सन्तोष पोखरेल, पोखरा, चैत २१- कास्कीको लेखनाथस्थित बेगनासतालमा यात्रुसहितको डुंगा पल्टिँदा तीनजना यात्रु बेपत्ता भएका छन् भने दुई बालिकाको ज्यान गएको छ। हावाहुरीका कारण आठजना यात्रुसहितको डुंगा बुधबार दिउँसो करिब चारबजे तालमा डुबेको थियो। बेपत्ता हुनेमा एक पुरुष र दुई महिला छन्।
कास्की प्रहरी प्रवक्ता रविन्द्र पौडेलकाअनुसार डुंगा डुब्दा पोखरा उपमहानगरपालिका-१० रामबजाारका २० वर्षिय प्रकाश गुरुङ, १९ वर्षीया शुष्मा गुरुङ र ३५ वर्षीया पुष्पा गुरुङ बेपत्ता भएका छन्। तालमा डुबेका मध्ये २ वर्षिया ईभिना गुरुङ र ३ वर्षीया अनुस्का गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पौडेलले जानकारी दिए। मृत्यु भएका बालिकाद्वय बेपत्ता रहेकी शुष्माका छोरी हुन्।

तालमा डुबेर बेपत्ता भएका तीनजनाको स्थानीयबासि र प्रहरीले खोजि गरिरहेका छन्। डुंगासँगै डुबेका पाँचजनालाई सुरुमा स्थानीयबासि र प्रहरीले जिवितै उद्धार गरेका थिए। पौडेलका अनुसार ९ वर्षिय कुमार गुरुङ, २० वर्षिय रिता गुरुङ, १३ वर्षिया सिम्रन गुरुङ र बालिकाद्वय ईभिना र अनुस्काको जिवितै उद्धार गरिएको थियो। ती मध्ये ईभिना र अनुस्काको पछि मृत्यु भएको थियो। अन्य तीनजनाको अवस्था सामान्य रहेको उनले बताए।
प्रहरी प्रवक्ता पौडेलका अनुसार जिवितै उद्धार भएकामध्ये कुमार गुरुङले मात्र 'लाईफज्याकेज' लगाएका थिए। उनले लगाएको लाईफज्याकेटमा समाएर रिता र सिम्रन तैरिरहेको अवस्थामा स्थानीयबासि र डुंगाव्यवसायीले उद्धार गरेका थिए। 'बालिकाद्वयको पनि उनीहरुको कपडाका कारण पानीमा तैरिरहेको अवस्थामा उद्धार गरिएको रहेछ' उनले भने, 'तर पछि ज्यान गयो।
१२ जनाको समुहमा उनीहरु पिकनिक गएका थिए। चारजना भने तालबाहिरै बसेका थिए भने अन्य ८ जना डुंगा खियाउँदै तालको मध्यभागसम्म पुगेका थिए। 'मध्यभागमा पुगेको बेला एक्कासी हावाहुरी सहितको भिषण वर्षा भएपछि डुंगाले सन्तुलन गुमाएपछि डुबेको रहेछ' उनले भने, 'लाईफज्याकेट नलगाउँदा यस्तो घटना हुन पुग्यो। लाईफज्याकेट लगाएका कारण तीनजनाको ज्यान बच्यो, सबैले लगाएको भए मानवीय क्षति हुने थिएन।'
बेपत्ताहरुको खोजिमा गएका डाँडाकोनाक चौकीका प्रहरी निरिक्षक विमल उपाध्यायका अनुसार अहिले पनि खोजि जारी रहेको छ। 'हुरीले गर्दा डुंगा पल्टिएको रहेछ, उनले भने, 'समयमै उद्धार भएकोले तीनजनाको ज्यान जोगियो।' बेगनासतालमा गतवर्षको यस्तै घटनामा तीनजनाले ज्यान गुमाउनुपरेको थियो।
लाइफज्याकेट नलगाउँदा खतरा
बेगनासमा मात्र होईन, पोखराको फेवातालमा पनि डुंगा डुब्ने घटना वर्षेनी दोहोरिने गरेका छन्। डुंगामा सयर गर्दा लाईफज्याकेट नलगाएकै कारण तालमा डुबेर वर्षेनी ५/६ जनाले ज्यान गुमाउने गरेको कास्कीका प्रहरी प्रवक्ता पौडेल बताउँछन्।
'तालमा डुबेर मात्र वर्षेनी ५/६ जनाले ज्यान गुमाउँछन्, वर्षेनी तालमा डुबेर मर्नेको संख्या बढिरहेको छ, यो सबै हेलचेक्राईका कारण हो' उनले भने। लाईफज्याकेट बिना डुंगा चढ्न नदिने हो भने तालमा डुबेर मानवीय क्षति नहुने उनले बताए। 'हामीले अबदेखि डुंगा चढ्दा लाईफज्याकेट नलगाई चढ्न नदिने नियम बनाउँदैछौ' उनले भने।
फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली पनि लाइफज्याकेट नलगाउँदाको परिणाम भएको बताउँछन्। 'तालमा जानेले सुरक्षाको लागि लाईफज्याकेट लगाउनुपर्ने हो' उनले भने, 'सबै सचेत हुने हो भने तालमा यस्ता घटना हुन पाउँदैनन।' फेवामा डुंगा चढ्दा ५ जनामात्र चढ्नुपर्ने भएपनि धेरैजना चढ्दा धान्न नसकेर डुब्ने गरेको उनले सुनाए। 'तालबाराही मन्दिरबाट फर्किदा मात्र हामीले ठुलो डुंगामा १० जना चढाउँछौ, नत्र पाँचजना भन्दा बढि चढ्न दिन्नौं' उनले भने।

No comments:
Post a Comment