सेलिब्रेटी नेपाल १९ बैशाख-नेपाली संगीत बजार अहिले निकै सुस्तयाको छ ।
नेपाली सुगम संगितमा छुट्टै पहिचान वनाउन सफल तथा कुनै बेलाका ब्यस्त गायक
रामकृष्ण ढकालको घर जग्गा लिलामिमा परेको छ । घरजग्गा धितोमा राखेर कर्जा
लिएका ढकालले समयमै रकम चुक्ता नगरेपछि उनले ऋण सापटी लिएको वित्तिय
संस्थाले उनको ललितपुर सैंवुस्थित घरजग्गा लिलामीको सूचना निकालेको हो।
ललितपुरमा रहको लालीगुँरास बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडले एक
दैनिकमा विहिवार सुचना निकाली ढकालको सैुबमा रहेको घरसहितको जग्गा लिलामको
सूचना दिएको हो।सैबुस्थित पत्नी निलम शाह ढकालको नाममा रहेको जग्गा धितो राखेर ऋण लिएका ढकालले समयमै कर्जा नतिरेको, ब्याज नतिरेको र सुचना प्रकाशन गरेरै ताकेता गर्दा समेत वास्ता नगरेकोले आगामी जेठ २३ गतेका लागि ढकालको घरजग्गा लिलाम गर्न लागेको लालीगुँरास बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडले सुचना मार्फत जनाएको छ।
सुचनामा पत्नी निलम शाह ढकालले ऋण लिएको र गायक रामकृष्ण ढकाल त्यसमा जमानत बसेको उल्लेख छ। उनीहरुको तस्विर सहितको लिलामीको सुचना पत्रिकामा छापिएको छ।
गायक रामकृष्ण ढकालको प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुस
No comments:
Post a Comment