Total Pageviews

Tuesday, April 2, 2013

पूर्व प्रधानमन्त्री भट्टराई पारसका 'फ्यान'

विनोद पाण्डे, काठमाडौं, चैत २१- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अघिल्लो दिन नै टि्वट गरेर नेपाल र युएईबीचको एसिसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल हेर्न जाने जानकारी गराएका थिए। त्यस अलावा उनले देशका नेताहरूले खेलकर्मीबाट सिक्नुपर्ने पनि अवगत गराए।


मंगलबार नेपालको खेलपूर्व नै भट्टराई कीर्तिपुर मैदान पुगिसकेका थिए। नेपाली टोलीका व्यवस्थापक सञ्जिव पाण्डेलाई शुभकामना दिँदै उनले अतिथि कक्षबाट खेल अवधिभर नेपाली टोलीको हौसला बढाइरहे। खेल सकिएपछि प्रमुख अतिथिको भूमिका निभाउँदै उनले पृथु बाँस्कोटा र प्रदीप ऐरीलाई संयुक्त म्यान अफ द म्याच प्रदान गरे।
फेरि टि्वटमार्फत फाइनलको शुभकामना दिँदै नेपालले सेमिफाइनल जितेको हेर्नु आफ्ना लागि ठूलो क्षण भएको बताए। नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा भट्टराईले आफू विदेशीमा भिभियन रिचर्डस (वेस्ट इन्डिज) र नेपाली खेलाडीमा कप्तान पारस खड्काको प्रशंसक रहेको बताए। उनले पछिल्लो समय आफू भारतका सचिन तेन्दुलकरको प्रशंसक रहेको र स्ट्रोक प्लेयरको खेलमा लोभिने गरेको बताए।
भारतको दिल्लीमा जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दादेखि नै क्रिकेटमा होमिएको भट्टराईले यसअघि नै बताउदै आएका थिए। क्रिकेटमा सम्भावना धेरै रहे पनि त्यो अनुसारको गर्न नसेकेको उनको बुझाई थियो। 'भौतिक पूर्वाधारमा हामीले ध्यान दिनैपर्छ। एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशालाको तत्काल खाँचो छ। काठमाडौंमा भएको दुई मैदानले मात्र पुग्दैन्,' भट्टराईले भने, 'प्रधानमन्त्री भएको समयमा मैले आफ्नो प्रयासलाई क्रिकेटबाट सक्दो प्रयास गरेको हुँ। यु-१९ महिला र नेपाली राष्ट्रिय टोलीलाई पुरस्कृत गरे। तर पुरक बजेट नआउदा जति सक्नु पर्ने हो त्यत्ति गर्न सकिन्।'
भट्टराईको प्रधानमन्त्री कार्यकालमा एसिसी यु-१९ महिला च्याम्पियन्सिप जितेको टोलीलाई नगद २ लाख र विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको नेपाली टोलीलाई जनही ३ लाख प्रदान गरिएको थियो। तर उनकै कार्यकालमा एसिसी ट्रफी इलिटको उपाधि जितेको नेपाली टोलीले अहिले सम्म सम्मान पाउन सकेका छैनन्। युएईमा जितेको एसिसी ट्रफी नेपालले जितेको अहिले सम्मकै सवैभन्दा ठुलो उपलब्धि हो।
विधार्थी छदा भट्टराई आफु वेस्ट इन्डिजको समर्थक रहेको र अहिले उपमहादीपका टोलीलाई समर्थन गर्ने गरेको बताए। फुर्सदको समयमा अहिले पनि आफु घरमा टेलिभिजनमा क्रिकेट हेर्ने गरेको बताए।

No comments:

Post a Comment