काभ्रे, चैत्र २५ - दक्षिण कोरियाका एक पुरुषले त्यही देशकी एक महिलालाई बलात्कार गरेका छन् ।
३४ बर्षे जिन हि पार्क (पासपोर्ट नम्बर एम ८३७२०८६५)ले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि बलात्कार घटना सार्वजनिक भएको हो । पीडित महिलाले दक्षिण कोरियाकै ५० बर्षे बिई योङ पार्क (पासपोर्ट नम्बर एम ८३५६८९९२) ले नगरकोटको होटलमा आफूमाथि जवरजस्ती बलात्कार गरको आरोप लगाएकी छन् ।
'बलात्कृत भई भनेर उजुरी आएको छ,' ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख खेम आर्चायले भने, 'उजुरी आए लग्त्तै घटनाको बारेमा अनुसन्धान अगाडी बढाइरहेका छौँ ।' पीडित महिलाले उजुरीमा उल्लेख गरे अनुसार चैत्र २३ गते राति छुट्टाछुट्टै कोठमा लिएर बसिरहेको बेलामा 'टूथपेस्ट' माग्न जाँदा ती पुरुषले जबरजस्ती बलात्कार गरेका थिए । बलात्कार भएपछि ती पीडित महिलाले प्रहरीको हनुमानढोका उजुरी दिएकी थिइन् ।
हनुमान ढोकाले घटनास्थल काभ्रे जिल्ला भएकाले अनुसन्धान गरी कारबाही चलाउन पीडित महिलालाई शनिवार इलाका प्रहरी कार्यालय बनेपा पठाएको थियो । बलात्कारका आरोपी बिई योङ पार्क घटनापछि फरार छन् ।
No comments:
Post a Comment