Total Pageviews

Wednesday, April 3, 2013

चीनमा प्रहरीको जागिर खतरनाक

चीनमा पछिल्लो समय प्रहरीको जागिर सबैभन्दा खतरनाक बन्दै गएको छ ।


चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको प्रतिवेदनमा अनुसार ५ वर्ष यता चीनमा हरेक दिन औसतमा एक जना प्रहरी अधिकारीको ज्यान जाने र ९ जना घाइते हुने गरेकाले प्रहरीको जागिर खतरनाक बन्दै गएको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार पछिल्लो पाँच वर्षमा कुल २ हजार २ सय ४ जना प्रहरी अधिकारीको ड्यूटीका बेला ज्यान गएको छ भने १६ हजार ८ सय जना घाईते भएका छन् । यो मध्ये झण्डै ५० प्रतिशत मृत्यू मुटुसंग सम्बन्धित समस्याका कारण हुने गरेको छ ।
शारीरिक तथा भावनात्मक तनावका कारण हृदयाघात जस्ता समस्या देखा पर्ने र कार्यरत अवस्थामै ज्यान जाने गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । घाइते हुनुको मुख्य कारण भने आक्रमण रहेको प्रतिवेदनमा लेखिएको छ । ५ हजार ४ सय ५० जना प्रहरी अधिकारी ड्यूटीकै बेला आक्रमणमा परी घाइते भएका छन् ।

No comments:

Post a Comment