दुबई (युएई), चैत्र ३१ -
विदेशी भूमिमा भएता पनि नेपाली नयाँ वर्षलाई धुमधामसँग मनाउने प्रचलन
रहेको छ । गत १२ अप्रिल शुक्रबारका दिन नेपाली एकता समाज युएईले दुबईको
एभरेष्ट होटलमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । सो
सांस्कृतिक कार्यक्रम नेपालको ई.स.२०६९ लाई बिदाई गर्दै नयाँ बर्ष २०७० को
उपलक्ष्यमा गरेको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथिमा कोषाध्यक्ष लेखनाथ अधिकारी रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसीले गरेको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, महिला र पत्रकारहरु रहेको कार्यक्रमलाई रेशम सापकोटा र याम पुन मगरले संचालन गरेका थिए ।
प्रमुख अतिथि, अध्यक्ष तथा उपस्थित अतिथिहरुद्धारा दीप प्रज्योलन गरी उद्घाटन गरिएको लगत्तै रंक्तिम सांस्कृतिक परिवार युएईको प्रस्तुतिमा ‘हिउ फुल तिमी फुल्दै जाउ, जुनसरी देशको अन्धकारमा दीप बनि आउ तिमी यही छ शुभकामना’ को गीत प्रस्तुत गरिएको थियो ।
स्थानीय गायक कलाकार दीपक शाहले गाएको ‘मधेशी पहाडी हिमालका हिमाली’ र ‘लिस्ने लेखमा लाली गुँरास कस्तो फुल्ने होला सम्पूर्ण नेपालीलाई समट्ने खालका गीत निकै सान्दर्भिक लाग्दथ्यो भने सूर्य केसीद्धारा गाएको ‘सुकेर जादैन रोकेर रोकिदैन’ र ‘कोही साथी सागर पारी अरबको खाडीमा’ जनवादी गीतलाई पनि दर्शकले मन पराए ।
‘नेपाली माटोले भन्छ तिमीलाई, विदेश बसी बिर्सियौ कि गाउँ घरलाई’ भन्ने गीतमा ८ बर्षकी बाल कलाकार भावना श्रीसको नृत्यले सबैको ध्यान आकर्ष गर्दै हललाई तताएको थियो । त्यस्तैगरी मै दुःखी किसान गाह्रो भयो जीवन बिताउन जनवादी गीतमा डम्बर भण्डारीको नृत्यले मनोरञ्जन दिएको थियो भने झ्याउरे गीतमा गरेको नित्यमा साथ दिन अतिथि र दर्शकहरु समेत स्टेजमा पुगेका थिए ।
नयाँ बर्ष २०७० को सांस्कृतिक कार्यक्रमको अवसरमा आ–आफ्ना शुभकामना मन्तव्य राख्नेहरुमा कृष्ण ढकाल, कृष्ण केसी, शिवराज जैसी, मेघराज खनाल, गोपाल कंडेल, राजु खड्का, गोपाल कंडेल, ज्ञानेन्द्र कार्की, बिष्णु आचार्य, पिताम्बर पाण्डे, राधा ढकाल, मर्णि भुर्तेल र लेखनाथ अधिकारी रहेका थिए ।
लालबहादुर ढेंगा
प्रकाशित मिति: २०६९ चैत्र ३१ ०४:११
No comments:
Post a Comment