Total Pageviews

Tuesday, April 2, 2013

'नाइन ओ'क्लक'


निर्देशक ः बाबुराम ढकाल

कलाकार ः ध्रुव दत्त, सुमिना घिमिरे 

निर्माता ः रमेश समवेदना

संगीतकार ः कन्काइस्ट राई 

'ए-सिक्टीनाइन' शीर्षक राखेर निर्माण गरिएको चलचित्र दर्शकमाझ आइपुग्दा 'नाइन ओ'क्लक' भएको छ। चलचित्रसँग सम्बन्धित स्राेतका  अनुसार निर्माता रमेश समवेदनालाई ज्योषितिले चलचित्रको शीर्षकमा '९' अंक समावेश गर्दा राम्रो हुन्छ भनेकाले उनले यसको शीर्षक 'ए- सिक्टीनाइन' राखेका थिए। यो शीर्षकको अर्थ यौनसँग सम्बन्धित भएकाले विभिन्न क्षेत्रबाट विवाद भयो। अन्ततः यसको शीर्षक 'नाइन ओ 'क्लक' राखियो। चलचित्रको कथामा पनि अंक ९ लाई प्राथमिकताका साथ राखिएको छ। 

यसअघि बेलायत, हङकङ आदिमा पि्रमियर शोमार्फत दर्शकको मन जितिसकेको यो चलचित्र आज शुक्रबार देशव्यापी रूपमा प्रदर्शन हुँदैछ।  चलचित्रमा नायिका सुमिना घिमिरे पहिलो पटक बोल्ड भूमिकामा प्रस्तुत भएकी छिन्। चलचित्रमा उनी यौनकर्मीको भूमिकामा छिन्।  सुमिनालाई नयाँ नायक ध्रुव दत्तले साथ दिएका छन्। चलचित्र 'रक्ष्ाा' झैं 'नाइन ओ'क्लक' पनि छायांकनको क्रमदेखि नै चर्चामा आएको थियो।  बजारमा हल्ला गरिएझैं यो चलचित्र यौनको विषयमा मात्र केन्दि्रत नभएका निर्देश्ाक ढकालको तर्क छ। उनका अनुसार चलचित्रमा सेक्सका  विषयहरू उठान गरिएका छन्, तर मुख्य विषय सेक्स होइन। नायिका घिमिरेले यो चलचित्र परिवारका सबै सदस्य एकै ठाउँमा बसेर हेर्न  सकिने बताएकी छिन्।  कन्काइस्ट राईको संगीत निर्देश्ानमा तीनवटा गीत समावेश गरिएको यो चलचित्रका गीतमा राजेशपायल राई, रजिना  रिमाल, इन्दिरा जोशी तथा शिव परियारको पाश्र्व गायन छ।

No comments:

Post a Comment