१९ वैशाख, काठमाण्डौं । विश्वका अधिकांश
पर्यटकीय सहरमा पुगेका रसियन यौनकर्मीले नेपाललाई समेत आफ्नो गन्तव्य बनाउन
थालेका छन् । पर्यटन भिसामा नेपाल आएर रसियन युवतीहरु यस्तो धन्दामा
लागेका हुन् । राजधानीका क्यासिनोलाई उनीहरुले आफ्नो अखडा बनाउँदै आएका छन्
।
स्रोतका
अनुसार क्यासिनोमै उनीहरुले ग्राहक खोज्ने गरेका छन् । पश्चिमी पर्यटकलाई
एक सय डलर तथा भारतीयलाई उनीहरुले १० हजार भारुसम्म असुल्ने गरेको स्रोतले
बताएको छ । र्याड, अन्ना, भेनस, एभरेस्ट, तारा, रोयललगायतका क्यासिनोमा
आजभोलि रसियन यौनकर्मी भेटिने गरेका छन् । रोयल क्यासिनोका सञ्चालक मिलन
सापकोटा क्यासिनोहरुमा रसियन यौनकर्मीदेखि थालेको बताउँछन् । काठमाण्डों
परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिंह पनि रसियन यौनकर्मीहरु
काठमाण्डौंमा रहेको हल्ला सुनिएको बताउँछन् ।
स्रोतका अनुसार उनीहरु ठमेल क्षेत्रका
होटलमा बस्ने गर्दछन् । क्यासिनोका कर्मचारीले नै उनीहरुलाई ग्राहक
खोजिदिने गरेको नयाँ पत्रिकामा खबर छ । रसियन यौनकर्मीहरु केही महिनायता
राजधानीमा देखिएका हुन् । धेरै पैसा दिने ग्राहकहरु क्यासिनोमा हुने भएकाले
उनीहरुले क्यासिनोलाई अखाडा बनाउने गरेका हुन् ।
No comments:
Post a Comment