बैशाख १९ – पाकिस्तानी जेलमा कैदीको कुटाईबाट गम्भीर घाइते भएका भारतीय नागरिक सरबजीत सिंहको उपचारका क्रममा ज्यान गएको छ ।
पाकिस्तानको लाहौरमा रहेको जिन्ना अस्पतालमा उपचारका क्रममा राती पौने २ बजे उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जासुसीको आरोपमा पाकिस्तानको कोट लखपत
जेलमा रहेका सिंहलाई गएको शुक्रबार दुई जना कैदीले आक्रमण गरी घाइते बनाएका
थिए । घाइते सिंहलाई भेट्न गएका उनको परिवारका सदस्य उपचारमा लापरवाही
भएको र भारत सरकारले बेवास्ता गरेको भन्दै बुधबार फर्किएको थियो ।
परिवारले नियोजित रुपमा पाकिस्तान सरकारले
सिंहको हत्या गराएको आरोप लगाएको छ । सन् १९९० मा भएको बम विष्फोट र
जासुसीको आरोपमा सरबजीतलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ सुनाएको
थियो ।
सरबजीतले आफूले भूलबश सीमापार गरेको भन्दै
घटनामा आफ्नो संंलग्नता नरहेको दावी गर्दै आएका थिए । परिवारले पनि उनी
निर्दोष रहेको भन्दै शहीद घोषणा गर्न माग गरेको छ ।
सिंहको शव पोष्टमार्टम गरी भारतलाई
बुझाईने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर पाकिस्तानले
यसबारे प्रतिक्रिया दिएको छैन ।
No comments:
Post a Comment