Total Pageviews

Thursday, April 4, 2013

भाउजुको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद


काँकडभिट्टा (झापा), फाल्गुन २१ - झापाको पाँचगाछीमा नौ महिनाअघि भाउजुको हत्या गरेको अभियोगमा जिल्ला अदालत झापाले राजकुमार श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
अभियुक्त श्रेष्ठले पाँचगाछी-७ की आफ्नै भाउजु ३२ वर्षीया हेमकुमारी श्रेष्ठलाई गत  असार १४ गते बिहान खेतमा गाई सार्न गएको बेला कोदालोले टाउको र शरीरका विभिन्न भागमा काटेर हत्या गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा त्यसबेला देवर राजकुमार श्रेष्ठ, जेठानी निर्मला श्रेष्ठ र जेठाजु डिल्ली श्रेष्ठलाई प्रहरीले पक्राउ गरी पुर्पक्षको लागि झापा कारागारमा थुनामा राखेको थियो ।
जिल्ला न्यायाधीश गोपालप्रसाद भट्टराईको इजलासले श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने जेठानी निर्मला र जेठाजु डिल्लीलाई सफाइ दिएको छ । रासस

प्रकाशित मिति: २०६९ फाल्गुन २१ ०२:१० 

No comments:

Post a Comment