कम्पनीले विदेशमा निर्यात गर्न 'नाउ अथेन्टिक' र स्वदेशी बजारमा बेच्न 'नाउ प्रिमियम' गरी दुई ब्रान्डबाट उत्पादन थालेको हो। नेपाली बजारमा पनि उपलब्ध अथेन्टिक ब्रान्डको एउटा पाइन्टलाई ७ हजार ५ सय र प्रिमियमलाई २ हजार ५ सय रुपैयाँ पर्छ।
कम्पनीका प्रबन्ध निर्देशक अजित कार्कीका अनुसार अथेन्टिक पाइन्ट जापानी हातबुना तानको कपडाबाट सिलाइन्छ भने प्रिमियम मेसिनबाट बनेका जिन्सबाट उत्पादन गरिन्छ। विदेशमा अथेन्टिकको बजार राम्रो देखेको उनले बताए।
'हामी अन्तर्राष्ट्रिय बजारमा अरुले भन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान आपूर्ति गर्न सक्छौंं,' कार्कीले भने, 'विदेशमा भन्दा नेपालमा कामदारको ज्याला सस्तो भएकाले यो सम्भव भएको हो।'
कम्पनीले कटन, डेनिमलगायत फ्रेब्रिक जापानबाट, पित्तलका टाँक चीनबाट र धागो जर्मनीबाट झिकाएको छ। भित्री पकेटमा नेपाली हाते तानका कपडा प्रयोग गरिएको छ।
कम्पनीले काठमाडौं, ललितपुर, बुटवल र पोखराका केही पसलमा प्रिमियम पाइन्ट पठाइसकेको छ। अथेन्टिक दरबारमार्गका दुई र कुपन्डोलको एउटा पसलमा मात्र उपलब्ध छ।
क्यानडाको क्यालगरीमा अवस्थित 'जी ब्रदर इन्क' कम्पनीसँग साझेदारीमा यहाँ सामान उत्पादन गरिएको हो। उताको कम्पनी चन्द्रमान गुरुङले सम्हाल्दै आएका छन्। चन्द्रमान, अजित, पंकज श्रेष्ठ, हितमान गुरुङ र प्रमोद श्रेष्ठ मिलेर दुवै कम्पनी खोलेका हुन्। प्रमोदबाहेक चारजना पोखराका हुन्।
काठमाडौंमा २०६८ जेठमा कम्पनी दर्ता गरिएको हो। कोरियामा बीस वर्ष बसेका पंकजले १५ वर्ष जिन्स कारखानामा काम गरेका थिए। त्यही अनुभवले उद्योग सुरु गरिएको उनी बताउँछन्।
कम्पनीले उत्पादनको पहिलो खेप छिट्टै अमेरिका पठाउँदैछ। उनीहरु क्यानडामा आउटलेट खोल्ने तयारीमा छन्। कार्कीका अनुसार त्यसमा लगानी गर्न क्यानेडेली बैंक तयार भइसकेको छ।
कम्पनीमा अहिले ८ कर्मचारी र ४ साझेदारसहित १२ जना काम गर्छन्। हालसम्म एक करोड ६० लाख रुपैयाँ लगानी भइसकेको कार्कीले बताए। नेपाली ब्रान्ड पनि राम्रो हुन्छ भन्ने देखाउन जिन्स कपडामा हात हालेका हौं, लगानीकर्ता मध्येका एक कार्कीले भने। उनले नेपालमा बनेका सामान राम्रो हुँदैन भन्ने मानसिकता तोड्न चाहेको बताउँदै भने, 'हाम्रा उत्पादन अन्तर्राष्ट्रिय गुणस्तरका छन्।'
पहिलो चरणमा नेपाली ब्रान्ड स्थापित गर्ने कसरतमा लागेका यी युवा दोस्रो चरणमा स्वदेशमै जिन्स कपडा कारखाना खोल्ने धुनमा छन्। 'हामी भविष्यमा जिन्स कपडा उत्पादन गर्नेछौं,' कार्की भन्छन्, 'वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई काम गर्ने प्लेटफर्म बनाउनेछौं।'

No comments:
Post a Comment