Total Pageviews

Saturday, April 13, 2013

यी सेलिब्रेटीहरु बन्धनमा बाँधिए

marrigeकाठमाडौ, चैत्र ३१ - विभिन्न क्षेत्रका चिरपरिचित अनुहारहरू अर्थात् सेलिब्रेटीका रूपमा चिनिएका व्यक्तिहरूको विवाह प्रसंग आममानिसका लागि कौतूहलको विषय बन्ने गरेको छ।
गएको वैशाख महिनामा विवाहका लागि एक दिन मात्र लगन भएकाले उक्त दिन वैवाहिक जीवनमा प्रवेश गर्नेहरू निकै थिए। तीमध्ये कुसुमे रुमाल टु का निर्देशक निरक पौडल पनि थिए। निरक आफ्नी प्रेमिका अनिशा थापासित वैवाहिक लगनगाँठोमा बाँधिए। त्यसै दिन संगीतकार एवं भजनशिरोमणि भक्तराज आचार्यका जेठा सुपुत्र गायक, संगीतकार एवं अभिनेता सत्यराज आचार्य पनि वैवाहिक जीवनमा प्रवेश गरे। उनले जावलाखेल निवासी अनिता थापासँग भक्तपुरको सूर्यविनायक मन्दिरमा वैदिक परम्परा अनुसार विवाह गरे।
यसै वर्ष वरिष्ठ कलाकार हरिवंश आचार्य तथा साहित्यकार कृष्ण धारावासीले पनि दोस्रो विवाह गरे। वरिष्ठ कलाकार हरिवंश आचार्यको बुटवलकी एकल महिला रमिला पाठकसँग सामान्य समारोहका बीच विवाह सम्पन्न भएको थियो। रमिलाले १० वर्षअघि श्रीमान् गुमाएपछि एकल जीवन बिताउँदै आएकी थिइन्। हरिवंशका दुई छोरा र रमिलाका एक छोरा छन्।
झन्डै डेढ वर्षअघि श्रीमती गुमाएका साहित्यकार कृष्ण धरावासीले पनि मञ्जु विमलीसँग  दोस्रो विवाह गरे। पहिलेका श्रीमान्सँग पारपाचुके गरेर बसेकी मञ्जु बेलायतमा डेन्टल नर्स अभ्यास गर्थिन्। मन्जुको पहिलेको श्रीमान्बाट एउटा छोरा छन् भने धराबासीका दुई जना छोरा छन्।
वैशाख महिनाको लगनको मौसममा उसु खेलाडीद्वय युवराज गुरुङ र विद्या गुरुङ पनि विवाह-बन्धनमा बाँधिए। एउटै कर्म र धर्मका यी सहयात्रीले छैटौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। वर्ष २०६९ को विवाह लगनको सदुपयोग गर्नेहरूमा ब्यामिन्टन खेलाडी दाजुभाइ विकास श्रेष्ठ र विवेक श्रेष्ठ पनि रहे। भोजपुरका विकासले भोजपुरका बालु प्रधानसँग विवाह गरे भने विवेक श्रेष्ठले मानेभन्ज्याङ गाविसकी रमिला तामाङसित वैवाहिक यात्रा प्रारम्भ गरे। नेपाली चलचित्रकी महिला निर्मात्री कृषा चौलागाईं पनि वर्ष २०६९ मै विवाह बन्धनमा बाँधिइन्। गएको माघे संक्रान्तिमा कृषाले चलचित्र क्षेत्रभन्दा बाहिरका पि्रतम लामिछानेसित परम्परागत विवाह गरेकी हुन्। यसै वर्ष नायिका युना उप्रेतीले पनि लगनगाँठो कसेकी छिन्। उनको विवाह अमेरिकामा सम्पन्न भएको थियो। अमेरिकाको टेक्सासमा बायोकेमेस्टि्रमा विद्यावरिधि गरिरहेका विकास अधिकारीसँग युनाले कोर्ट म्यारिज गरेकी हुन्। लामो समयदेखि अमेरिकामा रहँदै आएकी अभिनेत्री सारंगा श्रेष्ठले पनि यसै वर्ष पुनः विवाह गरेकी छिन्। आफ्नो पहिलो विवाह असफल भएपछि सारंगाले दोस्रो विवाह गरेकी हुन्। उनले आफूभन्दा दुई वर्ष कान्छा म्याग्दीका ३४ वषर्ीय रमेश कार्कीसित गत फेब्रुअरी महिना कोर्टम्यारिज गरेकी हुन्।
यो वर्ष पूर्व मिस नेपाल सुन्दरीहरूको विवाह प्रसंग उत्तिकै स्मरणीय रह्यो। यो वर्ष तीन जना पूर्व मिस नेपालहरू वैवाहिक जीवनमा प्रवेश गरे। वर्ष २००२ की मिस नेपाल माल्भिका सुब्बाले वर्षको प्रारम्भमै लगनगाँठो कसिन भने सुगरिका केसी र शीताष्मा चन्द वर्षको करिब अन्ततिर वैवाहिक जीवनमा प्रवेश गरे। माल्भिका सुब्बाले काठमाडौंका रियाज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन्। लिम्बु समुदायकी माल्भिका र नेवार समुदायका रियाजबीचको अन्तरजातीय विवाहमा दुवै विधि अपनाइएको थियो। गएको मंसिर महिनामा २००५ की मिस नेपाल सुगरिका केसीले भक्तपुरका सनत न्यौपानेसित लगनगाँठो कसिन्। २००७ की मिस नेपाल शीताष्मा चन्द गत फागुन महिनामा मिसेज बनेकी हुन्। उनको विवाह अस्ट्रेलियन नागरिक बेन्जामिन जकारी प्राइससित सम्पन्न भएको हो।
गत फागुन महिनामा कान्तिपुर टेलिभिजनमा 'हृवाट द फ्लप' शीर्षकको टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री पनि विवाह बन्धनमा बाँधिएका छन्। वीरगन्जका सन्दीपले नारायणघाट निवासी समीक्षा पोखरेलसँग परम्परागत रूपमा विवाह गरेका हुन्। यसैगरी नेपाल चलचित्र क्षेत्रकी एक मात्र महिला संगीतकार रेखा पौड्याल पनि वैवाहिक जीवनमा प्रवेश गरिन्। उनको महाराजगन्ज निवासी विशाल सेढाईसँग मागी विवाह भएको हो।


प्रकाशित मिति: २०६९ चैत्र ३१ ०३:३२

No comments:

Post a Comment