Total Pageviews

Saturday, April 13, 2013

चार सय जोडी ११.११.११ को कारण विवाह बन्धनमा

क्वालालाम्पुर, कार्तिक २५ - आज शुक्रबार अङ्ग्रेजी पात्रोमा सबै अङ्क १ अर्थात सन् २०११. ११ महिना र ११ गते परेकाले क्वालालम्पुरस्थित चिनियाँ द आन हुउ बौद्ध मन्दिरमा ४ सय जोडी विवाह बन्धनमा बाँधिने भएका छन् ।
चीनमा सन् १९९० को दशकदेखि नोभेम्बर ११ का दिनलाई अनौपचारिक रुपमा एकल व्यक्तिको दिवशको रुपमा लिने गरिएको छ । यस दिनमा विवाह बन्धनमा बाँधिनु शुभ मानिन्छ । ११.११.११ यस्तो अङ्क भएको दिन शताब्दिमै एकचोटी मात्र आउने पनि समाचारमा उल्लेख गरिएको छ ।
‘११ तारिख ११ महिना र सन् २०११ को यो दिन असाधारण दिन भएकाले विवाह बन्धनमा बाँधिन लागेको  २६ वर्षीया लुओ जिया वानले बताएका छन् । आफूले गत वर्षको यसैदिन जिआङ्ग हुइ फाङ्गलाई विवाहको प्रस्ताव राखेको र अहिले विवाह बन्धनमा बाँधिन लागेको पनि बताएका छन् । यस विवाहको प्रवन्ध एक विवाह दर्ता संस्थाले गर्न लागेको छ ।
 

No comments:

Post a Comment