कुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको
अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता
निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार
जंगलमा फालेर हिड्न सक्दा रहेछन ।
चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई अनकण्टार
जंगलमा फालेर परपुरुषसँग रात बिताएको खुलासा भएको छ । पर्वतको मुडिकुवा
गाविसमा पर्ने सिर्सुवाको जंगलमा बच्चलाई छाडेर सदरमुकाम कुश्मामा मिनाले
प्रेमीसँग रात बिताएकी हुन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा
फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ ।
सँधै बच्चा लिएर हिड्ने मिना कुश्मा बजारमा एक्लै हिँडेको देखेपछि
स्थानियले प्रहरीलाई खबर गरेका थिए । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा
माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार
दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी
थिइन । खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा
बुधबार दिउँसो २ बजे प्रहरी र आफन्तले जिवीतै उद्दार गरेका हुन् ।
मिनालाई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ । सात बर्षअघि चितवनको
नारायणघाटमा बसोबास गर्ने कृष्ण पौडेलसँग अन्तरजातीय प्रेम विवाह गरेकी
मिना गत माघदेखि माइतीघरमा बस्दै आएकी थिइन् । माइतीघरमा बस्दा मिनाको
फलेवासका एक युवासँग प्रेम सम्बन्ध सुरु भएको थियो । तर ती युवाले बच्चा
भएकाले बिबाह गर्न नसक्ने बताएपछि बच्चालाई ज्युँदै जंगलमा छाडेर हिंडेको
मिनाले बताएकी छन ।
बच्चाको पर्वत जिल्ला अस्पतालमा उपचार गराई थप उपचारका लागि पोखरा पठाइको छ
। बच्चामा निमोनियको संक्रमण देखिएको छ । बच्चालाई जंगलमा छाडेको हुनाले
महिलालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न
अनुसन्धान भइरहेको छ ।
मिनाका ५ बर्षिय छोरा किस्मत र ३ बर्षिय छोरा काले पनि मामा घर बस्दै आएका छन् ।

No comments:
Post a Comment