काठमाडौं, चैत २१ (नागरिक)- माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई साक्षी राखेर फिल्म 'ढुवानी'को फस्ट लुक सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा यो फिल्म चेलिवेटी बेचविखनको विषयमा बनाएको बुझेपछि कोइरालाले भनिन्, 'यसलाई सहरमा मात्र हैन गाउँगाउँमा लगेर चलाउँ। प्रोजेक्टर बोकेर त्यस्ता ठाउँमा जाउँ, जहाँ यस्तो सन्देशको आवश्यकता छ।' कार्यक्रममा उनले यो फिल्मलाई व्यापारिक रुपमा मात्र नलिई जागरण फैलाउने काममा प्रयोग गर्न आग्रह गरिन्।
फिल्मकी निर्मात्री कविता श्रेष्ठले यसअघिका फिल्म उद्योग चिन्न बनाएको र 'ढुवानी'बाट व्यावसायिक फड्को मार्ने आशा व्यक्त गरिन्। यसअघि 'ब्याच नम्बर १६' बनाएका पिताम्बर पाण्डेले 'ढुवानी' निर्देशन गरेका हुन्। यसमा किशोर खतिवडा, प्रवीण खतिवडा, धीरेन्द्रराज थापा, सगुन शाहीलगायतले अभिनय गरेका छन्।
No comments:
Post a Comment