नेपालका यौनकर्मी महिलाहरु हेर्न यहाँ किलिक गर्नुस
Written By Nepal no 1 news site on Tuesday, January 1, 2013 | 9:08 PM
यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको
अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको
अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको
देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका
यौनकर्मी महिलामा गरिएको थियो । यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २०
वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा
धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर
रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले
देखाएको छ । ‘परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्
अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी
यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् । यौनव्यवसायमा संलग्न
महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये
करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि
जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले
मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी
विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त
लोग्ने छाडेर बसेका छन् ।
१२ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ ।
करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ६८ प्रतिशत
विवाहित छन् । ३४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये
पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका
थिए । सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग
सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न
संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै,
अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि
संक्रमण पाइएको छ । करिब ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर
छन् । करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम
प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क
पाउने गरेका छन् । उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका
क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य
मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको
अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा
बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त
गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा
अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी
साधनबारे बताएका थिए । त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने
कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१
प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।
अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले
रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए । त्यस्तै,
सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न
यौनसमस्या रहेको बताएका थिए । ३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा
पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो
यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै
३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि
१९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छ

No comments:
Post a Comment