राण्डिङ अभियान सुरु गरेको छ । विश्वव्यापी टेलिभिजन र डिजिटल मिडियामार्फत इत्तिहादको ब्राण्डिङ भइरहेको छ ।
अन्त्यमा एउटा व्यक्तिगत प्रश्न । तपाई विदेशी एयरलाइन्सको कन्ट्री म्यानेजर हुने पहिलो नेपाली हुनुहुन्छ, त्यसमाथि महिला पनि हुनुहुन्छ । यो अवसर कसरी आयो ?
उड्डयन क्षेत्रमा मैले करिव एक दशक बिताइसकेँ । गल्फ एयरबाट मैले आफ्नो करियर सुरु गरेकी थिएँ । त्यसपछि मैले जीडीएसमा काम गरेँ । त्यहीँबाट मैले बजारबारे बुझ्ने मौका पाएँ । इत्तिहादमा कन्ट्री म्यानेजर खोजिरहेको थाहा पाएपछि मैले आवेदन दिएँ । एउटा विदेशी एयरलाइन्सको कन्टि्रम्यानेजर किन नेपाली नहुने भन्ने कुराले मलाई घच्घच्यायो । जोसुकै टपमा भए पनि नेपाली नै हो नेपालमा काम गर्ने । यहाँको काम गर्ने तरिका र सूचना त हामीलाई नै हुन्छ । यही कुरा बुझेर पनि होला इत्तिहादले नेपाली नागरिकलाई नै प्राथमिकता दियो र म कन्ट्री म्यानेजरमा छानिएँ । १८ महिनादेखि म यही जिम्मेवारी छु । दृढ इच्छाशक्ति र लगन भयो भने यस्ता अवसरहरु स्वभाविकरुपमा आउने रहेछन् ।
No comments:
Post a Comment