मुम्बई, चैत १९ (एजेन्सी)- बलिउड अभिनेता आमिर खानले राम्रो स्क्रप्ट पाए सलमान खानसँग फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन्। उनीहरु यसअघि चर्चित कमेडी फिल्म 'अन्दाज अपना अपना'मा सँगै देखिएका थिए।
उक्त फिल्म आफूलाई एकदमै मनपरेको मध्येमा पर्ने चर्चा गर्दै आमिरले भने, 'सहकार्यका लागि सलमान उपयुक्त व्यक्ति हुन्।' आमिरले 'तलाश' फिल्मको कन्टेस्टका विजेतालाई पुरस्कृत गर्ने कार्यक्रममा शनिबार उक्त कुरा बताएका हुन्।
हाल उनी राजकुमार हिरानीको फिल्म 'पिके'को सुटिङमा व्यस्त छन्। क्रिसमसमा रिलिज हुने फिल्म 'धुम ३'मा पनि उनलाई देख्न सकिनेछ। चर्चित टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को दोस्रो संस्करणको निर्माणमा पनि आमिर व्यस्त छन्।
कस्तो फिल्म खेल्न चाहने भन्ने विषयमा आफूले पहिल्यै निर्णय नगर्ने उनले उल्लेख गरे। 'पहिला स्त्रि्कप्ट हेर्छु, यदि त्यसमा केही खास पाएँ भने बल्ल बिचार गर्छु,' उनले भने। 'थ्री इडियट्स', 'तारे जमिन पर'जस्ता सुपरहिट फिल्म दिएका आमिरले आफ्नो सफलतामा कुनै रहस्य नलुकेको खुलाए। 'थ्री इडियट्स'को सिक्वेलको बारेमा कुनै तयारी नगरेको पनि उनले प्रष्ट पारे, 'अहिले म पिकेको काममा व्यस्त छु, त्यसभन्दा बढी केही सोचेको छैन।'
No comments:
Post a Comment