एक पटक अमेरिकाका एक अनुसन्धानकर्ताले विश्वभर
रहेका धार्मिक स्थलहरूको अनुसन्धान गर्ने बिचार गरेछ ।
यस क्रममा विश्वका विभिन्न देशहरुका चर्च, मन्दिर,
मस्जिद, गुम्बा आदीको भ्रमण गर्ने योजना पनि बनाए ।
सुरूवात आफ्नै
देशको एक सुप्रसिद्ध चर्चबाट गरे ।
चर्चको एउटा कुनामा सुनौलो रङ्गको एउटा टेलिफोन
बुथ उनले देखे । त्यसमा प्रति कल 5,000 $
लेखिएको थियो ।
त्यस्तो चर्को महसुलबाट आश्चर्यचकित हुँदै उनले
चर्चको पादरीसँग सोधे, "फादर, एक कलको 5,000 डलर
महङ्गो भएन र ?"
पादरीले मुस्कुराउँदै जवाफ दिए, "यो सामान्य टेलिफोन
बुथ होईन । यसबाट सोझै स्वर्गका मानिसहरुसँग
कुरा गर्न सकिन्छ ।"
पादरीलाई जानकारीको लागि धन्यवाद दिँदै उनी लागे
युरोपको बेलायत तिर ।
बेलायतको चर्चमा पनि उनले त्यस्तै
सुनौलो रङ्गको टेलिफोन बुथ देखे जहाँ प्रति कल 5,000
डलर
लिखिएको थियो । सोधपुछ
गर्दा त्यो पनि स्वर्गका मानिससँग सम्पर्क गर्ने
टेलिफोन रहेकोले त्यति महङ्गो परेको जानकारी पाए ।
उनले त्यस्तै टेलिफोन बुथ अरबको मस्जिदमा,
भारतको मन्दिरमा र जापानको गुम्बाहरुमा पनि देखे ।
सबै ठाऊँमा प्रति कल 5,000 डलर नै थियो ।
यात्राको अन्त्यमा उनी नेपाल आए । नेपालको एक
मन्दिरमा पनि उनले त्यस्तै सुनौलो रङ्गको टेलिफोन बुथ
देखे । तर आश्चर्यको कुरो, त्यहाँ 2 रुपैयाँ प्रति मिनेट
लेखिएको थियो । उनले पुजारीलाई सोधे,
"यो त्यही टेलिफोन हैन जसबाट स्वर्गका मानिसहरुसँग
सिधै सम्पर्क गर्न सकिन्छ ?" पुजारीले मुस्कुराउँदै
हो भन्ने दिए।
"मैले यस्तै बुथ अरु देशमा पनि देखेको थिए । तर सबै
ठाउँमा 5,000 डलर प्रति कल थियो । तपाईँको देशमा चैँ
किन यति सस्तो नि ?" अनुसन्धानकर्ताले जिज्ञाषा राखे
।
पुजारीले मुस्कुराउँदै उत्तर दिए, "अरु
देशकालागि इन्टरनेसनल कल पर्छ होला । तर नेपाल
आफैमा स्वर्ग हो ।
हाम्रो लोकल कलको रेट त्यति नै छ ।"

No comments:
Post a Comment