Total Pageviews

Friday, April 12, 2013

अमेरिकाले भन्यो,'नयाँ बर्षको शुभकामना'

john kerryकाठमाडौ, चैत्र ३० - अमेरिकी बिदेशमन्त्री जोन केरीले बिज्ञप्ती जारी गर्दै नेपाली नयाँ बर्षको अवसरमा शुभकामना दिएका छन् ।
'नयाँ बर्षले सफल चुनाव र संबिधान दिने विश्वास लिएका छौं', बिदेशमन्त्री केरीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,'नयाँ बर्ष पनि नेपाली जनतासँग बलियो सम्बन्ध कायम रहनेमा विश्वस्त छौं ।'
'राष्ट्रपति बाराक ओमाबा र सम्पूर्ण अमेरिकी जनताको तर्फबाट नेपाली जनतामा नयाँ बर्षको शुभकामना दिन चाहन्छु', बिज्ञप्तीमा भनिएको छ,'यो नेपालीहरुको राष्ट्रिय एकता मनाउने अवसर पनि हो ।'
'नयाँ बर्षको शुभाकमना', बिज्ञप्तीको अन्त्यमा भनिएको छ ।

No comments:

Post a Comment