Total Pageviews

Thursday, April 4, 2013

बलात्कार आरोप लगाउनेलाई ५ बर्ष कैद

rape victim

रसुवा, चैत्र १६ - जबर्जस्ती करणी गरेको मुद्दामा उजुरीकर्ताले नै जेल सजाय पाएका छन् । रसुवा अदालतले जाहेरी दिनेलाई नै सजाय सुनाएको यो पहिलो भएको अदालतले जनायो । अदालतले जबर्जस्ती करणी मुद्दामा झूटो विवरण दिएको अभियोगमा बुधबार जाहेरीवालालाई सजाय सुनाएको हो । उजुरीवालाले लहरेपौवा ५ बस्ने ३३ वर्षीय किशोर थापामगर र नुवाकोट मनकामना ९ का ३० वर्षीय महेन्द्र तामाङलाई गत माघ ८ गते जबर्जस्ती करणी गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेका थिए ।
 'फैसलामा जाहेरवाला झूटा उजुरी गरेको ठहरियो । निजलाई ५ वर्ष कैद सजाय भएको छ,' अदालतका सेस्तेदार भोजराज रेग्मीले भने, 'प्रतिवादीलाई १२ वर्ष कैद पाऊँ भनी सजाय माग वादी (जाहेरवाला) ले गरेका थिए ।' अदालतले जाहेरवालालाई दण्ड सजायको १८ नम्बरअनुसार त्यति धेरै सजाय माग भएको तर उजुरी सत्य नठहरिएकाले जाहेरवालालाई ५ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।
जिल्ला न्यायाधीश चित्रदेव जोशीको इजालसले झूटो मुद्दा दिनेलाई व्यक्तिलाई दण्डसजाय भएको फैसला सुनाएको स्रेस्तेदार रेग्मीले बताए । जबर्जस्ती करणी गरिएको भनिएको सुस्तमनस्थिति भएको अदालतले जनायो । अभियोग लगाइएकाहरूलाई सबै प्रमाण हेर्दा दोषी देखिएन र उल्टै जाहेरीवाला परेको श्रेस्तेदार रेग्मीले बताए । २०६९ पुस १२ गते ठूलोगाउँ ९ केउरापानी खेतमा घाँस काट्न गएको अवस्थामा जबर्जस्ती करणी गर्न खोजेको अभियोग थापामगर र तामाङलाई लगाइएको थियो ।
प्रकाशित मिति: २०६९ चैत्र १६ १२:२१ 

No comments:

Post a Comment