काठमाडौ, चैत्र २८ -
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अध्यागमन
विभागमा भएको सीता राई काण्डका अभियुक्तविरुद्ध विशेष अदालतमा
भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विभागका शाखा अधिकृतद्वय
रामप्रसाद कोइराला, टीकाराज पोख्रेल, नायब सुब्बा सोमनाथ खनाल, विभागमा
खटिएका सुरक्षाकर्मी र पर्शुराम बस्नेतविरुद्ध मुद्दा दायर गरेको हो ।
गत मंसिरमा भोजपुरकी ती युवतीलाई वैदेशिक रोजगारबाट र्फकंदा अध्यागमन
मा उनीहरूले लुटेको अभियोग पत्रमा उल्लेख छ । उनले साउदी अरबबाट र्फकंदा
ल्याएको आठ हजार पाँच सय रियाल चारै कर्मचारीले मिली बाँडेको अख्तियार
अनुसन्धानले देखाएको छ । उनको पैसा लिने काम पदीय आचरण र कानुनसम्मत समेत
नभएको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार उनीहरूविरुद्ध मुद्दा
चलाउने आधार अख्तियारले लिएको हो ।
घूस लिएको रकम असुल उपर गर्ने गरी र पीडितलाई बिगो २ लाख २५ हजार चार सय
६५ दिलाई भराइदिने मागदाबी अभियोग पत्रमा छ । कर्मचारीले राईबाट रकम मात्र
नलिएर सर्ट, घडी सेन्टजस्ता सामानसमेत लिएको देखिएको र उक्त सबै बिगो दुई
लाख २५ हजार चार सय ६५ भएको पाइएको छ ।
'साथै विभागका तत्कालीन महानिर्देशक सुरेश अधिकारी र तत्कालीन निर्देशक
लेखराज पोखरेललाई निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५०
बमोजिम अख्तियारवालाबाट विभागीय कारबाही गर्न सम्बन्धित मन्त्रालयमा लेखी
पठाइएको छ,' अभियोगपत्रमा उल्लेख छ ।
प्रकाशित मिति: २०६९ चैत्र २८ १२:११
No comments:
Post a Comment