Total Pageviews

Sunday, April 28, 2013

नितम्बले मालामाल : ६ महिनामा २८ हजार डलर

एक अमेरिकी महिलाले आफ्नो नितम्ब विश्वका अरु महिलाको भन्दा ठूलो भएको दाबी गरेकी छिन् ।
४२ वर्षकी बार्बीले आफु विश्वमा सबैभन्दा ठूलो नितम्बधारी महिला भएको दाबी प्रस्तुत गर्दै आफुले नितम्बकै कारण पछिल्लो ६ महिनामा २८ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएकी छिन् । नितम्बमा खाजाको थाल लगायतका विभिन्न वस्तु अठ्याउने कला देखाएर आफुले यत्रो रकम कमाएको उनको भनाइ छ ।
1
यी महिलाको नितम्ब र सबै सरीरको आकार निके ठूलो भएकाले नै यिनले बार्बी खेलौनाले जस्तो लुगा लगाउँछिन् ।
2

महिलाले सुँघेरै थाहा पाउँछन् पुरुषको यौन क्षमता


कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।
woman-smells-man
अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

दयालु बाउ : आफु नांगिएर छोराको उपचार


दयालु बाउ : आफु नांगिएर छोराको उपचार

आफ्ना सन्तानको माया कति हुन्छ भन्ने कुरा त बाउआमालाई मात्रै थाहा हुन्छ । यहीँ कुराको उदाहरण चीनका एक पिताले पनि पेश गरेका छन् । आफ्ना छोराको उपचारका लागि रकम जुटाउन चीनका एक पुरुष नांगिएका छन् ।
5313_nude_model__europics
समाचार अनुसार चीनको एक स्कुलका चित्रकलाका विद्यार्थी सामु ती पुरुष नांगिएका हुन् र उनको नांगो चित्र ती विद्यार्थीले रङले कोरेका थिए ।
आफ्ना छोरा गम्भीर रोगले थलिएपछि त्यसको उपचार गर्न आफुसँग पैसा नभएको हुँदा ४७ वर्षका जाहो चेनगेयोंग निर्वस्त्र बन्न तयार भए । बोनम्यारोमा रोग लागेपछि छोराकेा उपचार गर्न २० लाख रुपैयाँ भन्दा बढि रकम चाहिने भयो । बिचरा किसानी गर्ने जाहोसँग त्यतिधेरै पैसा थिएन । जसका कारण उनी कलाकारका अगाडि आफुलाई निर्वस्त्र बनाउन तयार भए र त्यसबापत घण्टाको झण्डै १५ सय रुपैयाँका दरले केही रकम जम्मा गर्न सफल पनि भए ।
पटक पटक कलाकार विद्यार्थीहरुको अगाडि आफुलाई नांगो बनाएर उनले आफ्नो नग्न चित्र कोर्न दिए । कलाकारिताका विद्यार्थीहरु आफुलाई निकै मन परेको र उनीहरु आफ्नो नांगो सरीर देख्दा नहाँसिकन निकै गम्भीर बनेर चित्र कोरेको उनको अनुभव छ । आफ्नो घरजग्गा बेचेर जम्मा गरेको रकममा आफु नांगिएर जम्मा गरेको रकम थपेर २२ वर्षको छोराको उपचार गराउने तयारीमा उनी छन् । धन्य छ यी दयालु बुवालाई ।

ह्याण्डसम भएकाले देश निकाला हुने यिनै हुन् ? (फोटोफिचर सहित)


ह्याण्डसम भएकाले देश निकाला हुने यिनै हुन् ? (फोटोफिचर सहित)

बढि सुन्दर भएको आरोपमा युएइका तिन जना युवालाई साउदी अरेबियाबाट देश निकाला गरिएको खबरले केही समयअघि सनसनी नै मच्चाएको थियो । आखिर बढि सुन्दर भएकाले साउदी युवती लहसिने डरले देश निकालामा परेका ती युवाहरु को होलान् र उनीहरु कति सुन्दर होलान् भन्ने जिज्ञासा सबैमा रह्यो । यहीँ जिज्ञासाको उत्तर खोज्ने क्रममा विभिन्न खाले अनुमान भैरहेका छन् । अनुमानकै भरमा निकालामा पर्ने तिन युवामध्ये एक जना अहिले चर्चामा आएका छन् ।
1
समाचार अनुसार साउदी अरेबियाबाट बढि सुन्दर भएको आरोपमा घर फर्काइएका मध्ये एक हुन् दुबइका फोटोग्राफर ओमार बोर्कान अल गाला । यद्यपि यो अपुष्ट कुरा हो । तर धेरैले अनुमान गरेका पात्र उनै हुन् । सोही कारण ओमारको फेसबुकमा धेरैले यहीँ समाचारको लिंक पोष्ट गरिदिएका छन् । साँच्ची उनी निकै सुन्दर छन् । त्यसैले अनुमान लगाउनु पनि गलत होइन । हेरौँ यी सुन्दर कस्ता छन् ।
2 3

वजन घटाउन दिनभर सम्भोग, आँखाका गेडा फुत्तै बाहिर (फोटो फिचरसहित)

एक यस्ती महिला जो आफ्नो सरीरको वजन घटाउन आफ्ना भुपु लोग्नेसँग दिनभर सेक्स गर्छिन् । एक केटी जसको अनुहारभरी रौँ छन् तरपनि खुसी छिन् । एक सिकर्मी जसले हातले होइन खुट्टाले काम गर्छन् र जिविका चलाउँछन् अनि एक यस्ती महिला जसले आफ्ना आँखाका गेडा फुत्तै बाहिर निकाल्छिन् । साँच्ची यस्ता अनौठा मानव प्राणी विश्वमा धेरै छन् । हामीले यहाँ केही त्यस्तै अनौठा मानवीय पात्रहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौ :
b-1
अमेरिकाको क्यालिफोर्नियाकी पाउलिन पोटरको वजन ६४३ पाउण्ड छ । जसका कारण उनले विश्वमा सबैभन्दा वजनदार महिलाको रुपमा गिनिज बुकमै नाम लेखाएकी छिन् । यद्यपि यी महिलाले हाल वजन घटाउन अनौठो तरिका अपनाएकी छिन् । उनले आफ्ना भुपु लोग्नेसँग लगातार सेक्स गरेर वजन घटाउँदैछिन् र उनको वजन केही कम समेत हुँदै गएको छ । उनीहरुले दिनमा ७ पटकसम्म सेक्स गर्दा रहेछन् ।
b2
b3
अमेरिकाको एटलान्टिक सिटीमा बस्ने जेलिसा थम्पसन आँखाका गेडा निकाल्न बाहिर छिन् । उनले आँखाका गेडा डरलाग्दो गरी बाहिर देखाउँछिन् ।
b7
इथियोपियामा एकजना यस्ता सिकर्मी छन् जसले हातले होइन खुट्टाले काम गर्छन् । ४२ वर्षका सिनटायेशु टिशेलले खुट्टामै हथौडा अठ्याएर काठमा किला ठोक्छन् । जन्मजात पोलियोका कारण उनका दुइ हात सुकेका छन् । उनका खुट्टा पनि असामान्य नै छन् ।
b8     
भारतकी एक महिलाका दुइवटा पाठेघर छन् । गएको वर्ष २८ वर्षकी यी रिंकु देवीले जुम्ल्याहा बच्चा जन्माइन् । मुजप्फर जिल्लाकी यी महिलाले आफ्नो पेटमा भई दुइ अलगअलग पाठेघरमा जुम्ल्याहा छोरा हुर्काएर जुम्ल्याहा पाएकी हुन् । दुइ वटा पाठेघर हुनु निकै दुर्लभ घटना हो ।
b12
सुपात्रा सासुफेन नामकी यी किशोरीको अनुहारभरि टाउकोमा जस्तै रौँ पलाएका छन् । हेर्दा यिनी कुरुप छिन् तर अनुहारकै रौँ का कारण गिनिज बुकमा नाम लेखिएपछि निकै खुसी छिन् । थाइल्याण्डकी यी १२ वर्षे किशोरी ब्वासेँ केटीका नामले पनि चर्चित छिन् ।
 b 13
b14
b15
b16

चियामा मुलुक अत्मनिर्भर, निर्यात सवा १ खर्ब पुग्यो

१५ बैशाख, काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरि राष्ट्रिय चिया दिवस मनाईंदै छ । मुलुकभर चिया खेतीको विस्तार गरि किसान तथा उद्यमी-व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारले २०५४ सालदेखि बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ ।
विभिन्न जिल्लाहरुमा चिया खेती विस्तार हुन थालेपछि पछिल्लो समय नेपाल चियामा आत्मनिर्भर बनिसकेको छ । चिया नगदेवाली भएको हुँदा चिया खेतीमा कृषकहरुको आकर्षण समेत बढ्दै गएको छ । इलाम, झापा, पाँचथर र तेह्रथुममा व्यवसायिक रुपमा गरिदै आएको चिया खेती पछिल्लो समय अन्य जिल्लाहरुमा समेत विस्तार भएको छ ।
नेपाली चियाको स्वदेशमा मात्र नभएर विदेशमा समेत उच्च माग रहेको छ । विदेशहरुले नेपाली चिया अत्यन्त धेरै मन पराउने हुँदा यसको निर्यात सम्भवना प्रशस्त रहेको छ । नेपालबाट निर्यात हुने वस्तुहरुमा चिया अग्र पंक्तिमा आउँछ ।
प्रत्येक वर्ष नेपाली चियाको निर्यात बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । नेपाल आयात तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । गत आवको सोही अवधिमा ९१ करोड ११ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

तीन वर्षअघि हराएकी छोरी खोज्दै अमेरिकी दम्पत्ति नेपालमा

'पत्ता लगाइदिनेलाई २२ लाख इनाम'


१५ बैशाख, काठमाडौं । आमाबाबुको माया आफ्ना सन्तानप्रति कति हुन्छ भन्ने कुरा एक अमेरिकी दम्पत्तिले देखाएका छन् । अमेरिकी दम्पत्ति पाउल साक्को र कोनी साक्कोले तीन वर्ष अगाडि पदयात्राको क्रममा हराएकी छोरीको मृत शरिर भएपनि भेटिन्छ कि भनेर नेपाल धाइरहेका छन् ।
aubreyओब्रे कारोलाइन साक्को सन् २०१० अपि्रल २२ मा लाङटाङ पदयात्राको क्रममा हराएकी थिईन् । उनको अहिलेसम्म न त सास भेटिएको छ न त लाश नै । उनका बुवा आमा छोरीको खोजी गर्दै वर्षेनी नेपाल धाइरहेका छन् । बावु-आमाले अहिलेसम्म छोरी भेटिन्छे कि भन्ने आशा मार्न सकेका छैनन् । उनीहरुले पटक-पटक पत्रकार सम्मेलन गरेर छोरीको खोजी गरेर मर्दो जिउँदै पत्ता लगाईदिन नेपाल सरकारसमक्ष हार-गुहार गरिहेका छन् ।
बावु-आमाले छोरीको अवस्था पत्ता लगाउनेलाई २५ हजार अमेरिकी डलर अर्थात २२ लाख नेपाली रुपैयाँ दिन घोषणा गरिसकेको छ । नेपाल सरकारले छोरी खोजिदिने कार्यमा ढिला-चुस्ती गरेको हो कि भन्ने उनीहरुले शंका गरेका छन् । यहि कुरामा नेपाल सरकारलाई झकझकाउन उनीहरुले गत हप्ता काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए । नेपाल सरकारले भने मृतक पर्यटक साक्कोको खोजी कार्य जारि राखेको बताउँदै आएको छ ।
‘मृतक साक्को सन् २०१० अपि्रल २२ तरिखमा लाङटाङको लामा होटेलमा पिज्जा र कोक खाएर निस्केको थाहा हुन आएको छ’ नेपाल ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले अनलाइनखबरसँग कुराकानी गर्दै भन्नुभयो- ‘त्यसपछि उनी कहाँ गइन, कहाँ छिन, उनको अवस्था कस्तो छ भनेर पत्ता लाग्न सकेको छैन् ।’

यही हो १० बर्षीय बालिका बलात्कार गरेर भाग्ने

१५ बैशाख, राजविराज ।
सप्तरीको कञ्चनपुरमा १० बर्षिय बालिकालाई बलात्कार गरी फरार रहेका अहेव हरेन्द्र देवलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर गाविस-९ स्थित आफ्नै किराना पसलमा नौ वर्षीया नाबालिकालाई बलात्कार गरेर फरार देवलाई भारतीय प्रहरीको सहयोगमा सप्तरी प्रहरीले गएराति पक्राउ गरेको हो ।

किराना पसलमा शनिबार बिहान सामान कित्र पुगेकी नाबालिकालाई बलात्कार गरी उनी फरार भएका थिए । उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत अहेव देवले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारका सदस्यले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।

पीडित बालिकाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा समेत बलात्कार भएको भेटिएको प्रहरीले बताएको छ । बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य छ ।

Saturday, April 27, 2013

जग्गेबाटै चोरियो लगनगाँठो

१५ वैशाख, काठमाण्डौं । विवाहमण्डपमा हर्षोल्लास छ । छेउमा बाजाको तालमा नाच चलिरहेको छ । जन्ती लोकन्ती आ आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन् । दुलाहा दुलहीलाई छेड हान्दै मण्डपको माहोल तलाउनेको कमी छैन । सबै आ आफ्नै सुरमा छन् ।
मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेका छन् ) को सक्रियता हेर्न लायक छ । अग्लो ख्याउटे अनुहार, क्याप लगाएको दुबै पक्षलाई सहयोग गरिरहेको छ । यसो गर्नुस्, यसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ । यतिकैमा खाने समय भयो, सबै भोदभत्तेर खान खुवाउन व्यस्त भए ।
- -
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो । दुलाहा दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो । पुरोहितले विवाह सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातोर जग्गे परिक्रमा गर्न दुलाहा दुलहीलाई अह्राए ।
लौ बर्वाद ! अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन कसले, कहाँ लग्यो ? हल्लीखल्ली भयो, तर भेटिएन । अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन् ।
लगनगाँठो त उनैले टप्काएर भागेछन् । प्रहरी बोलाइयो । केहीबेरमै प्रहरी आएर निरीक्षण गरे । लगनगाँठो चोरिको ती अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएको चोर नै भएको खूल्यो । पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे ।
चलचित्रको दृश्यझै यो घटना सामाखुसीस्थित एबी पार्टी प्यालेसमा शुक्रबार भएको विवाहको हो । प्रहरीलाई खबर गर्नै र आफन्तले समेत वरपर खोजी गरे पनि चाृेर भेटिएन । विवाहमण्डपमा फोटो र भिडियो खिज्नेहरुले पनि उनलाई नजिकको मान्छे ठानेर ती व्यक्तिलाई फोकस गरेको बताए । हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो । पत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा एक डेढ घण्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन् ।
आफन्तका अनुसार ती व्यक्तिले जग्गेका विभिन्न ठाउँमा कति पैसा राख्ने भन्नेसमेत बारम्बार सल्लाहदिए । उनले सुरुमै दुलहीकी आमालाई ‘विदेश बस्ने ज्वाई, इज्जत सवाल हो’ भन्दै लगनगाँठोमा कम्तीमा १४-१५ हजार राख्न सुझाव दिएका थिए । दुलही पक्षका अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो । लगनगाँठोमा दुलाहा पक्षले कम्तीमा दुलही पक्षले राखेजति रकम राख्नै पर्छ ।
दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती व्यक्तिले दुलाहा र दुलहीलाई लगनगाँठो कस्न लगाएका थिए । त्यसपछि उनले अरु खाना खान गएको मौका छोपी ट्याक्सी चढेर भागेको स्थानीयलाई उदृत गर्दै नागरिक दैनिकले खबर छापेको छ ।
यता प्रहरीले भने लिखित उजुरी नआएको बताएको छ । भिडियोसहित लिखित उजुरी आए तत्काल खोज्न सकिने सामाखुसीस्थित तिलिङटार प्रहरी प्रभागका सइ आदित्य सिंहले बताए ।

ब्लू फिल्म नराम्रो, धार्मिक फिल्म राम्रो भन्ने हुँदैन

नेपाली सिने नगरीमा नयाँ कलाकारहरुको आगमन भइरहेको छ । यही भिडमा चलचित्र अन्तराल मार्फत नव नायिका आशिष्मा नकर्मी पनि उदाउँदै छिन् । ‘अन्तराल’ पश्चात ‘सिक्स फिट लाइफ’ र ‘तोरी लाहुरे’मा अभिनय गरिसकेकी अशिष्मा म्युजिक भिडियोमा पनि जमिरहेकी छिन् । उनै नव नायिका नकर्मीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानीःतपाइको नामको अर्थ ?
मेरो नामको अर्थ रोचक छ । मेरो मम्मी नायिका करिश्मा मानन्धरको खुबै फ्यान हुनुहुन्थ्यो । उहाँको नाम आशा हो । यसैले मेरो नाम करिश्मा दिदी र मम्मीको नाम जोडेर आशिष्मा राखिएको हो ।
सिनेमा नगरी रुचि मात्र कि भबिष्य पनि हो ?
मेरो लागि दुबै हो । जे कुरामा रुचि हुदैन त्यहाँ भविष्य पनि हुँदैन भन्ने लाग्छ ।
कस्तो लाग्दैछ तपाइंलाई सिनेमा नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई त । यहाँ ८४ व्यञ्जन नै छ । पिरो, अमिलो, तितो, मिठो, गुलियो सबै खालको छ । तर मलाई मेरो लक्ष्य र भिजन थाहा छ ।
के हो तपाइको भिजन र लक्ष्य ?
सुरुवातमा मैले बुबाको अगाडी रोएर भिडियो खेलेको थिएँ । यसपश्चात म नेवारी सिनेमामा खुबै जमे । मलाई लागेको थिएन कि म त्यती चाँडै नेवारी सिनेमामा जम्छु । तर अब नेपाली सिनेमामा जम्ने कोसीसमा छु र मलाई थाहा छ म पक्कै सफल हुनेछु ।
तपाइको रोजाइमा म्युजिक भिडियो कि फिल्म ?
कलाकार भएपछि भूमिकाको बिषयमा बार्गेनिङ गर्नु हुन्छ भन्ने मलाई लाग्दैन । मलाई दुबै मनपर्छ ।
पछिल्लो समयमा सिनेमा नगरीमा बढेको अश्लिततालाई कसरी हेर्नुहुन्छ ?
हुनत यहाँ कथाले मागे अनुसार भन्दै सबै देखाउँछन् । तर मलाई यस्तो कुरा खासै मनपर्दैन । हुनत, ब्लू फिल्म नराम्रो धार्मिक फिल्म मात्र राम्रो भन्ने हुँदैन । दुबै फिल्मका दर्शक फरक- फरक हुन्छन् ।
तपाई भने यस्तो बिषयमा कत्तिको खुल्नुहुन्छ त ?
म सिनेमा नगरीमा जम्ने कोशिशमा छु । यसैले सुरुवातमै दर्शकको नजरमा यस्तो खालको छाप छोड्न चाहन्न । तर सिनेमाको बिषय र त्यसलाई प्रस्तुत गर्ने शैलीमा फरक पर्छ । म ‘द डर्टि पिक्चर्स’ जस्तो सिनेमा गर्न चाहन्छु ।
तपाइले अभिनय गरेको चलचित्र अन्तराल जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ, सिनेमाले के कुरा प्रस्तुत गर्दैछ ?
चलचित्र युवाहरुको कथा र सपना हो । चलचित्रमा म एक साधारण युवतीको भुमिकामा छु । धनी बाउको छोरी भएर पनि अरुको निर्भरता नचाहने युवतीको भुमिका मैले निर्वाहा गरेको छु ।
तपाइलाई नेपाली सिनेमाको कुन नायकले खुबै आकर्षण गर्छन् ?
जीवन लुइटेल र आर्यन सिग्देलको लुक्स साह्रै मनपर्छ । तर काम गराइको हिसाबले गजित बिष्ट र सुभाष थापा राम्रो लाग्यो ।
तपाई आफुलाई आफु कस्तो लाग्छ ?
म एकदमै साधारण छु । सकारात्मक कुरा मात्र सोच्छु ।तपाई कस्तो खालको सिनेमा खेल्न चाहनुहुन्छ ?
म सिनेमा नगरीप्रति युवापुस्तालाई आकर्षण गर्ने खालका सिनेमा खेल्न रुचाउँछु । मैले खेलेको सिनेमाले युवालाई डाक्टर, इन्जिनियर मात्र होइन छायांकार, संगीतकार, नायक, नायिका, निर्देशक पनि बन्न प्रेरणा मिलोस् ।
 तपाइलाई कुन पुरुष साह्रै कामुक लाग्छ र उसले तपाइलाई सेक्स आकर्षण गर्छ ?
मलाई हलिउड नायक रक खुबै कामुक लाग्छ । यसको शरीर साह्रै सेक्सी छ ।
कुन पुरुषसँग चुम्बन गर्न मन लागेको छ ?
हलिउड नायक लिओनार्दोलाई पर्दामा देख्दा नै चुम्बन गरुँ-गरुँ लाग्छ । उसको लुक्सले भुतुक्कै बनाउँछ ।
 आफ्नो शरीरमा कुन अंग सेक्सी लाग्छ ?
सबैले आँखा सेक्सी छ भन्छन् ।
 कस्तो पहिरन लगाउन मन लाग्छ ?
वन पिस पहिरनमा म सेक्सी र कामुक देखिन्छु ।
 कुन खानेकुरा मिठो पकाउनुहुन्छ ?
चिकेन साह्रै मिठो पकाउँछु ।
प्रेममा कतिपटक पर्नुभयो त ?
जीवनमा २ पटक प्रेम गरेँ । पहिलो पटक ११ मा पढ्दा एक युवकसँग प्रेम परेको थियो । हाम्रो प्रेम ६ बर्ष चल्यो । अहिले एक युवकलाई खुबै मनपराउँछु । तर उसलाई भन्न सकेको छैन । आफ्नो करिअर अगाडी बढेकाले पनि मनको कुरा मनमै राखेकी छु ।
सिनेमा कत्तिको हेर्नुहुन्छ ?
म नेपाली, बलिउड, हलिउड, स्प्यानिस, कोरियन, जापानीज सबै खालका सिनेमा हेर्छु । कोरियन मुभि हेरेर त मैले यो भाषा बोल्न पनि थालेको छु ।
पहिलो पटक ब्लू फिल्म चै कहिले हेर्नुभयो त ?
हा.हा.हा. हेरेको छु केही पटक । विशेषगरी नेपाली सिनेमाका नायिकाहरुको भिडियो बाहिर आउँदा हेर्ने उत्सुकता जागेर हेरेकी थिएँ ।
कहिलेसम्म सिनेमा खेल्ने योजना छ त ?
मलाई दर्शकले जहिलेसम्म रुचाउनुहुन्छ, म त्यतिबेला सम्म नै सिनेमा खेल्छु ।
कहिलेकाही सिनेमा नगरीमा आउने नराम्रा खबरले यो क्षेत्रमा किन आए जस्तो लाग्दैन ?
मुख्यताय हरेक कुरामा आफु राम्रो हुनुपर्छ । यस्ता खालका खबरले हामीलाई अझ बोल्ड बनाउँछ ।

बाहिर चियापसल, भित्र यौनधन्दा

sex१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ ।
प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले दुईसाताअघि छापा हानी गोप्य यौनधन्दाको पर्दाफास गरेको हो ।
‘ग्राहक बाहिर चिया खाएर लाइनमा बस्दा रहेछन्,’ सोह्रखुट्टे प्रभाग प्रमुख इन्स्पेक्टर कवित कटवालले भने, ‘प्रहरीले सुइको नपाओस भनेर यसरी चियापसलको आवरणमा अवैध धन्दा हुने गरेको खुलेको नयाँ पत्रिकामा खबर छ ।
अस्पतालमा पनि यौन धन्दा
चियापसलमा मात्र नभई अस्पतालमा समेत यौनधन्दा हुने गरेको प्रहरीको भनाई छ । ठमेलको ज्याठास्थित एक चिनियाँ अस्पतालबाट केही समयअघि यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । सो अस्पताल अहिले पनि प्रहरीको निगरानीमा रहेको इन्स्पेक्टर कटवालले बताए ।
बाहिर ताल्चा लगाएर धन्दा
ठमेलको नर्सिङकोच भित्र रहेको झझल्को रेस्टुरेन्टमा शुक्रबार बेलुका प्रहरी पुग्दा रेस्टुरेन्टको कोठामा बाहिरबाट ताला लगाइएको थियो । तर, कोठाभित्र बत्ती बलिरहेकेा थियो । सोह्रखुट्टे प्रहरी प्रभागबाट खटिएको टोली रेस्टुरेन्टमा पुग्दा कोठाहरु बन्द रहेको भन्दै रेस्टुरेन्ट कर्मचारीले प्रहरीलाई फर्काउन खोजेको थिए । तर, शंका लागि ढोका खोल्न लगाउँदा युवायुवती रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले रेस्टुरेन्टका सञ्चालक प्रमोद श्रेष्ठसहित ६ युवती र एक युवकलाई पक्राउ गरेको थियो । ग्राहक भनेर पुगेका युवा प्रहरीलाई धकेल्दै बाहिर निस्किएका थिए ।

८ करोडको चिठ्ठा पारेका डिल्लीराम भेटिएनन्

१५ वैशाख, काठमाण्डौं । दोहा विमानस्थलमा १० लाख अमेरिकी डलर (झन्डै ८ करोड ८७ लाख रुपैयाँ) चिट्ठा पर्ने नेपाली डिल्लीराम पराजुलीको खोजी हुन थालेको छ । ‘ड्युटी फ्री’ को उक्त भाग्यशाली चिट्ठाले पराजुलीलाई बिहीबार करोडपति बनाएपछि स्थानीयबीच ठूलो चर्चा छ । डिल्लीरामको नेपालको पूरा ठेगाना पत्ता लागेको छैन भने उनी चिट्ठा दाबी गर्न अहिलेसम्म आएका छैनन् ।
कतार एयरवेज तथा कतार ड्युटी फ्री सपका प्रमुख कार्यकारी अधिकृत अकवर अलबाकरले बिक्री भएका पाँच हजार चिट्ठाबाट एउठा रसिद निकाल्दा उनको भाग्य चम्किएको हो । सार्वजनिक रुपमा गरिएको कार्यक्रममा १९२२ नम्बरको चिट्ठा निकाल्दै प्रमुख कार्यकारी अधिकृत अलबाकरले पारजुलीलाई बधाई दिएका थिए । अहिले कतारका विभिन्न संघसंस्थाले पराजुलीको खोजी गरिरहेको कान्तिपुर दैनिकमा खबर छ ।

Friday, April 26, 2013

दीपाश्रीको नयाँ घरमा को बस्ला ?


deepa-shree-niraula-१३ बैशाख, काठमाडौं । हास्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सर्नुभएको छ । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले अनलाइनखबरसित भन्नुभयो ।
कलाकारिता मार्फत कमाएको एककरोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उहाँले जानकारी दिनुभयो । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भन्नुभयो-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उहाँले बताउनुभयो । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उहाँले भन्नुभयो । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उहाँले भन्नुभयो-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भन्नुभयो ।
कलाकार दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताउनुभयो । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उहाँले ठट्टा गर्नुभयो । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उहाँले हाँस्दै भन्नुभयो ।

Nepali wins 1 million dollars in Qatar Duty Free lottery

A Nepali national has won over Rs 87 million ($ 1 million) in a coveted lottery prize in the Doha International Airport, Qatar on Thursday.
The Nepali national identified only as Dilliram Parajuli was the winner of Qatar Duty Free’s latest “Dollar Millionaire” draw promotion. More details about the winner is yet to emerge.
According to reports, the draw was conducted inside the Qatar Duty retail area at Doha International Airport and was presided over by senior management of the company. Qatar Durty Free is a subsidiary of Qatar Airways.
The US Dollar Millionaire raffle was launched in May 2006 giving passengers a great opportunity to win the bumper prize as each draw is made after 5,000 tickets are sold.
Departing and transiting passengers at Doha International Airport are able to purchase raffle tickets for USD 263 or QAR 950 each.
Last year, a Indian national had won the coveted cash prize of $ 1 million with the ticket bought at the Doha International Airport.
Nepalnews.com

न्यायाधिशको सरकार भ्रष्ट खुमबहादुरलाई गणतन्त्र दिवसमा आम माफी दिंदै

१३ बैशाख,काठमाडौं ।
भष्ट्राचारको आरोपमा जेल जिबन बिताईरहेका नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले आममाफी पाउने भएका छन् । नेपाली कांग्रेसले पहल गणतन्त्र दिवसको दिन जेठ १५ गते आममाफी दिने तयारी भईरहेको  स्रोतले जनाएको छ ।

काँग्रेस संगठनभित्र कार्यकर्ताहरुको र गत चैत्र २६ देखि २९ गतेसम्म त्रिवेणीमा सम्पन्न भएको महासमिति बैठकमा समेत नेता खड्कालाई आममाफी दिलाउनुपर्ने चर्को अवाज उठेपछि खड्कालाई राहत पाउन लागेको हुन् । गत ०६९ भाद्र ६ गते भ्रष्टाचारको आरोपमा जेल परेका खड्का अख्तियारको कारागार सजाय जोडिए आगामी असारको अन्तिममा थुनामुक्त हुने नत्र भदौमा पुग्ने छ ।हाल उच्चस्तरीय राजनैतिक संयन्त्रको अध्यक्षमा काँग्रेस सभापति सुशील कोइराला रहनु भएकाले अन्य तीन दलहरुसँग सहमति कायम गरी आममाफी दिने तयारी गरेको बुझिएको छ । नेता खड्काको आममाफीप्रति वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सकारात्मक रहेको काँग्रेस श्रोतको दाबी छ । नेता खड्का आममाफीमा परे आगामी निर्वाचनमा भाग लिन पाउने र काँग्रेसलाई ठूलो राहत मिल्ने छ ।

तथापी नेता खड्काले आगामी निर्वाचनमा आफूले भाग नलिई समानुपातिक कोटामा बस्ने र बाँके, बर्दिया, कपिलवस्तु, दाङ्ग, सर्लाही, नवलपरासी, चितवन र महोत्तरीको रेखदेख गरी काँग्रेसलाई विजय गराउन लागिपर्ने बताइएको छ ।
हाल ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरु नेता खड्कालाई भेट्न डिल्लीबजार कारागारमा गएर आगामी निर्वाचनको बारेमा चासो राख्ने गरेको समाचार श्रोतले बताउदै आएको छ । त्यसैले काँग्रेस नेतृत्वले काँग्रेसलाई थप ऊर्जाशील बनाउन जसरी पनि आममाफी दिलाउनुपर्ने आवाज उठ्न थालेको छ ।

Thursday, April 25, 2013

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

वैशाख ६ -
एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।

हुन त हामी हरेक वर्ष यस अवसरको चरम दुरुपयोगको सिकार हुँदै आएका छौं । आधुनिक नेपाली इतिहासका हरेक नयाँ वर्षमा कति शुभशुभ कामनाहरू गरिए होलान् । कति सपना देखाइए होलान् । पोहोर यसै बखतमा नयाँ संविधान बन्लाबन्लाजस्तो सपनाहरू अभूतपूर्व रूपमा वितरण गरिएका थिए । आज एक वर्षपछि ती सपनाहरू केवल पुराना भएका छन्, बितेको वर्षका दिनहरूजस्तै । उही महिना, गते र बारको नयाँ गणना सुरु हुन थालेजस्तै तिनै सपनाहरू अब फरक कलेबरमा फेरि बाँडिनेछन् सायद ।

पोहोर मैले यसै ठाउँमा लेखेको थिएँ, यो साल चुनाव हुने हो भने फेसबुक प्रयोगकर्ताहरूले निर्वाचित संस्थामा तेस्रो ठूलो दल हुने तागत राख्नेछन् । एक वर्ष बित्दा, संसार झन् साँघुरिएको छ । मान्छेका ज्ञान, बुझाइ, चेतना, झन् झाँगिएका छन् । आजको दिनमा फेसबुक चलाउने नेपाली २० लाख पुगेका छन् । जसमध्ये झन्डै पौने १८ लाख व्यक्ति १८ वर्षमाथिका छन् अर्थात्
मतदाता । १८ लाखभोटले १ करोड चानचुन मत खस्ने निर्वाचनमा महत्त्वपूर्ण हिस्सा राख्दछ । गणितमै सही, नेपालको एउटा जुझारु, राजनीतिक वितृष्णाबाट वाक्क भएको पुस्ताले चाहने हो भने नयाँ वर्षमा हुने चुनावमा एउटा नाटकीय परिणाम दिने शक्ति राख्दछ ।

हामीमाझ एउटा सिङ्गो दशकले पनि बिदा लिएर गएको छ । नाफा नोक्सानका गणितहरू अलग्गै होलान् । तर बितेको दशकमा हामीले प्रशस्तै सामाजिक, राजनीतिक र आर्थिक कारोबारहरू देख्न पायौं । जुन कारोबारहरूले हामीले सोच्ने र गर्ने तरिकामा विशाल परिवर्तन ल्याइदिए । ६० साल सुरु हुँदै गर्दा ५० हजार इन्टरनेट प्रयोगकर्ता भएको देशमा ७० साल सुरु हुँदा त्यो संख्या ५० लाख पुगेको छ । इन्टेरनेट प्रविधिमात्रै होइन । त्योभन्दा बढी, यो एउटा समाज हो । समाजलाई एकतामा बाँध्ने सूत्र खोज्ने क्रममा पटक पटक नानाभाँतीका उदाहरण बाँडिने र बेचिने हाम्रो समाजमा कम्तीमा एउटा जवान प्रविधिले ५० लाखको समाजलाई बाँध्न सफल भएको छ । मोबाइल फोनले जनसंख्याको आधा आकाशलाई बाँध्यो । सडक सञ्जालले देशको ७३ जिल्लालाई बाँध्यो । बितेका दशकका यी महान् उपलब्धि हुन् । र, यी उपलब्धिका रफ्तार हेर्दा आउने दशकमा हामी झन् धेरै बलियोसँग एक अर्काप्रति बाँधिनेछौं । हामीबीचका दूरीहरू घट्नेछन् ।

बितेको दशकले झन्डै १० हजार किलोमिटर नयाँ सडक दियो देशलाई । देशका ६६ प्रतिशतभन्दा बढी परिवारका लागि नजिकैको बस चढ्ने ठाउँको दूरी आधा घन्टाभन्दा कम समयमा झर्यो । १० वर्षअघि ३७ प्रतिशत परिवार नजिकैको कालोपत्रे सडकबाट आधा घन्टाको दूरीमा थिए । ७० को दशक सुरु हुँदा देशका झन्डै ६० प्रतिशत घरबाट नजिकैको कालोपत्रे सडक पुग्न आधा घन्टाभन्दा कम समय लाग्छ । बितेको दशकले हामीबीच दूरी घटाएको छ । भलै रुकुमको दुर्गम गाउँबाट कतार जानको लागि काठमाडौंको हवाइजहाज बिसौनीसम्म आउने यात्रा अवधि किन नघटेको होस् । दूरदराज मरुभूमिमा भेडा चराइरहेका परदेशीसँगको दूरी मोबाइल फोनले घटायो । वित्तीय संस्थाका विस्तारले, पसिना भजाएर आएको कमाइ गाउँ आइपुग्ने दूरी पनि घट्यो ।

भूराजनीतिक परिधिभित्र हामी आउने दशकमा पनि उही स्थानमा नै हुनेछौं । उत्तरकोरिया र अमेरिकाको सम्बन्ध र इरानको परमाणु कार्यक्रमले हाम्रा लागि अखबारका विदेश पेजमा छापिने समाचारभन्दा खासै बढी अर्थ नराख्लान् । उसो त उत्तरकोरियाले दिने अणुबमको धम्की पनि उसले बर्सेनि मनाउने आफ्ना नेताको जन्मदिनको प्रचार प्रसारको सामग्रीभन्दा बढी कहिल्यै देखिएन । भारत र चीनसँगको सम्बन्ध पनि राजनीतिक वृत्तका तर्क वितर्कहरूमाझ नै अल्भिmरहलान् । अलिउग्र सोचाइ राख्नेले सिक्किमीकरणको खतरा बितेको दशकमा नि देखेकै थिए, आउने दिनमा देखिरहलान् । तर 'अमेरिकी साम्राज्यवाद' र 'भारतीय विस्तारवाद'को व्यावहारिक यथार्थको लागि भने संसारका पात्रोहरू धेरै अघि बढिसके । हामी आफैंले बनाइदिएका स्पेसहरूमा हुने सामान्य विदेशी चलखेलबाहेक राष्ट्रियतामा कुनै प्रस्ट खतरा हुनेछैन आउने दशकमा । त्यो सम्भव पनि छैन । स्वाभाविक रूपमा हुने भुइँचालोका धक्काबाहेक भूराजनीतिका अन्य सानाठूला धक्काहरूले हामीलाई खासै प्रभाव नपार्लान् ।

तर यस वृत्तमा उद्देश्यहीन गरमागरम छलफल, भाषण र बहसहरू भने अपेक्षा गर्न सकिन्छ । यी तपसिलका कुराहरू जे जस्ता भए पनि ६ करोड वर्षअगाडि ठडिएको सगरमाथा कहाँ पर्छ र २६०० वर्षअगाडि शाक्यमुनि बुद्ध कहाँ जन्मिएका थिए भन्ने बहस गर्नको लागि हामी पात्रोमा निकै अगाडि बढिसकेनौं र ?

बितेको दशक हाम्रा लागि शान्तिको दशक पनि रह्यो । ५० को दशकमा युद्ध भोगेको नेपाली समाजले ६० को दशकमा केही ठूला राजनीतिक परिवर्तनसँगै संकटकाल देख्न छाड्यो, निद्रा बिथोल्ने फायरिङ सुन्न छाड्यो, आमाहरूले छोराहरूलाई खाटमुनि सुताउन छाडे, लामो यात्रामा ठाउँ ठाउँमा हुने डरलाग्दा चेकिङ हुन छाडे, आफ्नै देशको जुनसुकै कुनामा घुम्न पनि डर लाग्न छाड्यो, सुतली बम र पाइपबमहरू समाचार बन्न छाडे र सबैभन्दा खुसीको कुरो त प्रेसर कुकरमाथिको अघोषित प्रतिबन्ध हट्यो ।

राजनीतिक पदावलीमा ठूलै घनत्व राख्ने परिवर्तनहरू भए पनि व्यावहारिक रूपमा त्यसका अर्थपूर्ण उपलब्धिहरू भने केही देखिएनन् । देशको लामो इतिहासमा १० वर्षले गौण अर्थ राख्ला । तर एउटा मान्छेको जिन्दगीमा १० वर्ष ठूलै हिस्सा हो । बितेको दशकमा जस्तै आउने दशकमा पनि सस्ता राजनीतिक कमेन्ट्ररीहरू र फुस्रा भाषणमा समाज केन्दि्रत भइरह्यो भने त्यसले नयाँ राजनीतिक अध्यायहरू जन्माउला तर एउटा व्यक्तिको जिन्दगीको गुणस्तर भने खासै उकास्न सक्दैन । औसत आयु ६० वर्ष भएका नेपालीले जिन्दगीका दसौं दस वर्ष सपनामात्रै देख्न खर्चिनु महँगो भएन र ? सपना देखाउनेका त पेसै सपना देखाउनु हो ।

भौतिक रूपमा शान्ति भए पनि मानसिक शान्ति भने खासै छाएन बितेको दशकमा । बेरोजगारीको रापले छटपटाएकाहरू झन् पोल्ने खाडीको गर्मीमा होमिन बाध्य भए । सायद नेपालको इतिहासमा सबैभन्दा धेरै युवाहरू बिदेसिए बितेको दशकमा । समाज बढी महत्त्वाकांक्षी भयो । पाखुरा लाग्नेबित्तिकै गच्छेअनुसार कोही खाडीतिर लागे कोही युरोप अमेरिका लागे । छिमेकीलाई छोरो अमेरिका छ भनेर धाक लगाउने आमाबाबुहरू बिस्तारै एक्लिए । आउने दशकमा नेपाली मध्यमवर्गीय समाजमा झन् धेरै एक्ला, निन्याउरा अनुहारहरू बढ्नेछन् ।

हेटौंडाको कर्रा टोलमा टोलबासी पाकाहरूले एउटा भजन मण्डली खडा गरेका छन् । 'पवित्र' तिथिमितिमा मन भुलाउन घरघरै साँझमा भजन गाउँदै समय कटाउने जमातका अधिकांशका छोराछोरी विदेशमा छन् । विदेशमा रहेका छोराछोरीका जन्मदिनका अवसरमा उनीहरू 'हरिहरि राम जपन, यो जिन्दगी सपना, राम जपन' भन्दै भजन गाउने गर्छन् । आउने दशकमा यी पाकाहरू आँखा कम देख्नेछन्, कान कम सुन्नेछन् । अनि भजन गाउने क्रम पनि बन्दहोला । टोल रित्तै होला सायद ।

नर्कबाट निस्किँदा

काठमाडौ, वैशाख ६ -
लेबनान जान भनेर हिँड्नुअघि संखुवासभाकी अनिता राई -नाम परिवर्तन) ले योजना बनाएकी थिइन्, 'महिनाको ८ सय डलर कमाइ हुन्छ, ओभर टाइम गरेको त अझ छुट्टै आउँछ । सुरुका दुई चार महिनाले ऋण तिर्छु । बाँंकी पैसाले सानो घर बनाउँछु, आफ्नो व्यवसाय सुरु गरेर बस्छु ।' तर उनको योजना 'सपना' त्यो बेला भयो, जुन बेला उनले आफू ८ हजार डलरमा बेचिएको थाहा पाइन् । पुसको दोस्रो साता लेबनान जान हिँडेकी उनी इराक पुगिन् । तलब त के खानसमेत राम्ररी पाइनन् । झन्डै चार महिनापछि काठमाडौं आइपुगेकी उनी धेरै कुरा गर्दिनन् । कुरा गर्दागर्दै उनका गहमा आँसु भरिन्छ । लेबनान हिँडेकी उनी कसरी इराक पुगिन् त्यहाँ उनले के के भोगिन् उनकै शब्दमा ।



काठमाडौंबाट म प्लेनमा दुबई पुगें । त्यहाँ हिन्दी बोल्ने एउटा केटो लिन आएको थियो । त्यो केटाले अर्को दिन प्लेन चढायो । एयरपोर्ट पुगेपछि थाहा भयो, मलाई त लेबनान भनेर इराक पठाएछ । इराकको एयरपोर्टमा गाडीको
ड्राइभर लिन आएको थियो । उसले त्यहाँबाट लगेर एउटा कोठामा मलाई छाडेर बाहिरबाट चुक्कुल लगाएर गयो । तीन दिनसम्म कोही बोलाउन आएनन् । चिसो भुइँमा पातलो डसनाको ओछ्यान थियो ।

तीन दिनपछि सुमन नामको बंगाली केटो आएर मलाई काम गर्न हिँड भन्यो । घरेलु कामदारका लागि लिन आएको छ, जाउँ भन्यो । मैले त डिपार्टमेन्ट स्टोरमा काम गर्न भनेर आएको बताएँ । उसले मलाई जबरजस्ती काममा पठाउन खोज्यो मैले जान्नँ भनिरहें । अनि त मलाई पिट्न थाल्यो । सहनै नसक्ने गरी पिटेपछि मैले म काममा जान्छु भनें ।

म एउटा घरमा कामदार गर्न थालें । घरधनी बाबा सुरान भन्ने रहेछन् । उनको छोरो १९ वर्षको थियो । त्यो केटोले मलाई साह्रै दुव्र्यवहार गर्न खोज्यो, जबरजस्ती गर्न खोज्थ्यो । म तेरा बाआमा र पुलिसलाई भन्दिन्छु भन्दै डर देखाउँथें । त्यो घरमा बसिन्जेल जहिले पनि डर लागिरहन्थ्यो ।

काम गरेको २ महिना पुग्दासम्म पनि तलब नदिएपछि मैले एक दिन घरधनीसँग तलब मागें । उसले त अचम्म मान्दै कस्तो तलब भनेर मलाई नै पो सोध्यो । मलाई बल्ल थाहा भयो- उसले मलाई ८ हजार डलरमा किनेर लगेको रहेछ । म त बेचिएकी रैछु । म छाँगाबाट खसेजस्तै भएँ । मैले मलाई त्यहाँ पठाउने अफिसमा पुयाइदेऊ भनें । उनीहरूले धेरै दिन आनाकानी गरे । मैले पुलिसमा जान्छु भनेपछि साहुनीले मलाई कम्पनीको अफिसमा ल्याइन् । उनीहरूबीच इराकी भाषामा कुरा भयो । मैले बुझिनँ । अरबीमा बोलेको भए बुझ्थें ।

पहिले थुनेर राखेको कम्पनीमा फर्किएर अाएपछि मेरो जीवन नर्कमा परेजस्तो भयो । रात दिन पिट्थे । बाहिरबाट केटाहरू ल्याएर जबरजस्ती गर्थे, गर्न लगाउँथे । नमान्दा आनाकानी गर्दा दुईजना मिलेर शरीरका सबै कपडा जबरजस्ती च्यातिदिन्थे । पिटाइ त कति खाएँ, मर्दै बौरिँदै गरेँ । उनीहरूले मलाई फेरि अर्को घरमा काममा पठाउने कोसिस गरे, मैले नमानेपछि त्यही घरलाई नै कोठीजस्तो बनाएर केटाहरू पठाइदिन्थे । भनेको नमान्ने भए जिन्दगीभर खान पनि नदिई थुनेर राख्छौं भन्दै धम्की दिन्थे । मलाई बाँचेर आउँछु होलाजस्तो त कहिल्यै लागेन ।

२० दिनसम्म एक छाक पनि राम्रोसँग खान नदिई पिटेर र यातना दिएर राखे । मेरो सुनको सिक्री र मैले भित्री कपडाभित्र लुकाएर राखेको ७ सय डलरसमेत उनीहरूले नै लुटेर लगे । मलाई राखेको छेउका कोठामा पनि ३ देखि ५ जनासम्म नेपाली महिला थिए । उनीहरू चिच्याएर रुन्थे, कराउँथे । उनीहरूमाथि पनि सायद मलाईजस्तै व्यवहार गर्थे होलान् । उनीहरू कराएको सुनेर नेपाली भन्ने थाहा हुन्थ्यो, भेट्न पाइन्थेन । एउटी बहिनीले भित्र आएको केटालाई पिटिछन् । अर्को दिन तिनलाई रगत नै बमिट गर्ने गरी पिटेछन् ।



पmल्यासब्याक

फुपूको पछि लागेर काठमाडौं आउँदा म ५ कक्षामा पढ्थें । १४ वर्षकी थिएँ । फुपूहरू बौद्धमा पस्मिनाको काम गर्नुहुन्थ्यो । म पढाइ छोडेर काम गर्न आएँ । एक वर्षजति त्यहाँ काम गरें अनि नख्खुको पस्मिना बनाउने ठाउँमा गएँ । त्यही क्रममा मेरो एउटा केटासँग परिस्थितिले बिहे गराइदियो । हाम्रो मायाप्रेम थिएन तैपनि मैले बाध्यतामा बिहे गर्नुपर्‍यो । मलाई मन नपरे पनि ऊ मेरो कोठामा आइरहन्थ्यो । एक दिन गाउँतिरका दाइहरू आएका बेला ऊ मेरो कोठामा थियो । उसलाई र मलाई देखेपछि उनीहरूले हाम्राे सम्बन्ध रैछ भनेर बिहे गरिदिए ।

बिहे हुँदा म १६ वर्षकी थिएँ । बिहेको एक वर्षमा छोरो जन्मियो । छोरो भएको दुई जर्षसम्म हाम्राे सम्बन्ध राम्रै थियो । यसपछि दिनहुँ झगडा हुन थाल्यो । बिहे गरे पनि उसले मलाई घर लगेको थिएन । मैले जिद्दी गरेपछि एक दिन उसका दिदीहरू आए र उसलाई र मेरो छोरालाई नै लिएर गए । मेरो छोरोलाई भेट्नसमेत दिएनन् । म सोझी थिएँ, त्यो बेला केही गर्न सकिनँ । म एक्ली भएँ । त्यसपछि माइती संखुवासभा गएर बसें ।

त्यहीका साथीहरूले विदेश जाने कुरा गरे । मलाई पनि ठीकै होलाजस्तो लाग्यो । पासपोर्ट बनाएर कुबेत गएँ । त्यहाँ हाउसमेडको काम राम्रै थियो । घर सफा गर्नुपर्ने । महिनाको १० हजार नेपाली रुपैयाँ जोगिन्थ्यो । २ वर्ष काम गरेपछि नेपाल आएँ ।

कुबेतमा चिनेको दुईजना केटीसँग बौद्धमा भेट भयो । बौद्ध स्तूपाको गेट नजिकै रहेको रेम्बो रेस्टुरेन्टमा म र मेरो २ जना साथीहरू गफ गर्दै बसेका थियौं । कुमारी शेर्पा भनिने फूलकुमारी महराले हाम्रो कुबेतको गफ सुनेर हामीसँग कुरा गर्न आइन् । उनले आफूले पनि विदेश पठाउने काम गरेको भन्दै लेबनानमा डिपार्टमेन्ट स्टोरमा सेल्स गर्लको काम छ जाने हो भनिन् । महिनाको ८ सय डलर हुने तर जान खर्च अलि बढी लागे पनि काम सजिलो छ भनिन् । कुबेतमा जस्तो कडा हँुदैन, महिनामा २ सय डलर ओभर टाईम हुन्छ भनेपछि मेरो मन लोभियो । कुबेतमा त महिनाको १० हजार मात्र हुन्थ्यो । यहाँ त झन्डै एक लाख आउने रहेछ । मैले जान कति खर्च लाग्छ भनेर सोधें । उसले ४ लाख रुपैयाँ खर्च लाग्छ भनिन् ।

केही समय त्यत्तिकै बित्यो । उनले मेरो फोन नम्बर लिइन् । केही दिनपछि फोन गरेर राम्रो कोटा आएको छ, जाने भए पासपोर्ट र एडभान्स पैसा लिएर आउ भनिन् । मसँग पैसा त थिएन । आफ्नो खर्चका लागि राखेको ३५ हजार रुपैयाँ थियो । त्यो अहिले दिन्छु बाँकी पछि दिन्छु भनें । त्यसको केही दिनपछि मैले लगेर पासपोर्ट र पैसा बुझाएँ ।

दुई महिनापछि एक दिन भिसा आयो भनेर फोन आयो । कुमारीले अब पैसा ठीक पार्नु भनिन् । मैले धेरै पैसा कमाउने काम पाइएको छ लेबनानमा भनेपछि दाइले सय कडा ५ ब्याजमा पैसा खोजिदिनुभयो । पुस २५ गते पहिला दिएको ३५ हजार रुपैयाँ कटाएर ३ लाख ६५ हजार रुपैयाँ बुझाएँ । भोलिपल्ट साँझ उड्ने हो, ३ बजेतिर त्यही रेस्टुरेन्टमा आउनु भनिन् । म भोलिपल्ट आएँ । उनले मोटरसाइकलमा राखेर तिलगंगासम्म ल्याइन् । त्यहाँबाट किरण भन्ने केटाले ट्याक्सीमा राखेर विमानस्थलभित्र पुर्‍यायो । उसले विमानस्थलमा कसैले सोध्दा लेबनानबाट ५ महिनाका लागि छुट्टीमा आएर फर्किन लागेको भन्नु भनेर सिकाएको थियो । मैले त्यही भनें ।

कुमारी र किरणले म विमानस्थल छिरेपछि २० पटकभन्दा बढी फोन गरे । सुरक्षा जाँच पार भए नभएको बारे सोध्थे । अति धेरै सोधेपछि मलाई शंका लाग्यो । अनि मैले दाइलाई फोन गरेर कुमारीको नाम, ठेगाना र मोबाइल नम्बर दिएँ ।





केही पछि मलाई बाहिर पनि लैजान थाल्यो । एक दिन एउटा फिलिपिनोको कोठामा लग्यो । त्यो घरमा काम गर्ने फिलिपिनो केटीले मलाई एकजना नेपाली दाइसँग फोनमा कुरा गराइदिइन् । ती दाइ  त्यहाँको सांसदको घरमा काम गर्ने रहेछन् । मैले उनलाई आपmनो कुरा सुनाएँ । उनले नेपालमा मेरो दाइलाई फोन गरेर मेरो पीडा सुनाइदिएछन् । दाइले मलाई विदेश पठाउने कुमारीलाई थर्काउनुभएछ । उसले इराकको बंगालीको फोन नम्बर दिइछ । दाइले उसलाई आफू मान्छे विदेश पठाउने एजेन्ट भएको र कुमारीले भन्दा धेरै केटी पठाइदिन्छु, अनिता बिरामी छ उसलाई चाहिँ नेपाल पठाइदे भनेर मनाउनुभएछ । अनि मलाई नेपाल पठाइदियो ।

अब म कहीँ जान्नँ । पेट पाल्ने १०-१५ हजार रुपैयाँको जागिर खाएर बस्छु । मैले इराकमा तलब त पाइनँ नै आपmनो आत्मविश्वास पनि गुमाउन पुगें ।

मजस्ता धेरै नेपाली चेलीबेटी इराकमा नर्कमा बाँचिरहेका छन् । ती हरेक दिन आपै+mभित्र मरेर बाँचिरहेका छन् । म नेपाल पुगेको थाहा पाएपछि कतिले आफूलाई पनि बचाइदिन अनुरोध गर्दै मेरो मोबाइलमा एसएमएस पठाएका छन् । यसरी एसएमएस पठाउनेहरूको पासपोर्टसमेत च्यातिदिएको छ रे । सिन्धुपाल्चोकतिर घर भएकी एकजनाले मेरो नम्बरमा बचाउन आग्रह गर्दै म्यासेज पठाएकी छिन् । उनी २७ महिनादेखि त्यहाँ रैछिन् । उनलाई पनि त्यही कुमारीले पठाएको रैछ । उसको लामो म्यासेजमा 'मलाई जुन कम्पनीमा काम गर्ने भनेर ल्याएको थियो, त्यो कम्पनी नै रहेछ । मलाई भिसा नै नलागी सेटिङ मिलाएर पठाएको रैछ । न मसँस पासपोर्ट छ न भिसा । अब म कसरी नेपाल फर्कौं दिदी, प्लिज मलाई हेल्प गर्नुस् । नेपालको पुलिसलाई यो म्यासेज देखाइदिनुहोला, दिदी म एकदमै बिचल्लीमा परेकी छु । मलाई यो ठाउँबाट जसरी भए पनि निकाल्नुहोला' लेखिएको छ । म आपै+m त त्यति दुःखले आएँ, मैले कसरी उद्दार गर्न सक्छु । यस्ता चेलीहरुको उद्दार गर्न नेपाल सरकारले पहल गर्नुपर्छ ।

२० इन्चको अग्लो कद

heightचितवन, वैशाख १३ - हेर्दा, विश्वकै होचा २१.५ इन्चका चन्द्रबहादुर डाँगी जस्तै देखिन्छन्, भरतपुर-५ का युवराज कँडेल । २८ वर्षे युवराजको उचाइ २० इन्च र तौल १८ केजी छ । शरीरले साथ नदिएर के भो र ? उनी स्वावलम्बी जीवनयापन गरिरहेछन् ।
अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै गरेका युवराज आफू मात्र पढ्दैनन्, विद्यार्थीलाई ट्युसन पनि पढाउँछन् । विश्वका चर्चित लेखकका पुस्तक खोजी-खोजी पढ्छन् । सिरानीमा झमक घिमिरेको 'जीवन काँडा कि फूल' देखि विभिन्न दर्शनका पुस्तकका चाङ छन् । 'विद्यार्थीको चाप बढेको छ,' ट्युसन पढाउँदै गर्दा उनले कान्तिपुरसँग भने, 'कलेजको पढाइ कमजोर छ, विद्यार्थीले ट्युसन नपढी पास गर्न सक्दैनन् ।' शिक्षाबिनाको जीवन आफैंमा अपांग हुने भएकाले पढ्न र पढाउन लागिपरेको उनले सुनाए । पहिला आफ्नै भाइबहिनी र छरछिमेकका विद्यार्थीलाई पढाउने गरेका उनको घरमा अहिले टाढा-टाढाबाट पढ्न आउनेको भीड छ । 'पहिला उसलाई पाल्यौं, अहिले उसले हामीलाई पाल्ने भएको छ,' युवराजकी आमा राधादेवीले गर्वका साथ भनिन्, 'हुर्काउँदाको दुःख र केही व्यक्तिले गरेको अपमान सम्झँदा आँसु झरिरहन्छ ।' ०४२ वैशाखमा जन्मिएका उनको शरीर विकास भएन ।
घाँटी तलको भाग सानो छ । कम्मरमाथिका अंग चले पनि त्योभन्दा मुनि चल्दैन । हात साना छन्, खुट्टा गुटुमुटु परेका छन् । १० वर्षको उमेरसम्म उनको उपचार जारी थियो । बुवा रामप्रसाद र आमा राधादेवीले निको पार्न सकिन्छ कि भनेर धेरै खर्च गरे । रामप्रसादका अन्य १ छोरा र ३ छोरी भने सामान्य छन् । 'छोरो हुर्काउन, पढाउन दुःख गरियो, अहिले धेरै पढेको देख्दा खुसी लाग्छ,' राधादेवीले भनिन्, 'जन्मेदेखि यही छोराको माया धेरै लाग्यो ।'
युवराजलाई शौचालय लानेदेखि ओछ्यानमा राख्ने, कक्षामा पुर्‍याउने सबैकाम बुवा-आमा, बहिनीहरू र भाइले गर्दै आएका छन् । सानो शरीर भएकाले सजिलै बोक्न सकिन्छ । दिदी बेन्जु, बहिनीहरू लक्ष्मी र प्रमिला अनि भाइ भोजराजका लागि उनी 'काखका नानी' हुन् । 'उसैलाई दूध खुवाउन भैंसी पालेका छौं,' उनले भने । ०६१ मा एसएलसी र ०६४ मा प्लस टु पास गरेका उनले यही वर्ष शिक्षा संकायबाट अंग्रेजीमा स्नातक सकेर स्नातकोत्तरको अध्ययन थालेका हुन् ।

आगोपछि पानीले सतायो

वीरगन्ज , वैशाख १२ - आगलागीले घरबारविहीन बनेका धोरे ९ का अग्निपीडित अहिले फेरि लगातारको झरीका कारण पिरोलिएका छन् । ३ दिनयता परेको पानीले ओत लाग्ने पाल भिझाएपछि उनीहरू बिचल्लीमा परेका हुन् । 'पानी परेदेखि चिउरा, मिठा खाएर बसेका छौँ,' स्थानीय प्रभु रामले भने, 'पानीले सबै भिजाएको छ ।' केही दिनयता रातको समयमा चल्ने तीव्र गतिको हावासँगै पानी परेपछि उनीहरू बिचल्लीमा परेको बताए ।
'अर्को व्यवस्था नभएपछि रात बिताउन कठिन छ,' स्थानीय लक्ष्मी रामले भने, 'रात अनिदो बितेको छ ।' झुल नहुँदा रातभरि लामखुट्टेले सुत्न दिँदैन । खाना पकाउन दाउरासमेत अभाव छ । एउटै पालमा परिवारका १० जना बस्ने बाध्यता छ । 'हेर्दाहेर्दै घर र सम्पत्ति जल्यो,' स्थानीय असर्फी रामले भने, 'नयाँ जीवन कसरी सुरु गर्ने चिन्ताले सताएको छ ।' खरानी भएका घरको भग्नावशेषमाथि पाल टाँगेर बसेका छन् । पालभित्र राखिएका राहत सामग्री भिजेका छन् ।
अव्यस्थित बसोबास र फोहोरको उचित व्यस्थापन नहुँदा अग्निपीडित बालबालिकामा झाडापखाला लागेको छ । बासी खाना, जथाभावी फालिएको फोहोर र दूषित पानीले झाडापखाला प्रकोपकै रूपमा फैलिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । १ दर्जनभन्दा बढी बालबालिकामा झाडापखाला देखिएको छ । उपस्वास्थ्य चौकीमा जीवन जल र आवश्यक औषधिको अभाव छ । जिल्ला जनस्वास्थ्य प्रमुख अरुण महतोले चाहिने औषधिको तत्काल व्यवस्थापन गरिने बताए । 'हावाहुरीले खाने पानी र खानेकुरामा फोहोर मिसाइदिने गरेको छ,' बलिराम यादवले भने ।
अग्निपीडितले भौतिक पूर्वाधारको माग गरेका छन् । 'कति दिन पाल टाँगेर बस्ने,' स्थानीय हरि गिरीले भने, 'वर्षातमा बिजोग हुन्छ ।' गत चैत ३१ गते भीषण आगलागीमा सय घर जलेर खरानी भए । झन्डै ५ सय मानिस पीडित बनेका छन् ।

बलत्कार गर्नेलाई पक्राउ नगरेको भन्दै अधिकारकर्मी आन्दोलित

rape victimकाभ्रे, वैशाख १२ - महिला हिंसा विरुद्ध वकालत गर्दै आएका महिला अधिकारकर्मी आन्दोलनमा उत्रिएका छन् । मेथिनकोट-८ काफ्लेथोककी १६ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएको लामो समयसम्म पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेपछि अधिकारकर्मी सम्लित एकिकृत महिला समाज र मानवअधिकार संरक्षक सञ्जाल बिहीबारदेखि संयुक्त रुपमा आन्दोलनमा उत्रिएको हो ।
आन्दोलनरत उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी छिट्टो भन्दा छिटो अभियुक्त पक्राउ गरी कारबाही गर्न माग गदै जिल्ल्ाा प्रशासन कार्यालय र जिल्ला प्रहरी प्रमुखलाई डेलिगेन सहित ज्ञापन पत्र बुझाएका छन् ।
'अभियुक्त पक्राउ गरी कारबाही नगरुञ्जेलसम्म हाम्रो आन्दोलन रोकिदैंन' नेपाल बार पूर्व जिल्ला अध्यक्ष कृष्णप्यारी नकर्मीले भनिन् 'जिल्ला प्रहरी प्रमुखले छिट्टै अभियुक्तलाई पक्राउ गर्ने बताएका छन् ।
 आन्दोलनमा अधिकारकर्मीसँगै एमालेकी पूर्व सभासद् शिला कतिलादेखि लिएर एमाओवादी, काँग्रेस र एमालेका महिला संगठनका प्रतिनिधि समेत सहभागी थिए । घटना घटेका ३१ दिन हुँदा समेत प्रहरीले अभियुक्त पत्रिन सकेको छैन ।
चैत्र १३ गते राति घर भित्र छिरेका हतियार धारी अज्ञात समूहले  किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए । अनुहार लुकाउँदै पानी माग्ने बाहानामा बालिकाको घर भित्र ८/१० जनाको अज्ञात समूह छिरेको थियो । बालिकालाई ४ जनाले पालैपालो सामूहिक बलात्कार गरी घरमा लुटपाट समेत गरेका थिए । पीडित किशोरी एसएलसी परीक्षा दिएर बसेकी थिईन् ।

प्रहरीको मोष्टवाण्टेड तीन जना पक्राउ

crimeसिरहा , वैशाख १२ - हतियारको बलमा गुण्डागर्दी गर्दै आएका प्रहरीको 'मोष्ट वाण्टेड' सूचीमा रहेका तीन जनालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरी आज दिउसो सार्वजनिक गरेको छ ।
रामपुरविर्ता ३ का श्याम किशोर कापर, सोही ठाउका दिपेन्द्र कापर र अमोद भन्ने विजय कुमार मण्डललाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीका अनुसार उनिहरुले मिर्चैया क्षेत्रका व्यापारीहरुसंग हतियारको बलमा रकम असुल्ने र अपराधिक क्रियाकलाप गर्दै आएका थिए ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज न्यौपानेका अनुसार श्यामले वि.सं. २०६८ बैशाख २३ गते कर्जन्हा ७ स्थित पूर्व पश्चिम राजमार्गमा रामपुरविर्ता ५ घर भएका माओवादी नेता विन्देश्वर महतोलाई गोली हानी हत्या गरेको मुख्य अभियुक्त हुन् ।
यस्तै अमोदले गत कार्त्तिक २६ गते रामनगर मिर्चैया ३ स्थित राजमार्गमै माओवादी नेता श्रवण यादबमाथि गोली प्रहार गरी फरार अभियुक्त हुन् भने दिपेन्द्रले मल्हनिया खोरी ६ का मनोज कापरको घरमा प्रवेश गरी गोली फायर गर्नुका साथै मनोजलाई कुटपिट गरेका अभियुक्त हुन् ।
प्रहरी निरिक्षक सुवेदीका अनुसार गत चैत १३ गते मल्हनियाखोरीका स्थानीयबासी र रामपुरविर्ता तर्फ जाने विद्युतको लाईन काटिदिएको विषयमा सामान्य वादविवद हुादा अमोदले गोली प्रहार गर्न खोजेको र प्रहरीले लखेटेपछि फरार भएको थियो । भाग्ने क्रममा घटनास्थलबाटै प्रहरीले एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको थियो ।

नियम कडा भएपछि । बेचेका चेली दलालले आफैं फर्काउन थाले


१३ वैशाख, नुवाकोट ।

चेलीबेटी बिचविखनमा संलग्न दलालहरुलाई प्रहरीले पक्रेर मुद्दा चलाउन थालेपनि अन्य दलालहरुले बेचेका चेली आफैं फर्काउन थालेका छन । चेलीबेटी बेचविखनको समस्या कम हुँदै गएपनि बेचीएका चेली फर्काउन प्रहरीले सक्रियता देखाएपछि दलालहरुले आफैं बेचीएका चेली फर्काउन थालेका हुन ।

चेलीबेटी बेचविखन मुद्दामा दलालहरुबिरुद्ध प्रहरीमा मुद्दा पर्न थालेपछि नुवाकोट जिल्लामा पछिल्लो समय प्रहरीको पञ्जाबाट बच्न खोज्दै दलालहरुले बेचेका चेली फर्काउन थालेका हुन । आफु बिरुद्ध चलेका मुद्दा कमजोर बनाएर उम्कन बेचीएका चेलीका आफन्त समेतलाई मनाउन खोज्दै चेली फर्काएका हुन ।

बेचबिखनमा संलग्न दलालहरुको सञ्जाल नै बनेको र एकअर्कालाई प्रहरीले समात्दा उनीहरु मार्फत बेचिएका चेलीलाई झिकाउने गरिएको पाइएको नेपाल समाचारपत्रमा खवर छ ।
यसरी कोठीबाट फर्काइएका चेलीलाई विभिन्न प्रलोभनमा पारेर प्रहरी तथा अदालत सामू ‘मलाई उसले बेचेको होइन, उसको कुनै पनि संलग्नता छैन र दोषीलाई म चिन्दिनँ,’ जस्ता भनाई दलालहरुले राख्न लगाउने गरेको बेचबिखन विरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

२० लाख डलरको लोभमा २४ लाख गुम्यो

currencyकाठमाडौ, वैशाख १३ - मोबाइलमा आएको एसएमएस पढेर धनी हुन खोजेका एक ब्यक्तिले राजधानीमा भएको सबैथोक गुमाएका छन् । २ बर्ष नर्वेमा बसेर कमाई गरि फर्किएका महाराजगञ्जका राजकुमार श्रेष्ठले २० लाख अमेरिकी डलरको चिठ्ठा परेको भन्ने एसएमएस पाएका उनले धेरै कमाउने लोभमा २३ लाख भन्दा बढि रुपैयाँ गुमाएका छन् । त्यसरी श्रेष्ठबाट उक्त रकम हत्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी झुट्टा आश्वासन दिएर पैसा थुत्ने एक नाइजेरियाली र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । नाइजेरियाली नागरिक फेमी ईमान्युवल अजवेदे र ललितपुर ईमाडोलका केदार खत्रीलाई पक्राउ गरेको छ । उनीहरुको वेब एसएमएस मार्फत श्रेष्ठको मोबाइलमा म्यासेज पठाई प्रलोभन दिएको प्रहरीको भनाई छ ।
महाशाखाका अनुसार २०६९ चैत १० गते श्रेष्ठलाई ७६५ नम्बरबाट थाइल्याण्ड मोबाइल अवार्ड दिइएको एसएमएस आयो । उनले त्यो अवार्ड संगै २० लाख अमेरिकी डलर प्राप्त गरेको उल्लेख गर्दै ब्यक्तिगत बिबरण खुलाई ईमेल गर्न अनुरोध आयो । श्रेष्ठले सोही दिन ईमेलको उत्तर पठाएका थिए ।
चैत १२ गते श्रेष्ठलाई चिठ्ठा बापतको रकम थाइल्याण्ड स्थित बैङकमा अस्थायी खातामा जम्मा भइसकेको हुनाले बैङकको सायम कमर्सियल बैङकको इमेल ठेगाना उपलब्ध गराएर त्यसमा सम्पर्क गर्न भनिएको संलग्न अनुसन्धान अधिकृतले बताए ।
श्रेष्ठले त्यहि अनुसार गर्दै गएका थिए । उक्त ईमेल ठेगानाबाट प्रशासनिक शुल्कका लागि रकम पठाउन अनुरोध आयो । उनले पटक/पटक गरि २३ लाख ६७ हजार २ सय ६२ रुपैयाँ ईमेलमा लेखिएको खाता नम्बरमा पठाइरहेका थिए । 'फेरी १० लाख रुपैंया पठाउ भनेर ईमेल अाएपछि मात्र श्रेष्ठ झस्किए' अनुसन्धानमा संलग्न एक अधिकारीले भने 'त्यसपछि मात्र प्रहरीमा उजुरी दिन आए ।' महाशाखाले त्यसरी रकम माग गरेर आएको इमेलको आईपी ठेगाना माथी अनुसन्धान गरेको थियो । पहिलो पटक ईमेल आएको स्थान थाईल्याण्ड देखाएपनि दोस्रो पटक देखी भने नेपालकै ठेगाना देखाउन सुरु गरेको थियो ।

बिरामीको पेटभित्र कपडा भेटियो

वीरगञ्ज- भारतको रक्सोलस्थित एक क्लिनिकमा पाठेघरको अप्रेशन गरिएको बिरामीको पेटभित्र कपडा फेला परेपछि वीरगञ्जनारायणी उपक्षेत्रय अस्पतालमा ज्यान जोगाउने प्रयास भरहेको छ। पर्साको रानीगञ्जरहरिया की ४२ र्षीयाप्रभावती देवी गएको मार्च ३ मा समावर्ती रक्सोलस्थित डा. अहमद कलामको क्लिनिकमा पाठेघरको अप्रेशन भएको थियो। अप्रेशनपछि निरन्तरको पेट दुखाले अचेत भएपछि बिहीबार वीरगञ्ज नारायणी उपक्षेत्रय अस्पतालमा अर्को अप्रेशन गर्दा उनको पेटबाट कपडा निस्केको छ। सोमबार भाजादोलाल पटेलले प्रभावतीलाई अस्पतालमा भर्ना गराएयता उनको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको थियो। अस्पतालका सर्जनले निर्णय गरेपछि साढे २ घण्टा लगाएर डा. चितरन्जन साहले बिहीबार अर्को अप्रेशन गरेका हुन्। बिरामीको पेटभित्र २५ सेन्टिमिटर लम्बाइ र त्यतिकै चौडाभएको कपडा फेला परेपछि अप्रेशन दल आश्चर्यमा परेको थियो। 'अप्रेशनको क्रममा रगत पुछ्न प्रयोग गरिने टेट्रा पेटभित्रबाट फेला परेको छ,' डा. साहले नागरिकलाई भने,'त्यो कपडा र त्यसले गर्दा पेटको आन्द्रा कुहिएको पाइएको छ२४ सेन्टी मिटर कुहिएको आन्द्रा काटेर निकालेका छौंबिरामी खतरामुक्त रहेको अहिले नै भन्न सक्दैनौं।आन्द्रा कुहिएर प्वाल परेकले पेटभित्र दिशा र पिसाबफैलिएर पेटको सम्पूर्ण प्रणाली बिग्रेको अवस्थामा जोखिमपूर्ण अप्रेशन गरिएको डा. साहले बताए। ४८ घण्टापछि मात्र बिरामीको अवस्थाबारे यकिन गर्न सकिने उनको भनाछ। 

अप्रेशनमा आन्द्रा काटिएकाले बिरामीको दिशा गर्ने निकास अर्कैतिर निकालिएको छ। ६ हप्तापछि फेरि अर्को अप्रेशन गरदिशाको निकास मलद्वारबाट जोड्नुपर्ने डा. साहले बताए। बिरामीका परिवारजन भने मर्माहित छन्। 'डा. कलाम कहाँ दश हजार भारतीय रुपैया खर्च गरेर अप्रेशन गराएका थियौंअप्रेशनपछि अवस्था झन बिग्रियो', भाजादेलालले भने, 'आठ दिन भर्ना गर्दा पनि निको नभएपछि औषधि खादै गर्नु भनेर डाक्टरले फिर्ता पठाएका थिएबीचमा फेरि लग्यौंतर निको नभएपछि भर्ना गर्न यहाँ लिएर आयौं।उनी गाउँलेका सल्लाहअनुसार उपचारका लागि रक्सोल गएर यस्तो समस्यामा परेको बताउँछन्। डा. अहमद कलामको 'प्रिस्किप्सनपूर्जीअनुसार उनी फिजिसीयन हुन्। नारायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मी जैमोद ठाकुरले फिजिसयनले अप्रेशन गरेकोमा अश्चर्य जनाए। 

अप्रेशनपछि अस्पताको सर्जिकल वार्डमा भर्ना गरिएकी प्रभावतीको (अब्जरवेशन) विषेश देखरेखमा स्वास्थ्यकर्मी खटेका छन्। डा. साहको शब्दमा, 'ज्यान जोगाउने प्रयास भइरहेको छ।अस्पतालको सर्जिकल युनिटले बिरामीको बिरामीको ज्यान बचाउन सम्पूर्ण प्रयास गरिरहेको उनले जानकारी गराए।

Wednesday, April 24, 2013

५४ औं बिहे गरेका रंगीला 'रकेट’ को राम कहानी

Raketकाठमाडौ, चैत्र २९ - सबैभन्दा धेरै बिहे गरेका नेपालीका रूपमा आउँछ, राणा शासक जंगबहादुरको नाम। जीवनकालमा ३३ पत्नी भित्र्याउने जंगबहादुरलाई समेत उछिन्ने अर्का नेपाली देखा परेका छन्, त्यो पनि उनैले 'श्री ३ महाराज' हुन रोजेको जिल्ला लमजुङमा।

लमजुङ दुराडाँडाका 'रकेट' भनेर चिनिने राकेश परियार, ५७, ले हालसम्म ५४ वटा बिहे गरसिकेका छन्। दलित समुदायबाहेक ब्राह्मण, क्षेत्री, जनजाति गरी सबैसँग बिहेको अनुभव सँगालेका छन् उनले। राकेशको अन्तिम धोको छ, राउटे महिलासँग बिहे गर्ने।

४० वर्षअघि १७ वर्षको उमेरमा राकेशको पहिलो बिहे लमजुङ भोटेओडार-४ रामदीकी फूलमाया परियारसँग भएको थियो। तर, राकेशको रंगीला स्वभावका कारण फूलमायासँगको दाम्पत्य लामो समय टिकेन। पहिलो बिहेको केही समयपछि उनको अरू नै महिलासँग हिमचिम हुन थाल्यो। राकेशलाई नजिकबाट चिन्ने दुराडाँडा-१ किरन्चेका तारा खनिया भन्छन्, "ऊ जन्मेकै धेरै बिहे गर्न हो जस्तो लाग्छ।"

५४ वटी बिहे गरे पनि राकेशको साथमा अहिले दुईवटी श्रीमती मात्र छन्। राकेश भन्छन्, "एकपटक ११ वटी श्रीमती थिए, कमाइ पनि थियो।" त्यस बेला हनुमानढोकापछाडि जैसीदेवलमा दुईवटा फ्ल्याट भाडामा लिएर राखेका थिए, उनले तिनलाई। कुन दिन कससँग बस्ने-खाने भन्ने तालिका अनुसार नै चल्थे रे उनी। भन्छन्, "अहिले खुम्चिएर दुइटीमा झरेको छु। तर, दुवैलाई मिलाएर राखेको छु।"

यति धेरै बिहे गरे पनि उनका जम्मा १३ सन्तान मात्र छन्। उनको साथमा चाहिँ दुई मात्र छन्। फूलमायाले छाडेपछि आफूमा धेरै बिहे गर्ने इख जागेको राकेशको भनाइ छ। "उनले मलाई छाडेपछि मैले तिमी जीवित छँदै सयौँ श्रीमती ल्याएर देखाइदिन्छु भनेर चुनौती दिएको थिएँ," पछिल्ली अर्थात् ५४औँ श्रीमती लक्ष्मी राउत, ३०, कै अगाडि गत साता उनी भन्दै थिए, "तिम्रो सिन्दूर पुछिँदासम्म पनि म श्रीमतीहरू ल्याइरहेको हुनेछु पनि भनेको थिएँ।" नभन्दै उनले ५४औँ बिहे गर्दा नगर्दै फूलमायाको सिन्दूर पुछिइसकेको छ।

दुई वर्षअघि भित्रिएकी पछिल्ली श्रीमती लक्ष्मी राकेशको गाउँ दुराडाँडालगायत गाविसमा काम गर्ने गैरसरकारी संस्थासँग आबद्ध थिइन्। आजीवन अविवाहित रहने योजनामा रहेकी उनीमाथि जब राकेशको आँखा पर्‍यो, उनको योजना नै परविर्तन भयो। भन्छिन्, "उहाँको बोली र व्यक्तित्वका कारण जात र उमेर केही नहेरी बिहे गरेकी हुँ। जति बिहे गरे पनि अब उहाँलाई छाड्न सक्दिनँ।"

राकेश एक समय पाण्डव सुनुवारले चलाउने चौतारी कार्यक्रममा गाउन महिनैपिच्छे रेडियो नेपाल पुग्थे। विसं '४० को दशकमा यदि कसैले चौतारीमा गएर धेरै गीत गायो भने सायद राकेशले नै होलान्।

गीत यता रेडियोमा रेकर्ड हुन्थ्यो, राकेशचाहिँ गाउँ पुगिसकेका हुन्थे। दिउँसो गाउँमा देखेको मान्छे बेलुकी चौतारीमा गीत गाउन कसरी पुग्यो ? सोझा गाउँलेका लागि उनी रहस्य र अलौकिक पात्र हुने भइहाले। खाइलाग्दो शरीर, मीठो बोली, उस्तै परे गीत गाएरै संवाद गर्न सक्ने खुबीका कारण प्रेम र बिहेको प्रस्तावमा उनी पारंगतजस्तै भए।

त्यसो त कतिपय महिलालाई झुक्याएर बिहे गरेको आरोप पनि लागेको छ, राकेशमाथि। उनीचाहिँ यी आरोप मिथ्या भएको दाबी गर्छन्। भन्छन्, "मेरो कुरा सुनेर महिलाहरू आफैँ मोहित हुन्छन्। बिहेका लागि मैले कसैलाई धम्क्याउन र ढाँट्न जरुरी छैन।" प्रमाणका रूपमा सँगै रहेकी पत्नी लक्ष्मीलाई देखाउँछन् उनी।

बाजा बजाउनु त उनको पुख्र्यौली पेसा नै भयो। दिनरात लगातार दोहोरी गाइदिन्छन्। पाँच-सात महिना जुन बस्तीमा बस्यो, त्यहाँको भाषा सहजै बुझ्न सक्ने क्षमता छ उनमा। उनलाई चिन्ने दुराडाँडाका खनिया भन्छन्, "अचम्मको शक्ति छ उसमा। चलाख पनि उस्तै। यति भएपछि त गाउँका सोझासीधा महिला पछि लाग्ने नै भए।"

राकेश नाम जसरी रहन गयो, यसले नै देखाउँछ, उनको चतुरता पनि। सानैदेखि खेल्न, दौडन तेज थिए रे उनी। अझ दौडन त कसैले नभेट्ने। कहिले चोरीको आरोप लाग्थ्यो, कहिले केको। प्रहरी खोज्न जाने तर कहिल्यै नभेट्ने। भेटे पनि अक्सर उम्किने। दुराडाँडाका गाउँलेहरू राकेशबारे रोचक वृत्तान्तहरू सुनाउँछन् : पक्रन आएको प्रहरीले गोली हान्दा राकेशले छलेको, प्रहरीको पन्जामा परे पनि आँखामा बालुवा हालेर भागेको, खल्तीमा खुर्सानीको धूलो हालेर हिँडेको आदि, इत्यादि।

एकपटक चोरीको आरोपमा उनलाई पक्रन प्रहरी दुराडाँडा पुगेछ। आँगनमा आइसकेको प्रहरीलाई छल्दै राकेश घरबाट फुत्त निस्के। प्रहरी बन्दुक सोझ्याउँदै उनको पिछा गर्न थाल्यो। भाग्दै जाँदा भीर आइपुग्यो। राकेश सम्झन्छन्, "पछाडि फर्कौं प्रहरी थियो, अगाडि भीर। यसो हेरेको, तलबाट अग्लो बाँस डिलनजिकै आइपुगेको रहेछ। बाँसको टुप्पो समात्न सक्छु कि भनेर हामफालेँ। सौभाग्यवश, बाँसको टुप्पो भेटियो, समातेँ, बाँस बिस्तारै नुगेर तल पुग्यो, म सुरक्षित रूपले भीरतल पुगेँ। प्रहरी हेरेको हेर्‍यै।"

खनियाका अनुसार आकाशमा रकेटजसरी कुद्न सक्ने खुबीका कारण गाउँलेले उनको नाम राखिदिए, रकेट परयिार। चतुर 'रकेट'ले यही नामको उपयोग गरेर आफ्नो न्वारान आफैँ गरे। अर्थात्, यो नामलाई अलिक राम्रो बनाए। भन्छन्, "मैले रकेट नामलाई परिमार्जन गरेर राकेश परियार राखेँ। मेरो न्वारानको नामचाहिँ हरबिहादुर परियार हो।" अचेल हरबिहादुर भन्दा उनलाई आफ्नै दाजुभाइले पनि चिन्दैनन्। राकेश भन्दा सारा लमजुङले चिन्छ।

उनका 'शत्रु'हरूसमेत राकेशको 'क्षमता'को प्रशंसा गर्न चुक्दैनन्। यीमध्येकै एक हुन्, लमजुङ उदीपुर-५ का दीपक परियार, ३६। दीपक राकेशकी पहिली श्रीमती फूलमायाका दोस्रा पतितर्फका जेठा छोरा हुन्। फूलमायाबाटै जन्मेका राकेशका जेठा छोरा ध्रुवलाई भेट्न जाँदा केही वर्षअघि दीपकले तामाङ समुदायकी श्रीमतीका साथ बसिरहेका राकेशलाई काठमाडौँमा भेटेछन्। दीपक भन्छन्, "हेर्दै जादुगरजस्तो मान्छे ! देख्दैमा हरामी ! रूखले पात फेरेजस्तो स्वास्नी किन नफेरोस् !"

नेपालको कानुनले एकभन्दा धेरै श्रीमती राख्न बर्जित गरेको छ। तर, चोरी, तस्करीलगायत मुद्दामा पटक-पटक जेल परे पनि बहुविवाहको आरोपमा उनले खासै कानुनी झमेला बेहोर्नुपरेको छैन, एकपटकबाहेक। उनका अनुसार दुई वर्ष जेल बसेर ०४० मा छुट्दा उनकी श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्। उनी भिनाजुको मृत्यु भइसकेको र दिदीले अन्तै बिहे गरसिकेकाले लमजुङको चितीमा रहेकी करबि १४ वर्षीया आफ्नै नाबालक भान्जीसँग बस्न थालेछन्। चितीकै जंगबहादुर विष्टले नाबालक बिहे गरेको भनेर प्रशासनमा उजुरी गरिदिएछन्। छट्टू राकेशले भान्जीलाई सिकाएछन्, 'सीडीओसँग मेरो बा पनि छैनन्, आमा पनि छैनन्, राकेश मामाले हेरविचार गर्छु भनेकाले म उहाँसँग बस्न थालेको हुँ। यदि हजुरहरूले मेरो पालनपोषण गर्नुहुन्छ भने म उहाँलाई छाड्छु, होइन भने म बेसहारा कहाँ जानू भनेर भन्नु ?'

किशोरीले मामाले भने अनुसार बयान दिइन्। बेसहारा भएकाले राकेशसँग बस्न थालेको बयानपछि उजुरीकर्ता विष्ट र प्रमुख जिल्ला अधिकारी रामप्रसाद अरुण दुवै अप्ठ्यारोमा परे। राकेश हाकाहाकी भन्छन्, "मैले तत्काल बजारबाट सिन्दूर लिएर आएँ र सीडीओकै अगाडि भान्जीलाई सिन्दूर हालिदिएँ। उनीहरू हेरेको हेर्‍यै भए।"

उनका कुनै पनि श्रीमती पाँच वर्षभन्दा बढी सँगै बसेका छैनन्। थोरै बसेकाहरूचाहिँ ६ महिनासम्म बसेको अनुभव छ उनको। "अरूले बिहेको बहानामा केटी बेच्छन्, मैले यो अपराध गरेको छैन," छातीमा हात राख्दै राकेश भन्दै थिए, "पत्ता लगाउन ढिलो होला तर ५२ वटै पूर्वश्रीमतीहरू अहिले कहाँ कहाँ छन्, म भन्न सक्छु।"

उनलाई धेरै बिहेका फाइदा-बेफाइदा पनि थाहा छ। भन्छन्, "पीएचडी गरेकाले भन्दा मलाई महिलाबारे धेरै जानकारी छ। तर, धेरै बिहे गर्नु राम्रो होइन, म अरूलाई यस्तो सल्लाह पनि दिन्नँ।"

५४ वटी महिलासँगको औपचारकि दाम्पत्य जीवनको आधारमा उनले निकालेको महिला-पुरुषबारेको निष्कर्ष पनि रोचक छ। भन्छन्, "नारीहरू कोमल हृदयका हुन्छन् भन्छन्। तर, नारीभन्दा कठोर हृदयको प्राणी यो संसारमा कोही छैन। कुनै पुरुष मन पर्‍यो भने काखको बच्चासमेत छाडेर हिँड्न सक्छन्।" आफूजस्ता पुरुषबारेको उनको विश्लेषण झनै रोचक छ। भन्छन्, "लोग्नेमान्छेचाहिँ पशु हो। ऊ पाँचवटा बच्चाकी श्रीमतीलाई छुटाएर आफूसँग ल्याउँछ। जबकि, ऊ आफूसँग बस्छे कि बस्दिन भन्ने कुराको ग्यारेन्टी छैन।"

अघिल्लो साता कान्छी पत्नी लक्ष्मीका साथ राजधानीको एउटा खाजा पसलमा एक घन्टा लामो कुराकानीको बिट मार्ने बेला उनले रेडिमेट कसम खान भ्याए, "अब अरू बिहे गर्दिनँ, तिम्रै साथमा बाँकी जीवन बिताएर तिम्रै काखमा मर्छु।" अनि, एउटा गीत पनि गाए :

नानीदेखि लागेको बानी, सिस्नुपानी लाउँदा नि' नजानी ।

"बिहे गर्छ, पाल्दैन"
फूलमाया परियार, पहिली श्रीमती
राकेशसँग भेट हुन्छ कि हुँदैन ?

मैले उसलाई किन भेट्ने ? त्यो मेरा लागि मरिसकेको मान्छे हो ।

धेरै बिहे गरी हिँडेको कस्तो लाग्छ ?

गर्दा हो नि बिहे त, पाल्नुचाहिँ परेन । पाल्नु नपरेपछि दिनदिनै बिहे गर्दा होला !

अरू केही भन्नु छ ?

त्यो कस्तो मान्छे हो भन्ने कुरा सारा संसारलाई थाहा छ ।

"५४औँ हुँ भन्ने बिहेपछि थाहा पाएँ''
लिक्ष्मी राउत, ५४औँ श्रीमती
धेरै बिहे गर्ने मान्छे भन्ने थाहा हुँदाहुँदै पनि किन बिहे गर्नुभएको ?

बिहेको मामिलामा उहाँ चर्चित मान्छे हो भन्ने त थाहा थियो । तर, ५४औँ श्रीमती हुँ भन्ने कुराचाहिँ बिहेपछि मात्र थाहा पाएकी हुँ ।

फेरि अर्का बिहे गर्न सक्ने कुराले चिन्ता लाग्दैन ?

पहिल्यैदेखि धेरै बिहे गर्दै आउनुभएको थाहा छ, त्यसैले डर लाग्दैन ।

पहिलेकी श्रीमतीहरूसँग तपाईंको भेट भएको छ ?

दीपा पुलामी मगर र शान्ता पौडेलसँग भेट भएको थियो । आफ्नै खुसीले उहाँहरूले राकेशलाई छाडेर हिँड्नुभयो । शान्तासँग एक महिनाजति सँगै बसेँ । दीपासँग करिब ६ महिनाअघि दुई दिन सँगै बसेकी थिएँ ।

रेश्मा कलीयुगकी श्रवणकुमार !

reshmaतोरबाङ (प्यूठान), वैशाख ११ - त्रेता युगमा श्रवणकुमारले दृष्टिविहीन बुवाआमालाई बोकेर तीर्थयात्रा गराएका थिए । कलीयुगकी रेश्मा कम छैनन् उनीभन्दा । आठ वर्षदेखि ओछ्यान परेका हजुरबा, हजुरआमा र बुवाको स्याहार गर्नेदेखि सिंगै परिवार धान्ने काम उनी एक्लैले गर्दै आएकी छन् ।
तोरबाङ-७ की रेश्माका ५२ वर्षीय बुवा नुमबहादुर, ९० वर्षीय हजुरबुवा नाइटे र ७० वर्षीया हजुरआमा लक्ष्मी आठ वर्षदेखि थला परेर ओछ्यानमा छन् । आर्थिक अभावका कारण उनीहरूको उपचार हुन सकेको छैन । भारतको दिल्लीमा नोकरी गर्न गएका बेला छतबाट खसेर बुवा नुमबहादुर अपांग भएका हुन् । उनको मेरुदण्ड भाँचिएको छ । हातखुट्टा चल्दैनन् । दिसापिसाब गरेको पत्तो पाउँदैनन् । खाना पनि अर्कैले खुवाउनुपर्ने अवस्था छ ।
बुढ्यौलीको सहारा छोरा थला परेपछि चिन्ताले बिरामी परेका रेश्माका हजुरबा नाइटे र हजुरआमा लक्ष्मीको पनि हालत उस्तै छ । उमेर ढल्कँदै गर्दा नाइटेले आँखा देख्न छाडेका छन् । कान पनि सुन्दैनन् । हिँडडुल गर्न सक्दैनन् । लक्ष्मी अर्काको कुरा बुझदनन्, एक्लै बर्बराइरहन्छिन् । छोराकै चिन्ताले सुक्दै गएकी छन् । दिसापिसाब ओछ्यानमै गर्छिन् ।
'उपचार गराउने पैसा नभएपछि छिमेकी दाजुभाइले घरमा ल्याएर पल्टाइदिए, मेरो चिन्ताले बूढा बुवाआमा पनि बिरामी परे,' नुमबहादुरले दुखेसो पोखे, 'घरमा तीनजना बिरामी र साना केटाकेटी स्याहार गर्न नसकेर श्रीमतीले छाडेर गई ।' ओछ्यानमै पल्टिरहनु परेकाले शरीरमा घाउ भएको देखाउँदै उनले दिनहुँ घाउ सफा गर्ने र दुखाइ कम गर्ने औषधि खाँदा आफूलाई मात्र महिनामा १०-१२ हजार खर्च लाग्ने गरेको बताए । 'बिरामी हुँदा सुरुमै उपचारका क्रममा ७० हजार रुपैयाँ सकियो, थप पैसा नभएकै कारण त्यतिबेला अप्रेसन हुन सकेन,' नुमबहादुरले भने, 'सम्पत्तिका नाममा तीन महिना खान पुग्ने पाखो बारीबाहेक अरू केही छैन ।'
साना दुई भाइ र एक बहिनीसहितको परिवारलाई घरखर्चका साथै बिरामी बुवा, हजुरबुवा, आमाको उपचार सबै २४ वर्षीया रेश्माकै जिम्मा छ । 'अर्काकामा काम गरेर खर्च जुटाएँ,' रेश्माले ती दिनहरू सम्झिइन्, 'आमाले छाडेपछि १६ वर्षकै उमेरमा ठूलो जिम्मेवारी आइपर्‍यो ।' रेश्माले यस वर्षदेखि भने गाविसमा सामाजिक परिचालकका रूपमा काम गरेर मासिक ७ हजार कमाउँछिन् । 'काममा जाँदा घरको चिन्ताले सताइरहन्छ,' उनले भनिन्, 'भाइबहिनी स्कुल र काममा जान्छन् । घरमा बिरामी सबै ढलिरहन्छन् । कतिबेला के हुन्छ भन्ने डर भइरहन्छ ।'
१० कक्षा पढ्दै गर्दा सुरु भएको संघर्षले रेश्मालाई बलियो भने बनाएको छ । केही संघसंस्था र व्यक्तिको सहयोगमा उनले पढाइलाई निरन्तरता दिइन् । अहिले स्नातक तेस्रो वर्षको परीक्षा दिएकी छन् । आर्थिक समस्याकै कारण भाइ भक्तबहादुरले ८ कक्षा पढ्दापढ्दै छाडेर मजदुरी गरी आफूलाई सघाउन थालेको उनले सुनाइन् । 'साना भाइबहिनीको भने पढाइ बिग्रन दिएकी छैन,' रेश्माले सुनाइन् ।

चौरासी पूजामा जुटेको गाउँ शोकमा

यज्ञमण्डप भत्काइयो

गुल्मी, वैशाख ११ - ८३ वर्ष पुगेपछि सामाजिक परम्पराअनुसार ८४ पूजा गरिन्छ । सोहीअनुसार दोहोली ३ बाँझस्थित पूर्वमन्त्री गोकर्णराज विष्टको घरमा बुधबार बुबा भीमबहादुर र आमा चिन्तकलाको ८४ पूजाको धुमधाम तयारी थियो ।
चौरासी पूजा, तुलादान र लक्ष्यबत्तीको प्रसाद ग्रहणका लागि गोकर्णले झन्डै ५ सयलाई निम्ता गरेका थिए । घरपरिवारले समेत गरेको निम्ताअनुसार पूजामा १ हजार ५ सयभन्दा बढीको उपस्थिति तयारी थियो । घरमा आफन्तको जमघट बढ्दै थियो । पूजाका लागि घर वरिपरि सजावट र यज्ञमण्डपसमेत बनिसकेको थियो । यसैका लागि आउँदै गरेको परिवार र आफन्तसहितको जिप पाल्पामा मंगलबार दुर्घटनामा परेर ४ जनाको मृत्यु भएपछि बिष्ट दम्पतीको चौरासी पूजामा जुटेको सिंगो गाउँ शोकमग्न भएको छ । गोकर्णराज विष्टका भाइ एवं प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगनकी श्रीमती लता र भान्जी आस्था जिसीको घटनास्थलमै मृत्यु भएको छ । बहिनीज्वाइँ किस्ट बैंकका सञ्चालक एवं बैंकर ज्ञानबहादुर जीसी र उनका दाजु रामबहादुरको उपचार क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको पाल्पाका प्रहरी निरीक्षक राजकुमार खिउजुले बताए ।
मृत्युको खबर पाएलगत्तै स्थानीयवासीले ४/५ दिन लगाएर बनाएको यज्ञमण्डप भत्काएका र ध्वजापताका हटाएका छन् । वृद्ध बाबुआमा बेहोस भए । लामो समयदेखि दम रोगले पीडित बाबु भीमबहादुरको अवस्था गम्भीर छ । 'अत्यन्तै दुखद् घटना भयो,' छिमेकी श्यामलाल अर्यालले भने, 'अहिले हामी यज्ञमण्डप भत्काउँदै छौं, गाउँ पूरै शोकमा डुबेको छ ।' समाजसेवीका रूपमा गाउँमा परिचित भीमबहादुरको चौरासी पूजाको खुसीले गाउँले दिनरात तयारीमा जुटेका थिए । गाउँलेले मंगलबार दिनभर पनि पूजामा बाल्ने बत्ती भिजाउने, तुलादानका लागि सिक्का थैलोमा भर्दै थिए । अर्का छिमेकी गणेश अधिकारीले पूजाको सबै तयारी पूरा भइसकेको अवस्थामा घटनाको खबर आएको बताए । 'दिनभर खुसीसाथ तयारीमा जुटेका सयौं गाउँले सबै शोकमग्न छन्,' अधिकारीले भने, 'खबर पाएपछि कोही कसैसँग बोल्न सकेका छैनन् ।'
चौरासी पूजाका लागि काठमाडौंबाट विष्ट परिवार, आफन्त, छिमेकीसहित ३ गाडी मंगलबार गुल्मी आउँदै थिए । गोकर्ण ७ गते नै गाउँ आएका थिए । गगन पनि आइतबार गाउँ पुगेका थिए । गगनकी श्रीमती लता, दिदी उमा, भिनाजु ज्ञानबहादुर, भान्जी आस्था, छोरा सिद्धान्त, भान्जा आदर्श एउटै गाडीमा थिए । उनीहरू चढेको गाडी दुर्घटनामा परेको हो ।

 

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव

आमसञ्चारमा आदिवासीको समान पहुँच र सहभागिता' भन्ने नारासहित अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु हुन लागेको छ । 'सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव (निफ)-२०१३' आउँदो वैशाख १२ देखि १५ गतेसम्म काठमाडौंमा हुने भएको हो । विगतझैं यस वर्ष पनि यो महोत्सव काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा चार दिनसम्म सञ्चालन हुनेछ । यो महोत्सव आइफा -इन्डिजिनियस फिल्म अर्काइभ) ले आयोजना गर्न लागेको हो ।

'सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव -निफ)-२०१३' का लागि नेपालसहित २१ देशका छोटा/लामा चलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, प्रयोगात्मक चलचित्र तथा म्युजिक भिडियो प्रदर्शन गरिने भएका छन् । नेपालबाट २५ वटा एवं विदेशबाट ६८ गरी महोत्सवका लागि ९३ वटा चलचित्र प्राप्त भएका छन् ।

महोत्सवमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इक्वेडर, जर्मनी, होन्डुरस, भारत, इजरालय, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, रसिया, इथोपिया, स्पेन, स्विट्जरल्यान्ड, पेरु, ताइवान, अमेरिका तथा नेपालका चलचित्र सहभागी छन् ।

महोत्सबका लागि तोकिएको अन्तिम तिथि चैत १८ सम्म प्राप्त यी ९३ वटा चलचित्रबाट छानेर उत्कृष्ट चलचित्रहरू प्रदर्शन गरिनेछ । नेपालबाट प्राप्त २५ चलचित्र एवं वृत्तचित्रहरू मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदि समुदायका छन् । आदिवासी चलचित्रकर्मीले निर्माण गरेका गैरआदिवासी विषयका चलचित्र पनि यो महोत्सवमा सहभागी छन् । 

चिन्तित छैनन् नन्दिता

नायिका नन्दिता केसीलाई चलचित्रमा नदेखिएको धेरै भयो । उनी चलचित्रमा नदेखिनुलाई दुई प्रकारले टिप्पणी गर्न थालिएको छ । नयाँ चलचित्रबाट प्रस्ताव नआएकाले उनी फुर्सदमा भएको एउटा दाबी छ भने चित्तबुझ्दो चलचित्र नपाएकाले काम नगरेको स्वयं नन्दिताको तर्क छ । राम्रो अभिनय गर्न सक्ने नायिकाका रूपमा स्थापित भैसकेकी नन्दिताले नयाँ चलचित्र नपाउनु आफैंमा आश्चर्यको कुरा हो । चलचित्र नपाएर के भो' त ? नन्दितालाई यो कुराले चिन्तित बनाएको छैन । उनी चलचित्रमा गर्न नपाएको काम म्युजिक भिडियोहरूमा गरिरहेकी छिन् । हालै छायांकन गरिएको प्रदीप निरौला निर्देशित एउटा भिडियोमा त उनी वृद्ध महिलाको भूमिकामा समेत प्रस्तुत भैसकेकी छिन् । यसबीच नन्दिताले एउटा टेलिभिजन कार्यक्रममा समेत 'पार्ट टाइम जब' पाएकी छिन् । भिडियो जक्कीका रूपमा नन्दिता यतिबेला आफ्नै सहकर्मी नायक-नायिकाहरूको कामको मूल्यांकन गरिरहेकी छिन् ।

मनीषामा बीपीको झझल्को पाएँ

मनीषाका बारेमा भारतीय सञ्चारमाध्यममा फरक-फरक समाचार आइरहेका छन्, एउटै व्यक्तिका बारेमा फरक-फरक समाचार किन ?

मनीषाका बारेमा भारतमा ठूलो चासो छ । उनी कुनै बेला बलिउडकी नम्बर वान नायिका हुन् । फेरि उनको सम्बन्ध सबै टप व्यक्तिहरूसँग छ । उनीजस्तो अभिनय गर्ने व्यक्ति कमै भेटिन्छन् । यस्ती व्यक्तिका बारेमा चासो हुनु स्वाभाविक हो । उनी उपचारको सिलसिलामा भएका कारण धेरैलाई भेट्न सक्दिनन् । यस्तो बेलामा समाचार त चाहियो । त्यसैले होला, एउटा सानो खबर पाउनेबित्तिकै जोड जाड पारेर समाचार आउँछ । मलाई पनि धेरैले सोधेर हैरान बनाउँछन् । केही नभन्दा नभन्दै केही त बोल्नैपर्छ । त्यसपछि त समाचार भैहाल्यो ।

आखिर भएको कुरा बाहिर ल्याउँदा त भैहाल्यो नि, समस्या के छ ?

बाहिर ल्याउने कुरा बाहिर आएकै छन् । कुरा के मात्र हो भने भएको भन्दा बढी हल्ला बाहिर आउँछ । सेलिब्रेटी भएपछि यस्तै हुन्छ क्यारे ! मनीषाको इच्छाचाहिँ के छ भने उनी आफंै निको भएर प्रेससँग बोल्न चाहन्छिन् । कुरा बढ्दै गएर इमेजमै नकारात्मक असर पर्छ कि भन्ने चिन्ता उनलाई छ । उनी आफैंले क्लियर गर्ने योजना बनाएकी हुनाले हामीले सबै कुरा बाहिर नल्याएका हौं ।

मनीषालाई कुन क्यान्सर भयो, त्यो कुन स्टेजमा थियो भन्ने कुरामा पनि विवाद छ, किन होला ?

यसमा विवाद छैन । ओभरी क्यान्सर भएको हो । त्यो तेस्रो स्टेजमा पुगेको रहेछ । तुरुन्तै सुविधासम्पन्न अस्पतालमा पुर्‍याइएको हुनाले अप्रेसन भैहाल्यो । ६ पल्ट किमो दिनुपर्ने थियो, पाँचपल्ट दिइसकियो । अब एकपल्ट दिए पुग्छ । त्यसको केही समयपछि नै उनी नेपाल आउँछिन् । अब निको हुन्छ भन्ने लाग्छ ।

तपाईंले मनीषाका केही तस्बिर फेसबुकमा हाल्नुभएको थियो । ती तस्बिरमा मनीषा उस्तै सुन्दर देखिन्छिन् । किमो दिएको विरामी त्यति प|mेस कसरी हुन सक्छिन् ?

मनीषामा अद्भुत आत्मविश्वास छ । जब म मनीषालाई यो अवस्थामा पनि मुस्कुराइरहेको देख्छु, बीपीको सम्झना आउँछ । त्यो बेला म सानै थिएँ । बीपीलाई घाँटीको क्यान्सर थियो । उहाँ भेट्न आउनेहरूसँग हाँसेर बोल्नुहुन्थ्यो, विवाद गर्नुहुन्थ्यो र अर्ती-बुद्धि दिनुहुन्थ्यो । उहाँको शैली देखेर उहाँ त्यत्रो रोगसँग लडिरहनुभएको छ भन्ने पटक्कै विश्वास नलाग्ने । अहिले मनीषा ठ्याक्कै त्यसै गर्छे । उसका कारण परिवारले, सहयोगीहरूले दुःख पाए भनेर चिन्ता गर्छे । ऊसँग बस्दा ऊ रोगी छे भन्ने नै लाग्दैन । त्यही आत्मविश्वास तस्बिरमा देखिएको हो ।

यो आत्मविश्वास कसरी पलायो भन्ने लाग्छ ?

मनीषाले सानै उमेरमा सबै किसिमको जिन्दगी देखी । ऊ राजनैतिक परिवारमा जन्मिएकी हुनाले उसको राम्रो स्याहार हुन सकेन । आफैं आफ्नो स्याहार गर्न सिकी । त्यसमाथि प्रतिबन्धित अवस्थामा उनीहरूलाई धेरै दुःख थियो । उसले दुःख के हो सानैदेखि बुझ्न पाएकी थिई । त्यसमाथि उसले मुम्बईमा ठूलो संघर्ष गर्नुपर्‍यो । एउटी नेपाली चेलीलाई त्यहाँ स्थापित हुन कति गाह्रो भयो भन्ने कुरा सुन्दा हामीलाई कथा सुनेजस्तो अचम्म लाग्छ । ऊ धेरै माथि पनि पुगी र सबै किसिमका आरोप-प्रत्यारोप सहदै आई । ती सबैले उसलाई जीवन र मानिसको चरित्र बुझ्न सजिलो भयो । त्यसमाथि केही वर्ष यता उनले अध्यात्मसम्बन्धी ज्ञान हासिल गरेकी छिन् । सकेसम्म ध्यान गर्छिन् । यसले उनलाई मृत्युलाई पनि चिन्न सजिलो भयो । मानिसले जीवन बुझेपछि उसलाई मृत्यु जित्न पनि सजिलो हुने रहेछ ।

अमेरिकाजस्तो स्थानमा पाँच महिनादेखि महँगो उपचार र बसाइ कसरी धानिरहनुभएको छ ? कति खर्च लाग्यो ?

खर्च कति भयो भनेर मैले सोधेकी छैन । मेरो सहयोगको आवश्यकता भए पक्कै पनि कुरा भैहाल्थ्यो । उनी २० वर्षसम्म त्यत्रो ठूलो चलचित्र नगरीकी नायिका भएकी मानिस उनको उपचार खर्चमा त्यति समस्या हुन्छ भन्ने मलाई लाग्दैन । तैपनि ६-६ महिना अमेरिकाको महँगो क्यान्सर अस्पतालमा उपचार गर्दा समस्या त आइहाल्छ ।

व्यक्तिगत रूपमा तपाईं मनीषाको उपचारबाट सन्तुष्ट हुनुहुन्छ ?

म सार्‍है सन्तुष्ट छु । अमेरिकामा उपचार गर्ने तरिका साँच्चै आधुनिक एवं द्रुत छ । त्यहाँ मानिसको जीवनलाई ठूलो महत्व दिइन्छ । त्यसमाथि मनीषाको अप्रेसन गर्ने डा. डेनिस सी तथा अनकोलोजिस्ट बिकी म्यानरले दिलोज्यान दिएर उनको सेवा गरेका छन् । म्यानहटनको स्लोन्स क्याडारिङ क्यान्सर रिसर्च सेन्टरले क्यान्सरको उपचारमा पाएको प्रसिद्धिका कारण पनि म सन्तुष्ट छु । उनी पहिलो पटक अप्रेसन हुँदा १३ दिन अस्पताल बसेकी थिइन् । त्यही बेला नै ममा उनी निको हुन्छिन् भन्ने विश्वास पलाएको थियो ।

- मृदुला कोइराला,

मनीषाकी पारिवारिक सदस्य एवं महिला नेतृ

यौन जिज्ञासा र समाधान


यसो गर्दा भविष्यमा कुनै असर त गर्दैन ?

म १८ वर्षीय युवक हुँ। मेरो समस्या भनेको म जहिले पनि उत्तेजित अवस्थामा हुनु हो। मेरो मनमा खाली यौनसम्बन्धी कुरा मात्र आइरहन्छ। कुनै युवतीलाई देख्नासाथ उत्तेजित भैहाल्छु। त्यही भएर म सन्तुष्टिका लागि दैनिक हस्तमैथुन गर्छु। यसो गर्दा भविष्यमा कुनै असर त गर्दैन ?



किन जहिले पनि उत्तेजित ?  

 हामी सबै यौनिक हुन्छौं। प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यो सबै स्वस्थ व्यक्तिमा हुन्छ। मानव जीवनका लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छ। एक त भ्लमयअचष्लभ कथकतझ (इन्डोक्राइन सिस्टम) अन्तर्गतका हार्मोन -रागरस) हरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ। त्यसैगरी अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्छ।

यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरूको विशेष भूमिका हुन्छ। हाम्रा पाँचै इन्दि्रय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौन गहिरो रूपमा सम्बन्धित हुन्छ।

स्पर्श ः चर्म -छाला) नै बाह्य सम्पर्कमा आउने अङ्गको प्रमुख ज्ञानेन्दि्रय हो। अन्य कतिपय कार्यका लागि अहम् मूमिका खेल्ने जस्तै यौनकार्यमा पनि सायद यो सबैभन्दा महत्वपूर्ण छ। केही विशेष भागको छाला यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो।

दृष्टि : यौनका सन्दर्भमा स्पर्शपछि सायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुन्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ।

त्यसैगरी व्यक्तिको यौन जीवनमा गन्ध -सुगन्ध वा व्यक्तिको शरीरको गन्ध), स्वाद अनि ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ।

तपाईंको हकमा यहि दृष्टि अर्थात् हेराइबाट सन्देश मस्तिष्कमा पुगेपछि उत्तेजित हुनुले नै पिरोलेको देखिन्छ। एक किसिमले भन्ने भन्ने हो भने यो स्वाभाविक हो, तर मुख्य कुरा भनेको यसरी आउने यौनभावना वा उत्तेजनालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो।

यौन उत्तेजनाको व्यवस्थापन

हामी सबै यौनिक हुने र हामीलाई अनेक कुरा यौन उत्तेजक लाग्छन् र कतिपय परिस्थितिमा हामीमा मनभित्रको मात्र यौन उत्तेजना नभै बाहृय रूपमा लिङ्गको उत्तेजनाका रूपमा पनि देखापर्छ। विशेष गरेर यौन उत्तेजना तीव्र हुने किशोरावस्थामा यस्तो समस्याले पिरोल्छ। उमेर बढ्दै गएपछि यौनेच्छाको तीव्रतामा पनि केही कमी आउँछ भने अर्कातिर सामाजिक मूल्य-मान्यताअनुरूप के-कस्तो व्यवहार खुला रूपमा प्रदर्शित गर्न मिल्छ र के मिल्दैन भन्ने कुरा पनि व्यक्तिले सिक्दै जान्छ। कुनै पनि समाजमा यो सिक्नु आवश्यक मानिन्छ। अर्को भाषामा भन्दा हामी यसलाई यौन भावनाको व्यवस्थापन भन्छौं।

सामाजिक मूल्य-मान्यताको परिधिभित्र रहेर यौनसम्पर्क राख्ने अनि यौनेच्छा परिपूर्ति गर्ने व्यवस्था समाजले मिलाएको हुन्छ। विवाह यस्तै एउटा व्यवस्था हो। विवाह नभएसम्म यसलाई व्यवस्थापन गर्नु आवश्यक हुन्छ। समष्टिमा यौनभावनाको व्यवस्थापन अपरिहार्य हुन्छ नै र यसलाई कसरी अघि बढाउने भन्ने कुरा आफैंमा भर पर्छ।

सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागू हुन्छ। यौन क्रियाकलाप गर्न केही निश्चित स्थितिबाहेक अनुमति दिइएको देखिँदैन। विवाहभित्रको यौनसम्पर्कलाई प्रायः सबैजसो समुदाय वा धार्मिक सम्प्रदायले मान्यता दिएको देखिन्छ। यौन क्रियाकलापमा बन्देज वा खुलापन यौनसम्पर्कमा मात्र सीमित नभै अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन यसको उदाहरण हो।

भविष्यमा कस्तो असर पर्ला ?

अहिले विवाह गर्ने उमेर निकै पछिल्तिर धकेलिएको छ र आफ्नो यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहारा लिनु स्वाभाविक कुरा नै हो। वैज्ञानिक रूपमा नै यो एक स्वाभाविक प्रक्रिया हो, सामान्य तथा यौन स्वास्थ्यमा यसको कुनै असर पर्दैन भन्ने कुरा प्रमाणित भै नै सकेको छ। यसको आफ्नै नकारात्मक असर नहुँदा-नहुँदै पनि समाज यसप्रतिको गलत धारणाले निकै समस्या निम्त्याएका छन्। यसप्रति कडा प्रतिबन्ध लागेको र गलत तरिकाले यसका नकारात्मक असरहरूका बारेमा चर्चा गरिँदा कुनै पनि व्यक्तिको मानसिकतामा असर पर्न सक्छ।

तपाईं कस्तो यौन वातावरणमा हुर्किनुभयो लेख्नुभएको छैन। यदि तपाईं यौन संकृचित वातावरणमा हुर्किनुभएको हो र यस विषयमा समाजमा विद्यमान नकारात्मक धारणा र कडा रूपमा वर्जित गरिएको स्थितिमा हुर्किनुभएको हो र त्यसका बाबजुद मनमा एक प्रकारको द्वन्द्व भएको स्थितिमा पनि हस्तमैथुन गर्ने गर्नुभएको हो भने तपाईं एक किसिमले दोषीपनको सिकार हुन पुग्नुहुनेछ। तपाईंले शरीरले प्राकृतिक रूपमै मागेको भए पनि मनभित्र द्वन्द्वको स्थितिमा त्यसलाई निरन्तरता दिँदा स्वाभाविक रूपमा विभिन्न किसिमका मानसिक असर पर्न सक्छन्। कुरा जे भए पनि हस्तमैथुनलाई नै तपाईंको समस्याको सारा दोष थोपर्नु आवश्यक छैन।

सामान्य परिस्थितिमा यसले यौन तनावलाई शान्त पार्न मद्दत नै गरेर सहयोग गर्छ। हस्तमैथुन गर्दा धनको अनावश्यक खर्च नहुने त छँदैछ, एचआईभी वा यौनरोग लाग्ने जोखिम पनि छैन। हस्तमैथुन गरेका कारण पछि महिलासँग यौनसम्पर्क राख्न वा त्यसबाट यौन सुख प्राप्त गर्न कुनै असजिलो पर्दैन। हस्तमैथुन गरेका कारण नपुंसकता हुने वा सन्तान जन्माउने कुरामा पनि असर पर्दैन। त्यसो हुँदो हो त सबैजसो पुरुष नै नपुंसक वा निःसन्तान हुन्थे होलान्, किनभने सबैजसोले जीवनमा कुनै कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्। त्यसैले अनावश्यक रूपमा चिन्ता नलिनु नै उपयुक्त हुन्छ।  

कोरियामा तीन नेपाली प्रहरीको शरणमा

koreaसोल, वैशाख ९ - ईपीएसमार्फत रोजगारी गर्न कोरिया आएका तीन नेपाली कामदार प्रहरीको शरण पुगेका छन् । आफ्नै कम्पनी व्यवस्थापकले कुटपिट गरेपछि ज्यान जोगाउन ती नेपाली इच्छन प्रहरी कार्यालय पुगेका हुन् । ख्यङगीदो इच्छनस्थित मिरे कन्सल्ट नामक कम्पनीमा काम गर्न तीन महिनाअघि कोरिया आएका उनीहरूलाई व्यवस्थापक फेले भाषा नजानेको भन्दै पटक-पटक कुटपिट गरेको थिए । कोरियामा भाषा नजानेकै कारण कुटिने प्रवासी मजदुरको संख्या दिनदिनै बढिरहेको छ ।
त्यसरी कुटिनेमा गुल्मीका विक्रम जोशी, धरानका रामकुमार राई र पोखराका मोहन अधिकारी छन् । आल्मुनियमको फ्याल-ढोका बनाउने उक्त कम्पनीमा चार नेपाली र कम्बोडियाली, चिनियाँसहित ११ प्रवासी मजदुर कार्यरत छन् । कम्पनीमा आएदेखि नै कुटपिट गरेपछि बुधबार प्रहरीको शरणमा परेको पीडितले बताए ।
इच्छन प्रहरी कार्यालयले कम्पनीका मालिक रु जङ हयन र व्यवस्थापक फेसँग बयान लिएको छ । बयानमा मालिक हयनले कम्पनी व्यवस्थापनबाट गल्ती भएको स्वीकारेका छन् । 'मेरो व्यवस्थापकबाट भएको गल्तीप्रति म दुःखी छु, पीडितहरूको चाहना के छ त्योअनुसार गर्न तयार छु ।' मालिक रुले बयानमा भनेका छन् । बयानपछि मालिक तथा व्यवस्थापक दुवैले आत्मालोचना गर्दै पीडित कामदारसमक्ष माफी मागेका छन् ।
प्रहरी कार्यालयका अधिकृत सीन ग्यङ छलले नेपाली कामदारले आवश्यक ठाने मुद्दा दर्ता गर्न सहयोग गर्नेसमेत बताए । उनले पीडित कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह दिए पनि कम्पनीले हालसम्म मेडिकल कार्ड उपलब्ध नगराएकाले स्वास्थ्य परीक्षण्ामा समस्या भएको पीडितले उल्लेख गरे ।
त्यसैगरी इन्छन औद्योगिक क्षेत्रको जिन योङ कम्पनीमा कार्यरत रमेश थापालाई कोरियाली कामदार छोले बिहीबार कुटपिट गरेका छन् । छोको कुटाइबाट थापाको घाँटी र शरीरको अन्य भागमा चोटपटक लागेको छ । थापाको उपचार र कानुनी सहयोग कोरिया साना तथा मझौता उधोग महासंघका कर्मचारी वाङदी लामाले सहयोग गरेका छन् । प्राथमिक उपचारपछि थापा आज कम्पनी फर्केका छन् ।
दुवै स्थानको घटनालाई सोलस्थित नेपाली दूतावासले अध्ययन गरिरहेको र दुव्र्यवहार गर्ने कम्पनीहरूलाई निगरानीमा राखिने श्रम सहचारी अनिलकुमार गुरुङले बताए । 'साहुले नभई कामदारले दुव्र्यवहार गरेकाले कालोसूचीमा राख्न मिलेन,' गुरुङले भने, 'हामीले अध्ययन गरिरहेका छौं, आवश्यक परे कालोसूचीमा समेत राख्न सक्छौं ।' कामदार कुटपिट तथा दुव्र्यवहार गर्ने कम्पनीलाई नेपाली दूतावासले कालोसूचीमा राख्ने गरेको छ । कालोसूचीमा परेका कम्पनीले पुनः नेपाली कामदार लिन पाउँदैनन् ।
 

कोरियामा १९ वर्षदेखि नेपाली बेपत्ता

सोल (दक्षिण कोरिया), वैशाख १० - १९ वर्षअघि कोरिया आएका काठमाडौं-१५ भुइँखेलका अनिलकुमार अधिकारीको अत्तोपत्तो छैन । पर्यटकका रूपमा २०४८ असोज २५ मा कोरिया आएका उनी २०५० देखि सम्पर्कविहीन भएका हुन् । 'धन कमाएर ल्याउँछु' भन्दै कोरिया आएका उनको खबर नपाउँदा परिवार चिन्तित छ । उनलाई पर्खंदापर्खंदै बुबाको मृत्यु भइसकेको छ भने भाइ र वृद्ध आमा उनको बाटो हेरिबसेका छन् ।
सम्पर्क गर्न छाडेदेखि खोजी गरिरहेको दिदी सिर्जना अधिकारीले बताइन् । होटल व्यवसाय गर्दागर्दै पोखराका डेभिड सुवेदीको सहयोगमा १५ दिने भिसा लिएर अनिलकुमार कोरिया छिरेको उनले फोनमा बताइन् ।
केही महिनाअघि काठमाडांैका राजीव कँडेलले सोल मोकदोङस्थित केन्द्रीय अध्यागमन विभागमा जाहेरी दिएका थिए । तस्बिर र अन्य विवरणसहित दिइएको निवेदनपछि एक महिना लामो अनुसन्धान गरी विभागले 'कोरियाबाट हालसम्म बाहिर नगएको र बन्दीगृहमा पनि नरहेको' जानकारी दिएको छ । बाहिरिएको नदेखिएपछि यहाँको मानसिक अस्पताल एसोसिएसनको सहयोगमा खोजी गर्दा 'अस्पतालमा कुनै नेपाली नपाइएको' कँडेलले बताए ।
केही समय कोरियाली अध्यागमन विभागमा नेपाली भाषा अनुवादक काम गरेका कँडेलले विभागमा हवाईमार्गबाट बाहिरिनेको मात्र तथ्यांक हुने भएकाले 'अनिल कोरियामै रहेको वा पानीजहाजबाट अन्य मुलुकमा गएकोे' भन्नेबारे अन्योल रहेको बताए । त्यसताका दलालमार्फत जहाजबाट अवैधानिक रूपमा जापान जाने गरिन्थ्यो ।
त्यसैगरी पाँचथर एकतीन-५ का रवीन्द्र जबेगु पनि ९ वर्षदेखि कोरियाको आनसान सहरबाट बेपत्ता छन् । २०४८ मा पर्यटकका रूपमा कोरिया छिरेका उनी २०६१ बाट सम्पर्कविहीन भएका हुन् । रवीन्द्रका भाइ सुरेन्द्रका अनुसार २०६१ सम्म परिवारसँग फोन सम्पर्कमा रहे पनि त्यसपछि भने कुराकानी भएको छैन । उनी पूर्वसहायक मन्त्री मनबहादुर जबेगुका काइँला छोरा हुन् । 'रवीन्द्र आनसानको एक कम्पनीमा काम गथ्र्यो र एक कोरियन महिलासँग उनको प्रेम सम्बन्ध पनि थियो,' लामो समयदेखि आनसानमा बस्दै आएका अमर लिङदेनले भने । उनले व्यापक खोजी गरे पनि पत्ता लगाउन नसकिएको बताए ।
२०४८ मै कोरिया आएका किराँत याक्थुङ चुम्लुङ कोरियाका पूर्वअध्यक्ष नारद साम्मेखाम लिम्बुले रवीन्द्रलाई २०६१ को माघमा एक कोरियन महिलाले देखेको तर त्यसपछि कतै देखा नपरेको बताए । बेपत्ता भएका दुवैका परिवारले व्यक्तिगत रूपमा खोजी गरे पनि सरकारीस्तरमा कुनै निवेदन दिएका छैनन् । सोलस्थित नेपाली दूतावासका एक अधिकारीले बेपत्ता भएका परिवारले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर कार्यालय वा सोलस्थित नेपाली दूतावासमा निवेदन दिए प्रक्रिया अघि बढ्न सक्ने बताए ।
यस्तै ०४९ सालमा सोलको छायाङदोङबाट घान्द्रुक किम्जेकी चन्द्रा गुरुङ बेपत्ता भएकी थिइन् । उनलाई साढे छ बर्षपछि योङगीनको एक मानसिक अस्पतालबाट उद्धार गरिएको थियो । कोरियाली भाषा नजानेकै कारण्ा मानसिक सन्तुलन ठीक नभएको भन्दै प्रहरीले पका्रउ गरेको तथ्य चन्द्रा मुक्त भएपछि खुलेको थियो ।