Total Pageviews

Saturday, April 13, 2013

बर्लुस्कोनीले ४९ वर्ष कान्छी भित्र्याउदै

बर्लुस्कोनीले ४९ वर्ष कान्छी भित्र्याउदै

२७ वर्षीया प्रेमिका फ्रान्सेस्का पास्केलका साथ इटालीका ७६ वर्षीय पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी ।

marriage मिलान , पुस ३ - सत्तरी वर्ष नाँघिसक्दा पनि आफूभन्दा निकै कम उमेरकीसँग यौनसम्बन्धले निरन्तर चर्चामा रहेका इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले फेरि बिहे गर्ने तयारी गरेका छन् ।
७६ वर्षे बर्लुस्कोनीले हालै टीभी प्रस्तोता २७ वर्षीया फ्रान्सेस्का पास्केलसँग प्रणयसूत्रमा बाँधिने आधिकारिक रूपले घोषणा गरेका छन् । उनीहरू केही महिनादेखि सँगै बस्दै आएका थिए । रंगीन स्वभावका उनको यो तेस्रो बिहे हो । दुई पटक पारपाचुके गरिसकेका बर्लुस्कोनीको ५ सन्तान छन् ।
भावी श्रीमान्भन्दा ४९ वर्ष कान्छी पास्केलको र बर्लुस्कोनीको नातिनीको उमेर एउटै छ । 'सिल्भियो ! वी मसी यू' समूहका पास्केल संस्थापक सदस्य पनि हुन् । उनी बर्लुस्कोनीको दलका सदस्य पनि छिन् । इटालीका सञ्चारमाध्यमले पास्केललाई मुलुकको नयाँ प्रथम महिलाको रूपमा प्रस्तुत गरिरहेको छ । 
'म निकै एक्लो महसुस गरिरहेको हुनाले चाँडै नेपल्सकी पास्केलसँग लगनगाँठो कस्दै छु,' विभिन्न टीभी च्यानलहरूलाई दिएको अन्तर्वार्तामा उनले भने । बर्लुस्कोनीको छोरी ४६ वर्षे मेरिनाको पास्केल निकै राम्रो मित्र पनि हुन् । आफ्नी छोरी मेरिनाले पनि पास्केलको निकै प्रशंसा र माया गर्ने गरेको उनले बताएका छन् । घरदेखि सार्वजनिक स्थलसम्म आफ्नो पिता र साथीको राजनीतिक एवं भावनात्मक तारतदाम्य देखेर मेरिनाले यो सम्बन्धका लागि हरियो झन्डा देखाएकी थिइन् ।
आफूहरूबीच उमेरको फरक अलिक बढी नै भएको उनले स्वीकारेका छन् । तर, भावनात्मक सम्बन्धले उमेरको अन्तरमा भाँजो हुँदो रहेन छ ।  'हाम्रोबीच ४९ वर्षको उमेर अन्तर छ, उनी शारीरिक, मानसिक एवं भावनात्मक रूपले निकै सुन्दर छिन्,' बर्लुस्कोनीले भने, ' हामी एकअर्काको निकै नजिक छौं, मलाई उमेरको अनुभूति हुन नदिई औधि माया गर्छिन्, म पनि उनका बारेमा यस्तै महसुस गर्छु ।' आफ्नो जीवनमा पास्केलले निरन्तर आनन्दको वर्षा गरिरहेको उनले बताए । बर्लुस्कोनी दलका सांसद डानियला सान्टान्चेले उनीहरूबीचको सम्बन्धलाई निकै सुन्दर बताएकी छन् ।
मोरक्कामा एक नाबालिक उत्तेजक नर्तक एवं यौनकर्मीसँग सम्बन्ध कायम गरेको आरोपमा बर्लुस्कोनीले मुद्दा खेपिरहेका छन् । महँगा यौनकर्मी र मोडेलहरूसँगको निरन्तर सम्बन्धले गर्दा बर्लुस्कोनीको प्रधानमन्त्रीत्वकाल निकै तनावमा बितेको थियो । इटालीका प्रमुख मिडिया टाइकुन र उद्योगपति बर्लुस्कोनीले यस्तै आपत्तिजनक सम्बन्धहरूका कारणले पदबाट राजीनामा दिनु परेको थियो ।
इटाली सञ्चारमाध्यमले उनको कम उमेरका यौनकर्मी र चर्चित मोडेलहरूसँग यौन सम्बन्ध रहेको थुप्रै प्रकरणहरू सार्वजनिक गरेका थिए । एकपछि अर्को गर्दै थुप्रै सुन्दरीहरूले आफूलाई बर्लुस्कोनीको नानीबाबुको आमा बताए पनि उनले ती कुनै पनि आरोपलाई स्वीकारेनन् । बर्लुस्कोनीले यी सब आरोपको सशक्त ढंगले खण्डन गर्दै आएका छन् ।
थुप्रै टीभी च्यानलहरूका मालिक रहेका उनले पुनः इटालीको प्रधानमन्त्री बन्ने योजना समेत सार्वजनिक गरेका छन् । उनलाई आफ्नै च्यानलहरूसँग जोडिएको कर छली र धोखाडीमा अक्टोबरमा उनलाई चार वर्षको सजाय पनि भएको थियो । यो सबको बाबजुद उनको लोकपि्रयतामा कमी आएको छैन । जे होस, कुनै खाले ढाकछोप नगरी वृद्ध बर्लुस्कोनीले २७ वर्षकी युवतीसँगको प्रेमलाई इमानदारीपूर्वक सार्वजनिक रूपले स्वीकारेर इटालीको जनताको विश्वास जितेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार उनी अन्य नेताहरूझैं द्वैध चरित्रका नभएको यो ठूलो प्रमाण हो ।


प्रकाशित मिति: २०६९ पुस ३ ०२:५३

No comments:

Post a Comment