छोटकरीमा अस्ट्रेलिया
अस्ट्रेलियाको पूरा नाम कमनवेल्थ अफ अस्ट्रेलिया हो। सन् २००९ को संयुक्त राष्ट्रसंघको तथ्यंाकअनुसार अस्ट्रेलियाको जनसंख्या २ करोड १५ लाख छ। अस्ट्रेलियाको राजधानी क्यानवेरा हो भने सबैभन्दा ठूलो शहर सिड्नी हो। अस्ट्रेलियाको कुल क्षेत्रफल लगभग ७६ लाख ९२ हजार वर्गकिलोमिटर छ।
यहाँको मुख्य भाषा अंग्रेजी हो। यहाँ क्रिस्चियन धर्मावलम्बीहरू बढी छन्। अस्ट्रेलिया सुरक्षित पनि छ। त्यहाँ राजनैतिक स्थिरता छ। मल्टी कल्चरल यो मुलुकलाई विश्वभर उपयुक्त शैक्षिक गन्तव्यका रूपमा चिनिन्छ।
कमाइ र मौसम
अस्ट्रेलियामा अध्ययन गर्न गएका सबै अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागि अनुमति पाउन सक्छन्। विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउँछन् भने भ्याकेसनका बेला फुल टाइम काम गर्न पाउँछन्। यो समयमा काम गरेर विद्यार्थीहरूले पैसा बचाउन सक्छन्। तल्लो तहका विद्यार्थीले निश्चित समयमात्र काम गर्न पाउँछन्, तर यदि विद्यार्थी डिग्री वा त्यसभन्दा माथि अध्ययनरत छन् भने अनलिमिटेड काम गर्न पाउँछन्।
अस्ट्रेलियाको मौसम उपयुक्त छ, जुन समुद्रको प्रभावमा पर्छ। अस्ट्रेलियाको धेरै भूभाग अर्ध सुख्खा र मरुभूमि छ। दक्षिणी क्षेत्रको मौसम सुहाउँदो र उब्जाउ छ भने उत्तरी क्षेत्र समशीतोष्ण खालको छ। जसमा वषर्ा हुने खालका जंगल, घाँसेजमिन तथा मरुभूमि छन्। त्यहाँका धेरैजसो जनता उपयुक्त तापक्रम भएको दक्षिण पूर्वमा बसोवास गर्छन्।
जब मार्केट र भिसा
विदेशबाट अध्ययन गर्न गएका विद्यार्थीका लागि रोजगारी अवसर उनीहरूले पाएको भिसाका आधारमा तय हुन्छ। अस्ट्रेलियामा डाक्टर, टिचर, अकाउन्टेन्ट, प्लम्वर, नर्स, कार्पेन्टर, डेन्टिस्ट तथा आईटीमा राम्रो जब स्कोप छ।
यस विषयमा विस्तृत जानकारी डिपार्टमेन्ट अफ इमाइग्रेसन र सिटिजनसिप वेबसाइट बाट प्राप्त गर्न सकिन्छ। ग्राजुएट स्टुडेन्ट र अस्ट्रेलियाको पिआर पाएका व्यक्तिले रोजगारीको राम्रो अवसर पाउँछन्। प्ा्रोसेसिङ टाइम विद्यार्थीको पहल अनुसार हुन्छ।
विद्यार्थीले प्रोसेसिङ गरेको तीन महिनाभित्र भिसा पाउँछन्। कतिपय एप्लिकेसनले भने समय लगाउन सक्छन्। विद्यार्थीको पुनः मेडिकल रिपोर्ट र केही बैंक एकाउन्ट एवं शैक्षिक डकुमेन्टका कारण बढी समय लाग्न सक्छ।
शैक्षिक प्रणाली
प्लस टु सकेपछि विद्यार्थीहरू उच्च शिक्षाका लागि अस्ट्रेलिया आउँछन्। यहाँ ब्याचलर, मास्टर र डाक्टर तह अध्ययन गर्न आउनेहरू धेरै छन्। अन्डरग्राजुएट डिग्रीका लागि दुईवर्षे एसोसिएट डिग्री अथवा चारवर्षे डिग्री उत्तीर्ण गरेको हुनुपर्छ। ब्याचलर डिग्री लिन ३ देखि ४ वर्ष लाग्छ। मास्टर डिग्री पूरा गर्न १ देखि २ वर्ष लाग्छ।
मास्टर डिग्रीमा अध्ययन गर्न ब्याचलर डिग्री पूरा गरेको हुनुपर्छ, जहाँ ब्याचलर डिग्रीभन्दा एडभान्स विषयहरू हुन्छन्, जसमा रिसर्च, कोर्स वर्क अथवा दुवै गर्नुपर्छ। मास्टर डिग्री पूरा गरेपछि पिएचडी प्रोग्राममा सहभागी हुन सकिन्छ।
अस्ट्रेलियामै अध्ययन किन ?
विश्वभर अस्ट्रेलियामा अध्ययन गर्न जाने लहर छ। त्यसैले अस्ट्रेलिया अहिले उच्च श्ािक्षाका लागि पहिलो गन्तव्य बनेको छ। धेरैजसो विद्यार्थी विश्वविद्यालयको वैकल्पिक शिक्षा एवं सीपमूलक विषयका लागि अस्ट्रेलिया अध्ययन गर्न जान चाहन्छन्। बिजनेस, इन्फोर्मेसन टेक्नोलोजी, इन्जिनियरिङ, टुरिज्म र हस्पिटालिटीजस्ता फिल्ड उनीहरूको रोजाइ हुन्छ। अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरूसँगै अहिले त्यहाँ विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढ्दो छ।
विशेषता ः
- अन्तर्राष्ट्रिय रूपमा चिनिएको, विश्वमै स्थापित शैक्षिक गुणस्तर छ।
- विद्यार्थीलाई आकर्षण गर्ने हजारौं अध्ययन कार्यक्रम छन्।
- दक्ष तथा अनुभवी शिक्षकहरूसँगको संगत हुन्छ।
- विश्वका उत्कृष्ट विद्यार्थीले यहाँबाट श्ािक्षा लिएका छन्।
- अिस्ट्रेलिया सुरक्षित हुनुका साथै त्यहाँ बन्धुत्वको भावना छ। त्यसबाहेक यहाँको राजनैतिक स्थिरतासँगै अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनको ढोका सधैं खुला छ।
- विद्यार्थीलाई पार्ट टाइम वर्क परमिटको व्यवस्था छ ।
- खर्च गर्न सकिने मूल्यमा राम्रो बसाइ छ ।
- अन्य पश्चिमी राष्ट्रभन्दा कम शुल्क छ ।
- मल्टीकल्चरल सोसाइटी छ ।
- उत्कृष्ट पुस्तकालयहरू छन् ।
- वर्तमानको आवश्यकतानुरूप प्रविधियुक्त प्रयोगशाला छन्।
No comments:
Post a Comment